सज्जनकुमार सिंह
उकाला भिरमा ओराला बाटाहरु र ओरालो पाखामा घरहरु । छेउमा भत्किएको एउटा गोठ । म पुगेको थिए बागलुङको ताराखोला र त्यहि ठाउको त्यो भत्किएको गोठमा मेरा आँखा पुगे । आँखा घरमा ठोक्किदा बाटोको ढुंगामा ठोकिएर रगत बगिरहेको रहेछ एक जना वृद्धा बाजेको बुढि औठामा । ठेस लागेर रगत बगाउदै लौरिको सहायतामा तारा माविमा झर्दै थिए त्यी बुढा बाबै । कति ठोकिए कति रगत बगे र कति पीडा सहेको छ त्यो रित्ता खुट्टाले हिसिब किताबको बासलात निकाल्न कठिन छ । गोठ भत्किन आटेको थियो । त्यो भन्दा पहिले मेरो मन भत्किएको थियो । केहि घरमा ताला ठोकिएको थियो । हामी अतिथी बनेर मख्ख परेका थियौ । हामी मञ्चमा बसेकाहरुले गलामा गुराँसका माला ठोकेका थियौ ।
घरबेटिले छाडेका त्यो बन्द घरमा सपना थुनिएको हँुदो हो । साना सन्तान हुर्काएका थाङ्नाहरु थुनिएको हुँदो हो । खुशी थुनिएको हुँदो हो । मानौ बन्द घरभित्र भुत बसेको हुँदो हो । जसले तर्साइ रहेछ । त्यो भुत पैसाको भुत, सुख सुविधाको भुत र विदेशको भुत हुँदो हो । कस्को घर थियो होला ? थाहा भएन तर त्यी घर हामी जस्तै नेपालीका घर थियो । आफ्ना आबश्यकता पूरा गर्न बिदेशीयो । यात सुख सयल खोज्दै शहर पस्यो । यात उ यो संसारबाट बिदा लियो । घरमा चाबी ठोकेर, घर रित्याएर शहर फिरेकाहरुको मनमा अनेकौ रहर फिरेको हुँदो हो । यात बाध्यताले घरमा ताल्चा ठोकेर निस्किनु पर्दा पिडाले छाति चिरेको हुँदो हो । गाउँका घरमा ताला ठोकिएका दृश्य गाउँ घुम्दा धेरै देखे । सर्पले फालेको काचुली जस्ता त्यी बन्द घरले पिरल्नु पिरल्यो । कठैबरा त्यी घर ।
गाउँ घुमिरहन मन लाग्छ । घुमिरहेको छु समय मिले सम्म । पाँच बर्ष टाढा हुँदा यी गाउँ र बस्तीहरुलाई सम्झिनुको फिरहिस्ता कम लामो छैन । त्यो सम्झनाको नाप नाप्ने नत कुनै मिटर रिडियन बनेको छ, नत माया र याद जोखेर जोख्न सकिन्थ्यो ।
जतिबेला म श्रम गर्थे बिदेशमा । भौतिक बिकासको उदाहरण मेरो अघि ठिङ्ग उभिरहेको थियो । छातीमा देशको नक्सा थियो, माया थियो, गाउँ थियो । मेरो शरीर र मेरो देशका यी गाउँ बस्ती र कन्दराहरु पनि म संगै उभिन्थे त्यो भौतीक बिकाससंग म र मेरो देश नापिन खोज्थ्यो । त्यी हाम्रा गाउँहरु पनि सम्वृद्धिको पथमा लम्किएको कल्पनामा हराउँथे म । त्यहाको चिल्ला सडक र भैंसी हिड्न नसक्ने मेरो ठाउँमा जबरजस्त महेन्द्र जिप हिड्ने बाटाहरु एकै पटक दुइटा आँखामा उभिन्थे । सोच्थे हाम्रा पाखामा कहिले गतिलो चारपाङ्ग्रे गुड्ला कहिले रेल पुग्ला, कहिले चिल्लो सडक पुग्ला । गतिलो अस्पताल, स्कुल पुग्ला । त्यो कल्पना बोकेरै म धेरै ठाउँमा पुगे ।
