बागलुङ, २६ बैशाख – स्थानीय तहको निर्वाचनमो मिति नजिकीदै गर्दा बागलुङका राजनैतिक दलहरुका उम्मेदवारहरले घर घरमा भोट माग्न व्यस्त रहेका छन् । स्थानीय तहको निर्वाचनको लागि सवै दलहरुले विभिन्न वडाहरुमा चुनावीसभा तथा घरदैलो कार्यक्रमलाई सोमबार पनि प्रथामिकताका साथ तिब्रता दिएका छन् । चुनावी सभा अन्तरगत बागलुङ नगरपालिकाको समग्र विकासका लागि साझा उमेदवारहरुलाई विजयी गराउन बलेवामा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेकपा एमाले, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गरेर निर्वाचन अभियानमा जुटेका राजनीतिक दलका नेताहरुले समृद्ध बागलुङका लागि साझा उमेदवारलाई जिताउन आव्हान गरेका हुन् । चुनाव प्रचार प्रसार अभियान अन्तरगत बागलुङ नगरपालिका वडा नंं १२ पैयुपाटा, १३ अमलाचौर र १४ नारायणस्थानमा आयोजित चुनावी सभामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । बलेवाको पैयुँपाटा, नारायणस्थान तथा अमलाचौरमा ¥याली पछिको चुनावी सभालाई सम्वोधन गर्दै बागलुङ नगरपालिकाका सयुक्त प्यानलमा प्रमुख उम्मेदवार जनक पौडेल र उप–प्रमुखका उम्मेदवार सुरेन्द्र खड्काले बलेवालाई जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बलेवा विमानस्थल सञ्चालन गर्नुका साथ यो क्षेत्रको पर्यटन व्यवसायको गन्तव्य बनाउनका लागि स्पष्ट योजनाका साथ अगाडि बढेको उनले बताए । समृद्ध बागलुङ निर्माण गर्ने योजना आफुहरुसंग भएको दावी गर्दै उनीहरुले त्यसका लागि काम गर्ने अवसर दिन आग्रह गरेका थिए । नारायणस्थानमाको गाउँ सभालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार मेघनाथ शर्माले नारायणस्थान कुस्मा जोड्नो झोलुङ्गे पुल १ वर्ष भित्र सम्पन्न हुने बताएका थिए । नारायणस्थानमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, राप्रपाको सम्यक्त प्यानलबाट अध्यक्षमा ढुण्डीराज शर्मा वडा अध्यक्ष पदमा उमेदवार बनेका छन् । अमलाचौर र पैयुपाटामा आयोजित सभामा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य मनकुमारी केसीले राष्ट्र निर्माणमा एमालेको योगदानकै कारण देशव्यापी रुपमा जनलहर एमालेको पक्षमा आएको दावी गरेकी छिन् । उनले बागलुङ नगरपालिकाको समग्र विकासका लागि एमालेको अगुवाईमा निर्माण भएको साझा उमेदवारहरुको प्यानललाई विजयी गराउन आव्हान समेत गरिन । कार्यक्रममा नेकपा एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठक लगायतले बोलेका थिए । बानपा १२ का अध्यक्षका उमेदवार गुरुदत्त पाठक र बानपा १३ का अध्यक्षका उमेदवार प्रेम रोकाले वलेवा क्षेत्रको विकास निर्माणको जिम्मेवारी प्रदान गर्न आव्हान गर्दै सकुशल जिम्मेवारी बहन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
समृद्ध नगर बनाउने श्रेष्ठको उद्घोष
