बागलुङ, २ जेठ – काँठेखोला गाउँपालिकाको १ र २ नम्बर वडाको मतगणना सकिएको छ । सवै वडामा मिश्रीत परिणाम आएको छ ।
काँठेखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका टिका बहादुर थापालाई १४ मतअन्तरले पराजित गर्दै नेपाली काँग्रेसका खडक थापा विजयी भएका छन् ।
काँग्रेसका खड्क थापाले ६१२ र माओवादी केन्द्रका टिका बहादुर थापाले ५९८ मत प्राप्त गरेका छन् ।
यस्तै सदस्यहरुमा नेपाली काँग्रेसले ४ र एमालेले १ पदमा विजयी भएको छ ।
यस्तै काँठेखोला गाउँपालिका वडा नम्बर २ को अध्यक्ष विद्यापति शर्मा विजयी भएका छन् ।
शर्माले ९६२ मत प्राप्त गरेका छन्भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाशमान थापाले ७९० मत प्राप्त गरेका छन् ।
यस्तै सदस्यहरुमा नेकपा एमालेकी लक्ष्मी हमालले ९१६, सन्तरी किसान सार्की ९१७, चिरन बहादुर थापाले ८९३ र नेपाली काँग्रेसका जय बहादुर थापाले ८०९ मत प्राप्त गरी विजयी भएका छन् ।
Previous Articleमुस्ताङको दालोमे गाउँपालिकामा स्वतन्त्र विजयी
Next Article २ जेठ २०७४, धौलागिरी स्टार साप्ताहिक