गाउँमा प्राय बन्द घरहरु बढिरहेछन् । तर बन्द घर भए पनि खुल्ला सम्भावना बाँकी छ । कुनै दिन त्यो बन्द घर र माकुराको जालो लागेको ओतमा उनीहरु फर्कने निश्चित छन्, जो चटक्कै गाउँ भुलेर कतै हानिएका छन् । कोही सुख र खुसि खोज्न पलायन भएका छन् । गाउँमा बाझो खेत र बारी बढिरहेछन । त्यतिमात्र होईन त्यो माटोमा सपना रोप्न खोज्नेहरु पनि बढिरहेका छन् । गाउँघर देश छाडेर बिदेश छिरेकाहरु गाउँ सम्झिन्छन । गाउँघरमा भएकाहरु गाउँ बिर्सन्छन । हाइ ! हाम्रो सम्झना बिर्सना ! गाउँमा बुढाबुढिहरु छन् । बुढाबुढिहरु भएको गाउँहरुमा सम्मान र स्नेह बाँकी छ । यो स्वार्थी र क्रुर बन्दै गएको दुनियाँमा हामी अझै पनि मानवियता र दया गाउँमा पाउँछौ । यतिमात्र होईन पुरातन बादी सोच र निच ब्यबहार पनि बढि गाउँमै पाउछौ । स्वच्छ हावा पानी गाउँमै छ । सत्कार छ । अपमान पनि छ । अझै पनि उपल्लाघरे साइली र तल्लाघरे माइली बिचमा मुठिमानो अैचोपैचो चल्दै छ । मर्दा र दुःख पर्दा दुई थोपा आँसु तप्प चुहाएर समवेदना प्रकट गरिने परम्परा गाउँमै बाँकी छ ।
त्यही स्नेह भिरेर बाँच्दा गर्वले ढक्क छाती फूल्छ र युगौयुग नेपाली हुन मन लाग्छ । यो अबस्था र बेथिती देख्दा फेरि नेपालीबाट सदाका लागि सन्यास लिउँ झै झोक चल्छ । गाउँमा बालबच्चा छन् । बच्चाहरु भएका गाउँमा निर्दाेषिपना छ । हो गाउँमा आज पनि उस्तै दुःख छ, पीडा छ । यति मात्र होईन । गाउँमा अझै पनि ठुला सम्भावना छन् । सुख र खुशीको लहर बाँकी छ । आपसी भाईचारा, मानविय समवेदना छन् । कला, सस्कृती र लोभलाग्दा परम्परा बाँकी छन् । धेरै देश पहिलो विश्व बनेर, नयाँ फड्को मारिरहँदा हामी अझै चौथो बिश्वमा छौं । संसार स्मार्ट सिटी र डिजिटल लाइफमा प्रवेश गरिरहँदा हामीले शरिरमा लाइफवाइ साबुन दल्न पनि महिनौ कुर्नु पर्ने अबस्था छ । केटिएस र बुलेट स्मार्ट रेल र जहाज चलिरहँदा बागलुङ बजारदेखि ७०÷८० किमी टाढाको ठाउँमा पहिलो पटक जिप जाँदा हर्ष बढाइ गरेर संसार जिते झै गरि भजन किर्तन गर्दै फूलमालाले पुज्नुपर्ने अबस्था छ । एउटा टेक्टर चढ्न नेताको ज्याक लाउनुपर्ने अबस्था छ । थाहा छ हामीलाई यो संसार एउटा घर हो र सबै मानिस एक हौ । यहि नारा भट्टाइरहँदा हामी आज पनि धारामा पानीको गाग्रो छोएको निहुँमा कुटपिट र मृत्युको सिकार बन्ने अबस्था छ । महिला र पुरुष एक भईसकेको यहि पृथ्वीको नेपाल भन्ने देशमा आज पनि महिलाहरु बोक्सीको आरोपमा जलाइन्छन । उनीहरु दास कै रुपमा छन् । समानता र परिवर्तनको नारा लगाउने एउटा शिक्षित पुरुष महिलालाई लक्ष्मण रेखा काट्न दिदैन । निजी सम्पती र साधन मानेर प्रयोग गर्न चाहन्छ हामी भन्छौ देश बनेन् । हामी भन्छौ समाजमा महिला माथि विभेद भो । सामाजिक अन्धबिश्वास जातीय, लैङ्गिक, भौगोलिक विभेद कायम छ । अझै चेतनाको भयङ्कर अभाव छ । हामी भन्छौ छि हाम्रो देश । हामी बेथिती, भ्रष्ट आचरणका बिचमा बाँचीरहेका छौ ।