नगरलाई समृद्ध बनाउने योजना सार्वजनिक गर्दै स्थानीय तहको निर्वाचनमा आँफूलाई मत दिन कांग्रेसका मेयर पदका उमेदवार बसन्तकुमार श्रेष्ठले आग्रह गरेका छन् । उनले निर्वाचन जित्ने लक्ष्यका साथ घरदैलो अभियानलाई पनि तीव्रता दिएका छन् । घरदैलो, चुनावी सभा लगायतको कार्यक्रम गर्दै श्रेष्ठ र उपमेयर पदकी उमेदवार शकुन्तला शर्माको टोलीले सोमबार बागलुङ नगरपालिका ६ भान्सा तथा सिममा घरदैलो तथा चुनावी सभा सम्पन्न गरेको हो । सो अवसरमा बोल्दै श्रेष्ठले समृद्ध नगर निर्माणको लागी नगर भित्रका सडकको स्तरउन्नतीलाई पहिलो प्रथामितामा राखेको बताए । मध्यपहाडी राजमार्ग र कालिगण्डकी करिडोरको मिलन विन्दुमा रहेको बागलुङ नगरलाई व्यवसायिक तथा पर्यटकीय संगम स्थलको रुपमा विकास गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे । यातायातको विकासले अरु क्षेत्रको विकासको ढोका खोल्ने भएकोले पहिलो प्रथाकिमता सडकको स्तरवृद्धिलाई दिने उनको भनाइ थियो । त्यस्तै उपमेयरका उमेदवार शकुन्तला शर्माले नगरपालिकामा क्रियाशील ठूला दलमध्ये आफुमात्रै एक्लो महिला उमेदवार भएकोले महिलाको अधिकार स्थापित गर्न आफुलाई विजयी गराउन आग्रह गरिन् । अन्य दलले महिलालाई उपेक्षा गरेकोले आम महिलाले लैङिगक हक हितका लागि पनि कांग्रेसको विकल्प नभएको दावी गरिन् । कार्यक्रममा काँग्रेका महासमित सदस्य जगदिशचन्द्र उपाध्यायले नेपालका हरेक आन्दोलको अगुवाई काँग्रेसले गरेकोले अबको आर्थिक तथा सामाजिक विकासको अगुवाई गर्ने अवसर पनि कांग्रेसलाईनै दिन मतदातामाझ आग्रह गरेका थिए । कार्यक्रममा वानमा ६का वडा अध्यक्षका उमेदवार बालकृष्ण सापकोटा लगायतले बोलेका थिए । कार्यक्रम नेपाली काँग्रेसका वडा संयोजक जयभद्र सापकोटाको अध्यक्षता र सचिव माधव उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।
संयुक्त प्यानलको चुनावी सभा काँठेखोला ६ विहुँमामा
बाम तथा राप्रपा चुनावी अभियान अन्तरगत काँठेखोला वडा नम्बर ६ विहुँमा संयुक्त चुनावी सभा सोमबार सम्पन्न भएको छ । चुनावी सभामा बोल्दै नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले स्थानीय स्रोत र साधनको उचित प्रयोग गर्दै सम्बृद्धि स्थानीय निकाय निर्माण र सामाजिक न्याय, सुरक्षा र समतामुलक समाज निर्माणका लागि बाम राप्रपा प्यानललाई विजयी गराउनुपर्ने बताए । सापकोटाले नेपाली काँग्रेसले लामो समयदेखि सत्ताको बागढोर समालेपनि राष्ट्रियता र विकास निर्माणका कुनै पनि काम गर्न नसकेको बताउँदै स्थानीय निकायलाई समृद्ध र सवल बनाउँदै राष्ट्र र राष्ट्रियता पक्षमा निरन्तर लडिरहने नेकपा एमालेलाई भोट दिई जिताउनुपर्ने बताए । सभामा नेकपा एमालेका उर्जा तथा जलस्रोत विभागका सदस्य हिरा बहादुर केसी, नेकपा एमाले काँठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतम, काँठेखोला गाउँपालिकाका अध्यक्षका उम्मेदवार अमर थापा, उपाध्यक्षका उम्मेदवार अर्जुन केसी, राष्ट्रिय जनमोर्चा काँठेखोला गाउँपालिकाका सहसंयोजक लक्ष्मण पुन, काँठेखोला गाउँपालिका वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार प्रमानन्द कंडेल, नेकपा माओवादीका लिलाधर कंडेल लगायतले काँठेखोला गाउँपालिकाको