राजेशचन्द्र रा.भ. -बागलुङमा सबैभन्दा बढी चर्चा अहिले माओबादी केन्द्र कै छ । अहिले देशमा १५ बर्ष पछि हुन गैरहेको स्थानीय तहको चुनावले देश तातिरहेको समयमा बागलुङ माओबादीमा भने भनाभन चलिरहेको छ । बागलुङ जिल्लाको ४ नगरपालिका र ६ वटा गाउँपालिकामा यहीँ बैशाख ३१ गते हुँदै गरेको निर्वाचनको लागि बामपन्थी शक्ति बिच चुनावी तालमेल करिब–करिब तुंग्गोमा पुग्न लागेको समयमा माओबादी केन्द्रका ईन्चार्ज लिला बहादुर थापा र अर्थ मन्त्रीका सल्लाहकार हिमाल शर्माको हस्तक्षेपका कारण बार्ता भंग भए पछि यसपटकको निर्वाचन माओबादी केन्द्रको लागि अभिसाप नै साबित हुन पुगेको छ । बागलुङ नगरपालिकाको निर्वाचनमा बामपंथी बिच तालमेल गर्ने भन्ने कुरामा सहमति नभए पछि एमाले राजमो र राप्रपा बिच चुनावी गठबन्धन हुन पुगेपछि माओबादी केन्द्रले छुट्टै उमेदवार दर्ता गराउन पुग्यो । मेयरमा महिला नेत्री कुसुम बुढा र उप मेयरमा पुरानो माओबादी नेता निर्मल बहादुर श्रेष्ठले निर्वाचन लड्ने भनी नाम दर्ता गराउने काम गरेको सारा दुनियाँलाई थाहा छ तर दिएको उमेदवारी २४ घण्टा पनि टिक्न सकेन । कति अचम्मको पार्टी भयो अहिले माओबादी केन्द्र जसले जे गरेपनि हुने जसो गरेपनि हुने खालको हुन पुगेको छ । कसैसँग तालमेल नभएको भनी रातारात उमेदवारी फिर्ता लिने ब्यक्तिगत निर्णय गरि दुनियाँलाई चकित बनाउने काम भयो भनी माओबादीका कार्यकर्ता शुभचिन्तक सबै आक्रोसित भएका छन् । बागलुङ जिल्लामा भएको प्रमुख नेतृत्वलाई गाली गर्दै पार्टीले यसपटक धोखा दिएको भनी बागलुङको चोक चोकमा आवाज उठाई रहेका छन् ।
अहिले साच्चै भन्ने हो भने बागलुङका माओबादी माउ बिनाका चल्लो जस्तो बन्न पुगेका छन् । नेपालमा १० बर्ष सम्म जनयुद्ध गरेर दुनियाँमा आफ्नो पहिचान बनाउन सफल बागलुङ जिल्लामा २ दर्जन भन्दा बढी नेता भएको पार्टीको हालत हेर्न लायक भएको छ । सच्चा माओबादी कार्यकर्ताको भनाइलाई आधारमा मान्ने हो भने अहिले बागलुङको माओबादी पार्टी नभएर पाती हँुदै गएको छ । कसैलाई आफ्नो छोराको माया कसैलाई श्रीमतीको चिन्ता कसैलाई सालाको कसैलाई भिनाजुको कसैलाई आफ्नो भन्दा देखिएन माओबादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाउँ–गाउँमा त पठाउने काम भयो अहिले माओबादीमा सहि नेतृत्व हुन नसक्दा यस पटकको निर्वाचनमा माओबादीको उपस्थिति लगभग निकै कमजोर हुने निश्चित देखिन्छ । अहिले माओबादी नेतृत्व साच्चै भन्ने हो निकम्मा नै साबित भएको छ । अहिले माओबादी नेतृत्वलाई बिघटन गरि अब शून्य बाटै यसलाई सुरूवात गर्नुपर्छ हैन यस्तै खालको नेतृत्व जिल्लामा हुने हो भने साच्चै माओबादी पार्टीको भबिश्य समाप्त हुने निश्चित छ ।
अहिले माओबादी केन्द्रले ४ हजार जनालाई केन्द्रीय सदस्य बनायो खै के कहाँ गए ती केन्द्र सम्हाल्ने जिम्मेवार नेताहरू सामान्य तया घरमा समेत हैसियत नभएका वडामा समेत बिश्वास नभएकालाई जसरी गुटबन्दी कै आधारमा केन्द्रीय सदस्य बनाइयो आज त्यसैको परिणाम भोग्नु परेको छ पार्टीले । बागलुङ माओबादी ईन्चार्ज देखि अहिले चुनावमा टिकट बितरणको जिम्मेवारी पाएको नेतृत्वलाई साधारण सदस्य समेत नरहने गरि खारेज गर्नु पर्ने माग अहिले पार्टी भित्र चलिरहेको मात्र हैन सामाजिक संजाल मै लेखिएको छ ।
