बागलुङ, २० वैशाख- स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिका र पाँचवटा गाउँपालिकामा उत्साहजनक सहभागितामा उम्मेदवारको मनोनयन दर्ता भएको छ । विहान १० बजे देखी सुरु गर्ने कार्यतालिका भएपनि सानाठुला राजनीतिक दल करिव १ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । नेपाली कांग्रेस,नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमुक्ती पार्टी र स्वतन्त्र उम्मेदवारको उपस्थितीले सदरमुकाम बेनीस्थित विरेन्द्रचोकमा चुनावी चहलपहल देखिएको थियो । करिव दुईदशक यता हुन लागेको स्थानीय तहको निर्वाचनमा मनोनयन दर्तालाई कांग्रेस र एमालेले शक्ती प्रर्दशनको रुपमा लिएका थिए । मोटरसाईकलमा यूवाले बजार परिक्रममा गरेपछि पञ्चेबाजा सहित मनोनयन दर्ता गर्न नगरपालिका अन्र्तरगतका १० वडाका अध्यक्ष सहितको उपस्थितीमा भएको मनोनयन दर्ताका लागि आवश्यक प्रक्रिया पुरा गर्न समेत हम्मेहम्मे भएको थियो । मनोनयन दर्ताका लागि आवश्यक पर्ने प्रक्रिया झन्झटिलो र लामो भएकाले पनि राजनीतिक दलले कार्यालयमै तयारी गरी आउँदा करिव ३ बजेपछि साँझसम्म मनोनयनको दर्ता टुगिंएको छैन् ।बेनी नगरपालिकामा नेपाली कांग्रेस र माओवादीको तालमेलमा मेयरमा कांग्रेसका हरिकुमार श्रेष्ठ,उपप्रमु्खमा माओवादी केन्द्रकी ज्याती लामिछाने, नेकपा एमाले र राप्रपाको तालमेलमा मेयरमा एमालेका प्रमोद श्रेष्ठ, उपप्रमुख राप्रपाकी सञ्जु बरुवालले मनोनयन पत्र दर्ता गरेकी छन् । त्यसैगरी मेयरमै नयाँ शक्ती पार्टीबाट याम किसान, राष्ट्रिय जनमोर्चाबाट विदुर कार्की रहेका छन् । त्यस्तै मंगला गाउँपालिकामा नेपाली कांग्रेसबाट श्रीप्रसाद पौडेल, उपप्रमुखमा हुमादेवी फगामी, नेकपा एमालेबाट सतप्रसाद रोका,उपप्रमुखमा श्रीजना केसी, माओवादी केन्द्रबाट चन्द्र प्रसाद बुढाथोकीले प्रमुखमा मनोनयन दर्ता गरेका छन् । कांग्रेस र माओवादी विच तालमेल गरिएकाले माओवादीले उपप्रमुख उम्मेदवारी नदिएपनि वडास्तरको तालमेल सहमति नभएपछि कांग्रेसले प्रमुखमा उम्मेदवारी दिएको छ । त्यस्तै मालिका गाउँपालिकामा कांग्रेसबाट श्रीप्रसाद रोका प्रमुख,उपप्रमुखमा बिमला रोका, नेकपा एमालेबाट प्रमुखमा बेगप्रसाद गर्बुजा, उपप्रमुखमा खरमायाँ विटालु, माओवादी केन्द्रबाट प्रमुखमा कमल केसी, उपप्रमुखमा गौरी सेञ्चुरी रहेको गाउँपालिकाका कार्यकारी प्रमुख छविलाल सुबेदीले बताए । जिल्लाको विकट क्षेत्रका बस्तीलाई समेट्ने धौलागिरि गाउँपालिमा कांग्रेस माओवादीको तालमेलमा माओवादीका रिमप्रकाश भण्डारी, उपप्रमुखमा कांग्रेशका डम्बर भण्डारी, नेकपा एमालेबाट प्रमुखमा थमसरा पुन र उपप्रमुखमा रमेश छन्त्यालले उम्मेदवारी दर्ता गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित अन्नपुर्ण गाउँपालिमा कांग्रेसबाट क्याप्टेन डम बहादुर पुन, उपप्रमुखमा केशमायाँ पुन,नेकपा एमालेबाट प्रमुखमा नारायण पुन, उपप्रमुख दुर्गा पुर्जा र माओवादी केन्द्रबाट प्रमुखमा कुलवीर राम्जालीले उम्मेदवारी दिएपनि उपप्रमुखमा कुनैपनि उम्मेदवारी परेको छैन् । त्यस्तै रघुगंगा गाउँपालिकामा नेकपा एमाले, माओवादी र राप्रपा विच तालमेलबाट प्रमुखमा नेकपा एमालेबाट खिम बहादुर शाही, उपप्रमुखमा माओवादी केन्द्रका हरि बहादुर भण्डारीले उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसबाट प्रमुखमा भव बहादुर भण्डारी र उपप्रमुखमा कल्पना गर्बुजाले मनोनयन दर्ता गरेका छन् ।