विकासको लागि बाम राप्रपाको संयुक्त प्यानललाई मतदान गरी बिजयी गराउनुपर्ने बताएका थिए । नेकपा एमाले काँठेखोला गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष डिल्ली प्रसाद कंडेलको अध्यक्षतामा सम्पन्न भएको चुनावी सभाको स्वागत मन्तव्य प्रेम पुन र संचालन सुरेश विकले गरेका थिए । यस्तै काँठेखोला गाउँपालिकामा संयुक्त प्यानलका उमेदवार तथा नेकपा एमाले बागलुङका सदस्य अम्मरबहादुर थापाले जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएकाहरु लगायत समाजमा पछि परेकाहरुको सुरक्षा र सम्वद्र्धनका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताएका छन् । चुनावी अभियानका क्रममा सोमबार बिहान काँठेखोला गाउँपालिका वडा नं. ५ को गौश्वारामा आयोजित चुनावी सभामा बोल्दै उहाँले यस्तो बताएका हुन । नेकपा एमालेको अगुवाईमा देशमा जेष्ठ नागरिकहरुको सम्मान तथा उनीहरुलाई सामाजिक सुरक्षा भत्ताको शुरुवात भएको भन्दै उनले काँठेखोलामा ३ वर्षभित्र जेष्ठ नागरिक आश्रम निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । पर्यटकीय हिसावले चर्चित बिहुँको रामकोटलाई जेष्ठ नागरिक आश्रम सहितको संस्कृत विद्याको विशेष क्षेत्र बनाउने योजनाका साथ आफुहरु अगाडि बढेको बताए । ऐतिहासिक रामकोट मन्दिरलाई संस्कृत भाषाको विशेष क्षेत्रका रुपमा विकास गर्नुका साथै जेष्ठ नागरिक आश्रम निर्माण गरेर पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उनले बताए । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र र राप्रपाबीच तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका दलहरुले काँठेखोलाका ८ वडालाई ८ पहिचानका रुपमा अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् । स्वास्थ्य, पर्यटन, कृषि, जनजाती, जेष्ठ नागरिक आश्रम, शिक्षा, खेलकूद र जडिबुटीलाई ८ वडाका विशेषताका रुपमा अगाडि बढाउदै निर्वाचन अभियानमा जुटेका साझा उमेद्वारहरुलाई नमुना गाउँपालिका बनाउनका लागि जिम्मेवारी प्रदान गर्न आव्हान गरेका छन् । कार्यक्रममा उपाध्यक्षका उमेदवार अर्जुन खत्री, वडा नंं ५ का वडा अध्यक्षका उमेदवार परमानन्द कंडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । ४ वटा दलहरुले ८ वटै वडामा राजनीतिक लगायत सामाजिक क्रियाकलापमा निरन्तर क्रियाशिल व्यक्तिहरुलाई वडा अध्यक्ष र वडा सदस्यका रुपमा अगाडि बढाएको जनाएका छन् । वडा नंं. १ मा माओवादी केन्द्रका टिकाबहादुर थापा, २ मा एमालेका विद्यापती शर्मा, ३ मा एमालेकै यामबहादुर श्रीस, ४ मा राजमोका तिलक थापा, ५ मा एमालेका परमानन्द कंडेल, ६ मा एमालेका युक्तप्रसाद कंडेल, ७ मा एमालेका प्रेम लामिछाने र ८ मा एमालेकै चित्रकला छन्त्याल श्रीसले अध्यक्षमा उमेदवारी दिएका छन् ।
काँग्रेस काँठेखोलाको चुनावी सभा तंग्राममा
