बागलुङ, १ जेठ-ढोरपाटन नगरपालिकाको वडा नं- १ को मतगणना सकिएको छ । मतगणनाको परिणाम अनुसार वडा अध्यक्षमा माओवादी केन्द्रका चित्रबहादुर भण्डारीले २ सय ५० मत ल्याएर विजयी भएका छन् भने अन्य सदस्यहरुमा सबैमा नेपाली काँग्रेसका उमेदवार विजयी भएका छन् । वडा अध्यक्षमा उपबिजेता नेपाली काँग्रेसका असोक कुमार बिकको १ सय ९१, नेकपा एमालेका गोकुल शेरचनको ९९, राष्ट्रिय जनमोर्चाका निमलाल पाण्डेको ४६ मत प्राप्त गरेका थिए ।
वडा सदस्यहरुमा निर्वाचित हुने नेपाली काँग्रेसकी महिला सदस्य गौमती कुमालले २३५, दलित महिला अन्सरी विकले २६९, खुला सदस्य चण्डी गुरुङले २४० र होमबहादुर रानाले ३०८ मत प्राप्त गरेका थिए । उता मेयर पदमा एमालेका उमेदवार देवकुमार नेपालीले २९८ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका अर्जुन शेरचनले २६३ मत प्राप्त गरेका छन् । यसैगरी माओवादी केन्द्रले ५९, राजमोले ६०, राप्रपाले ५ र नयाँशक्ति नेपालले १ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली काँग्रेसकी दिलमायाँ पौवीले २९६ मत ल्याएकी छिन् भने एमालेका उमेदवारले जम्मा ९९ मत प्राप्त गरेका छन् । कुल मतदाता संख्या ९६६ रहेको सो वडामा ७७३ मत खसेको थियो ।