पर्वत, २२ बैशाख – पर्वतको कुस्मा नगरपालिकामा नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार रामचन्द्र जोशीको घरमा बम राखेको आशंकामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बम भेटिएपछि प्रहरीले नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला ईन्चार्ज ओम बहादुर पुन हिमाल जिल्ला सेक्रेटरी अल्बर्ट, जिल्ला सल्लाहकार ओम प्रसाद पन्त, जिल्ला सदस्य यज्ञ गौतम र गोपाल जिसीलाई पक्राउ गरेको हो । बिहिबार साँझ जोशीको घरमा भेटिएको शंकास्पद बस्तु बम भएको भन्दै नेपाली सेनाले डिस्पोज गराएको थियो । प्रहरीले पक्राउ गरेका सबैलाई सोधपुछका लागि पक्राउ गरेको र बम राखेको प्रमाणित भएमा आवश्यक कारवाही गरिने बताएको छ । जोशीको घरमा बम रहेको भन्दै एक अनलाईनले बुधबार नै समाचार प्रकाशित गरेको थियो । सनसनी फैलाउने तरिकाले तथ्यहीन समाचार लेखेको भन्दै प्रहरीले सोधपुछ गरि गोपाल जिसीलाई उक्त समाचारको खण्डन गराएको थियो । बम भेटिनु भन्दा एकदिन पहिला समाचार प्रकाशित भएको र जिसीले समाचारमा हालेको फोटो र डिस्पोज गराएको बम एउटै भएकाले घटना शंकास्पद भएको पर्वतका प्रहरी प्रमुख शेखर खनालले बताए ।
Previous Article२२ वेशाख २०७४, ढोरपाटन दैनिक
Next Article बागलुङमा ७४ जनाले उमदेवारी फिर्ता लिए