यस्तै स्थानीय तह निर्वाचनका लागि पर्वत जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा मंगलबार उमेदवारी दर्ता भएको छ । पर्वतको कुस्मा र फलेबास नगरपालिका तथा जलजला, मोदी, बिहादी, पैंयु र महासिला गाउँपालिकामा उत्साहजनक रुपमा उमेदवारी दर्ता भएको छ । सात वटै स्थानिय तहमा नेपाली कांग्रेस र नेकपा(एमाले)का उमेदवारहरुले बाजागाजा र ¥याली सहित उमेदवारी दर्ता गराएका छन्भने नेकपा माओबादी केन्द्र तथा अन्य दलले पनि जुलुस र छुट्टाछुट्टै रुपमा उमेदवारी दर्ता गराएका छन् । पर्वतको कुस्मा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा रामचन्द्र जोशी र उपमेयर पदमा सिता शर्मा काफ्लेले उमेदवारी दर्ता गराएका छन्भने एमालेबाट कुस्मा नगरपालिकामा मेयर पदमा मेघनाथ सुबेदी र उपमेयर पदमा मुगा पोखरेलले उमेदवारी दर्ता गराएका छन् । नेकपा माओबादी केन्द्रले मेयरमा शंकर गिरी र उपमेयरमा तारा रिजाललाई उपमेयर बनाएका छन । कुस्मामा नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा माओबादी केन्द्रले सबै वडामा आफ्ना प्यानलै सहित उमेदवारी दर्ता गराएका छन भने केही स्वतन्त्र उमेदवारले समेत मेयर र उपमेयरमा उमेदवारी दिएका छन । नेपाली कांग्रेसका युवा नेता मोहन आचार्यले पनि स्वतन्त्रमा उमेदवारी दिएका छन भने सुर्यप्रकाश पौडेलको पनि स्वतन्त्रमा उमेदवारी परेको छ । यसैगरी फलेबास नगरपालिकामा नेपाली कांग्रेसबाट गंगाधर तिवारीलाई मेयर र रेखा गुरुङ्गले उपमेयरमा उमेदवारी दर्ता गराएका छन । नेकपा(एमाले)बाट मेयरमा पदमपाणी शर्मा र उपमेयरमा मञ्जु अधिकारी उमेदवार बनेका छन भने फलेबास नगरपालिकामा माओबादी केन्द्रबाट मेयर र उपमेयरमा क्रमशः मोती शर्मा रेग्मी र शोभा क्षेत्री उमेदवार बनेका छन् यस्तै गरि जलजला गाउँपालिकामा नेपाली कांग्रेसबाट यामबहादुर मल्ल(रामकृष्ण )उमेदवारी दर्ता गराएका छन भने उपमेयरमा सिमा पुन गुर्बजा उमेदवारी दर्ता गराएकी छन । नेकपा(एमाले)को तर्फबाट लालबहादुर अधिकारी अध्यक्ष र उपाध्यक्षमा अनिता शर्माले उमेदवारी दिएका छन । नेकपा(माओबादी) केन्द्रले अध्यक्षमा बाबुराम कार्की र उपाध्यक्षमा सिता मल्लले उमेदवारी दिएका छन । कांग्रेसबाट अध्यक्षमा उमेदवारी पाएका र अन्तिम समयमा खोसिएका राजु आचार्यले स्वतन्त्रमा उमेदवारी दिएका छन भने एमालेका युवा नेता घनश्याम सुबेदीले पनि अध्यक्षमा उमेदवारी दिएका छन । पर्वतकै मोदी गाउँपालिकामा नेपाली कांग्रेस बिश्वप्रकास प्रसाई अध्यक्ष र मिना केसीले उपाध्यक्षमा उमेदवारी दिएकी छन । नेकपा(एमाले)को तर्फबाट मोदी गाउँपालिकामा प्रेम पौडेल अध्यक्ष तथा सेती महतले उपाध्यक्षमा उमेदवारी दर्ता गराएका छन । नेकपा(माओबादी) केन्द्रबाट भने अध्यक्षमा लालबहादुर अधिकारी र उपाध्यक्षमा गंगा तिमिल्सीनाले उमेदवारी दिएका छन । यस्तै बिहादी गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसबाट प्रबिण गुरुङ्ग र उपाध्यक्षमा बिष्णुमाया खड्काले उमेदवारी दिएका छन । नेकपा(एमाले)को तर्फबाट कमल भुसाल र उपाध्यक्षमा डम्बरकुमारी गुरुङ्गले उमेदवारी दर्ता गराएका छन । नेकपा(माओबादी) केन्द्रबाट कृष्णप्रसाद पराजुलीले प्रमुख र बिष्णु भुसालले उपाध्यक्षमा उमेदवारी दिएकी छन । यस्तै महासिला गाउँपालिकामा नेपाली कांग्रेसबाट उज्ज्वल गुरुङ्ग मेयर र सृजना मल्ल उपाध्यक्षमा उमेदवार बनेका छन भने नेकपा(एमाले)बाट राजुप्रसाद पौडेल अध्यक्ष र हिरा थापा उपाध्यक्षमा उमेदवार दिएकी छन । माओबादी केन्द्रले अध्यक्षमा रुपनारायण अधिकारी र उपाध्यक्षमा जयकली मल्ललाई उमेदवार बनाएका छन । यस्तै पैयुँ गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा खगेन्द्र तिवारी र उपमेयरमा जसमति गुरुङ्ग उमेदवार भएका छन भने नेकपा(एमाले)को तर्फबाट अध्यक्षमा मित्रलाल बस्याल र उपाध्यक्षमा गोमताकुमारी शर्माले उमेदवारी दिएका छन । माओबादी केन्द्रबाट अध्यक्षा पुष्यप्रसाद आचार्य र उपाध्यक्षमा अम्बिका न्यौपाने उमेदवार बनेका छन ।
Previous Articleदग्नाम वडा अध्यक्षमा गर्बुजा निर्विरोध
Next Article २० वैशाख २०७४, ढोरपाटन दैनिक