बागलुङ, २५ वैशाख-बागलुङ नगरपालिका वडा नम्बर २ नेपाल टेलिकममा भबन बनाउने दुई जना मजदुरकाे साेमबार बिहान करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ जिल्ला निसी गाबिसका दुधन घर्ती र बम बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । टेलिकमकाे भबन बनाउने क्रममा टेलिकमकाे भबन निर्माण स्थल संगै रहेकाे रूखमा काैवाकाे गुड लाई फलामकाे रडले फाल्ने क्रममा बिधुत हाइटेन्सनमा करेन्ट लागेर मृत्यु भएको स्थानीयबासिले बताए ।
Previous Article२५ वैशाख २०७४, ढोरपाटन दैनिक
Next Article बहिनीलाई सघाउन नेपाल अाइन नायीका विपना