लिलबहादुर थापालाई जसरी भए पनि आफ्नो छोरालाई बरेङ गाउँ पालिकाको प्रमुख बनाउनु पर्ने अर्को नेता हिमाल शर्मालाई जस्तो सुकै होस् श्रीमतीलाई जैमुनीमा उपप्रमुख बनाउनका लागि जिल्लामा भएको सहमति सहकार्य सबै तोड्ने भंग गर्न लगाएको कुरा जिल्लाका जिम्मेवार नेताले बागलुङमा गर्दै हिडिरहेका छन् । अब बैशाख ३१ गते हुने निर्वाचनमा माओबादी समर्थकले कसलाई मतदान गर्ने सबै दोधारमा छन् । कसैसँग सहमति सहकार्य भएको छैन अहिले जिल्ला तहका नेताहरू कोही पनि लगभग सम्पर्कमा आउन चाहन्नन् सबैलाई अहिले आफ्नो भन्दा अरूको चिन्ता देखिदैन साच्चै भन्नुपर्दा माओबादी पार्टी सबैको मागिखाने भाडो साबित भएको छ ।
दिनानाथ शर्मा, हितमान शाक्य, हिमाल शर्मा, कृष्ण केसी, लिलबहादुर थापा, चन्द्र बहादुर बुढा देखि माओबादी केन्द्रका एक दर्जन भन्दा बढी केन्द्रीय सदस्य भएको जिल्लाको हालत देखेर अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ता समेत अचम्मित बनेका छन् । अहिले पार्टी भित्र दलाली ठेकेदारी पर्था भित्रीएको देखिन्छ १० बर्ष सम्म जनयुद्ध गर्दा पार्टीको जुन सान थियो इज्जत थियो अहिले चैते बैशाखे र भदौरे सबै खाले मान्छे भित्रीए पछि साच्चै भन्नुपर्दा माओबादी तहसनहसको अबस्थामा पुगेको स्वयं माओबादी कार्यकर्ता गुनासो गर्नेछन् । २०४८ सालको संसदीय निर्वाचनमा भागलिएको माओबादी पार्टीले अहिलेसम्म जिल्लामा ठुलो सफलता हासिल गर्न सकेको छैन । अहिले पनि बागलुङ जिल्लामा माओबादीका सच्चा इमानदार कार्यकर्ता छन् तर तिनलाई संरक्षण गर्ने राम्रो नेतृत्व नहुँदा पार्टीले गतिलिन सकेको छैन । अहिले सम्म बागलुङले सहि नेतृत्व पाउन सकेको देखिदैन । गत संसदीय उपनिर्वाचनमा माओबादी केन्द्रले तत्कालीन प्रबक्ता दिनानाथ शर्मालाई उमेदवार बनाएर टिकट दिएको थियो तर चुनाव नजित्ने आँकल गरि बिरामी भएको नाटक गरेपछि कृष्ण केसीलाई उमेदवार बनाउने काम भएको थियो । सो निर्वाचनमा नराम्रो संग पराजित भए पछि माओबादीमा धेरै थोरै बिचलन आएको भने अबश्य हो ।
अहिले स्थानीय तहको निर्वाचन पनि माओबादीले अमिलो अंगुर देखेपछि दिएको उमेदवारी पनि फिर्ता लिएको हो । अहिले नयाँ शक्ति पार्टी जति पनि माओबादी अडान देखिएन अहिले बागलुङ नगरपालिकामा स्वतन्त्र उमेदार बनेका तारा सापकोटा र सुजाता रिजालले जति पनि धैर्य गर्न नसकेको कुरा भने सत्य हो ।
अहिले तत्काल हुन गैरहेको चुनाबलाई कसरी समाधान गर्छ त्यो हेर्न भने बाँकी नै छ । अहिले पनि बागलुङ नगरपालिका भित्रको केही वडामा माओबादीका उमेदवार चुनावी मैदानमा कायम छन् । आफ्नो लागि मतमागि चुनाव प्रचारमा हिडिरहेका छन् । अहिले नीति अनुसार पार्टी हिडेको छ न त नेतृत्व अब यसलाई गम्भीर भएर सोची अहिलेको निकम्मा नेतृत्वलाई खारेज गरि नयाँ नेतृत्व स्थापना गर्न सकेमात्र पार्टीले नयाँ जीवन पाउला हैन भने कुनै जमानामा बागलुङ जिल्लामा माओबादी पार्टी पनि थियो रे भन्नूपर्ने दिन नआउला भन्न सकिन्न ।
Previous Articleनेपालमा सर्पदंश विरुद्धको औषधि उत्पादन गरिने
Next Article पत्रकारीता दिवस र औचित्य