तर सत्य यो होकी नागरिकको चेतनाले धेरै फरक पार्छ । नेतृत्व उस्तै छ, जस्तो नागरिकको सोच छ । हामी फेरिनै चाहन्नौ, हामी समर्पण र त्याग गर्न चाहन्नौं, सोच बदल्न मान्दैनौ, परम्परा बदल्न चाहदैनौ अनि बन्छ ? देश । अनि हुन्छ बिकास ? जहाँ जस्तो नागरिक छ त्यहा त्यस्तै नेतृत्व हुन्छ र त्यस्तै देश हुन्छ । जो हाम्रो देश आज छ । गरिवहरुको जीवन स्तर अझै उठेको छैन । अलिअलि भएकाहरुलाई लुटालुट र मालमाल छ । गरिव अझै गरिव छ । दुईछाक टार्ने अनिकाल छ । यो बिकराल फरकपना र खाडल अझै बढिरहेको छ । प्रविधीको बिकास छैन । आज पनि हामी पाँच हजारको खेताला हालेर एक हजारको उब्जनी गर्न बाध्य छौ । रोजगारी छैन रोजगार नहुँदा युवा पलायन भएका छन् । देश लुटुवा, स्वार्थी र अशक्तहरुको भण्डार भएको छ । बिकासका केहि प्रयास भएका छन् तर देशको राजनैतिक अस्थिरता, लुट, भ्रष्टचारीहरुमा बाडिएको छ । देश अझै कहिलेसम्म गरिब र अशक्त बन्ने हो ? थाहा छैन ।
यी हाम्रा समस्या हुन । सम्भावना पनि हामीमा छ । प्राकृतिक रुपमा सुसज्जित छ । उत्पादनको कैयौ सम्भावना छन् । हामीसंग बिकल्प जति पनि छन् । उच्चतम बिकास गरिरहेका बिकसीत देशबाट हामीले सिक्न सक्छौ र अझै उनीहरुले गरेको बिकासको कमजोरीलाई सुधार्दै संसारलाई बिकासको नयाँ नमुना दिन सक्ने अबस्था हामीमा छ ।
हामी सम्भावनाका कुरा गरिरहदा अनेक थरि बिकासको उदाहरण खोकेर मात्र देश बन्दैन । त्यसका लागि नागरिक तह देखि तिब्र ईच्छा चाहना र श्रम हुनुपर्छ । श्रमको सम्मान, पुँजी संकलन र उत्पादन बजारिकरण महत्वपुर्ण छ । देश दोहन गर्ने नेता ब्यक्ति र खाडि र बिदेशमा जोतीने मेसिन नामका नेपाली युवा उत्पादन गरिरहेछौ र सिन्किमा बेचिरहेका छौं ।
देश बिकासका लागि, आम नेतृत्व र नागरिकमा भित्रै देखि देश बिकासको जागरण आउनुपर्छ । हामी मुलत हिन्दु समाजको दर्शन र त्यो दर्शनलाई चतुरतापुर्वक टिपेर स्वार्थ पूरा गर्ने मान्छेबाट प्रशिक्षित भयौ र त्यसको प्रभाव हामीमा अमिट बनेर बसेको छ । विभिन्न, जात, बर्गमा बिभाजन गर्ने त्यो सोचको प्रभावले आज हरेक ठाउँमा स्थान जमाएको छ ।
त्यो रोग नेपाली समाजका हरेक ठाउँमा छ रत हामी आज बिखण्डित र्छौं । तहगत रुपमा बिभेदित छौ । समस्या छन् । समाधान पनि छ । समस्यासँग भागेर भएन अब हामीले जे छ त्यसबाटै सुरु गर्दै देशलाई तिब्र रुपमा बिकास गर्नु जरुरी छ । सुरुमा सबैमा चेतनाको बिकास, समानताको सोच आउनु पर्याे । नेतृत्व देखि नागरिक तह सम्म नयाँ प्रविधि र तिब्र बिकासको चेत आउनुपर्छ र त्यो केहि रुपमा आएको पनि छ । बिदेशमा जे पनि गर्न तयार हुनेहरु अब देशमा श्रम गर्न लाज मान्नुभएन । देश बनाउन अब ढिला भैसक्यो ।
Previous Articleप्रधानन्याधिश कार्कीलाई काममा फर्कन सर्वोच्चको आदेश
Next Article २३ बैशाख २०७४, ढोरपाटन दैनिक