आसन्न निर्वाचनको प्रचारको क्रममा तंग्राममा नेपाली काँग्रेसले चुनावी सभा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य रत्ना शेरचनले काँग्रेस नेतृत्वमा संविधान जारी भएकाले त्यसको सही कार्यान्वयनका लागि स्थानीय निर्वाचनमा काँग्रेसलाई जिताउनुपर्ने बताईन् । उनले नेपालमा परिवर्तनका हरेक कालखण्डको नेतृत्व काँग्रेसले गरेका कारण अव आर्थिक विकास नेतृत्व पनि काँग्रेसले गर्ने समेत बताईन । उनले नेपाली काँग्रेसको विजय सुनिश्चीत देखेर प्रतिपक्षीहरु तालमेल गर्ने अवस्थामा पुगेको भन्दै यसले काँग्रेसलाई झन बलियो बनाएको दाबी गरिन् । कार्यक्रममा बोल्दै साँसद चम्पादेवी खड्काले तंग्राम काँग्रेसको उर्वर भूमि भएकाले गाउँपालिकामा विजय गराउन तंग्रामको विशेष भूमिका रहने भन्दै चुनावी परिणाम काँग्रेसको पक्षमा आउने गरी लाग्न कार्यकर्तालाई आग्रह गरिन् । सो अवसरमा काठेखोला गाउँपालिका अध्यक्षका उम्मेदवार होमबहादुर हमालले काठेखोलाको आर्थिक समृद्धि र भौतिक विकासका लागि आफु नेतृत्वको प्यानललाई मतदान गर्न आग्रह गरे । कार्यक्रममा उपाध्यक्षकी उम्मेदवार ज्ञानु शर्मा श्रीस, नेपाली काँग्रेस जिल्ला सदस्य,खिमानन्द पौडेल, काठेखोला—४ का वडाध्यक्ष उम्मेदवार केसरबहादुर थापा ‘केशव’, नेपाल प्राध्यापक संघका केन्द्रीय सदस्य ध्रुवराज गौतम, नेपाल विद्यार्थी संघका पूर्व जिल्ला सचिव नारायणदत्त कँडेल, धौलागिरी क्याम्पसका स्वावियु सभापति मनिष थापा, वडा नम्बर ४ की महिला उम्मेदवार नरमाया थापा, जनसम्पर्क समिति जापानका संयोजक डीपी कँडेल, नेपाल सांस्कृति संघका क्षेत्रीय सभापति यामदिप पुन, साविक तंग्रामका पूर्व गाविस अध्यक्ष श्यामबहादुर पुन, नेपाली काँग्रेस तंग्रामका पूर्व सभापति खड्गप्रसाद थापा, नेपाल महिला संघ तंग्रामका अध्यक्ष फुलमाया थापा, नेपाली काँग्रेसमा प्रवेश गरेका सन्तोष पुन, लगायतले बोलेका थिए । काठेखोला—४ तंग्रामका सभापति यामदत्त कँडेलेको अध्यक्षता, सांस्कृतिक संघ बागलुङका अध्यक्ष प्रेम थापाको स्वागत र काँग्रेस तंग्रामका सचिव चन्द्रबहादुर आलेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । काँग्रेसले तंग्राममा घरदैलो अभियान समेत सञ्चालन गरेका जनाएको छ ।
यस्तै कांग्रेसबाट बागलुङ नगरपालिका वडानं. ११का अध्यक्षका उमेदबार ज्ञानेन्द्र गौतमले स्थानीयको चाहना र भावना अनुसार काम गर्ने प्रतिवद्धता जनाएका छन् । संचारक्षेत्रमा लागेपनि अवका दिनमा पूर्णकालिन सेवामा लाग्ने प्रतिवद्धता समेत जनाएका हुन् । रायडाँडा स्थित का बिभिन्न स्थानमा आयोजित चुनावी अभियानमा बोल्दै गौतमले, विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन एवं आर्थिक समृद्धिको लागि आफ्नो प्रयास जारी रहने बताए । केही बर्षमै रायडाँडालाई नमुना वडाको रुपमा विकास गर्ने दावी पनि गरे । गौतमले आर्थिक,सामाजिक रुपमा सक्षम बनाउनेगरि काम थाल्ने प्रतिवद्धता जनाए । सोमबार बानपा ११ रायडाँडाका बिहुपाटा,हलहले, तल्लोधारा, ओख्ले, भगरा, सिम्ले लगाएका स्थानमा घरदैलो सम्पन्न भएको थियो ।
Previous Article२६ बैशाख २०७४, ढोरपाटन दैनिक
Next Article स्थानीय तहको केन्द्रमै मतगणना हुने