म्याग्दी, १३ बैशाख – पश्चिम म्याग्दीमा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनामा म्याग्दीबासीको लगानीमा निर्माण हुने भएको छ । आयोजना निर्माणको विषयमा देखिएको विवादले निर्माण प्रक्रिया अगाडी बढ्न नसकिरहेको अवस्थामा स्वदेश तथा विदेशमा रहेका जिल्लाबासीको लगानीलाई प्राथमिकतामा राखेर निर्माणकार्य सुरू भएको दरवाङ कालिका हाईड्रो प्रालिका अध्यक्ष विनोद कुँवरले बताए । उनले म्याग्दीबासीलाई जलविद्युतमा लगानी गर्न अनुरोध समेत गरेका छन् । आर्थिक अवस्था कमजोर भएका म्याग्दीबासीलाई धनी बनाउने उदेश्यले घरदैलो अभियान, अन्तरक्रिया कार्यक्रम, जलविद्युतको महत्व, भविस्यमा प्राप्त हुने नाफा सहित जलविद्युतमा लगानीको वातावरण बनाइरहेको बताए । कुँवर र एनआरएन कोरियाका कार्यवाहक अध्यक्ष ओमनारायण जुग्जालीको पहलमा उर्जामन्त्री जनार्दन शर्मालाई कोरियामा जलविद्युत सम्बन्धि अन्र्तरक्रियामा सहभागि बनाएपछि कोरियामा रहेका म्याग्देलीले समेत लगानीको प्रतिबद्धता जनाइरहेका छन् । मालिका गाउँपालिका अन्र्तरगत पर्ने आयोजनास्थलको अध्यक्ष कुँवर,सञ्चालक समिति सदस्य चित्र पुन, अमृत गौचन लगाएत स्थानीय अगुवाले आयोजनास्थलमा भइरहेको पानी, माटो जाँच सहित निर्माण प्रक्रियाका बारेमा स्थलगत अनुगमन समेत गरेको छ । अनुगमनको क्रममा आयोजनालाई आवश्यकता अनुसारको सहयोग गर्ने प्रभावित क्षेत्रका बासिन्दाले प्रतिबद्धता समेत जनाएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठको पहलमा लाइसेन्स खरिद गरिएको थियो । आयोजनाको लगानीको सम्बन्धमा विवाद भएपछि विद्युत खरिद सम्झौता सहित विभिन्न प्रक्रिया पुरा गरेपनि आयोजनाले गती लिएको थिएन् । पश्चिम म्याग्दीको विकासको प्रवेशद्धारको रुपमा समेत हेरिएको आयोजनालाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रभावित क्षेत्रका स्थानीय रिमप्रकाश थापाले बताए । पिपिए सम्झौतामा प्राधिकरणले प्रर्वधकसंग बर्षातको ८ महिना प्रति यूनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रति यूनिट ८ रुपैयाँ ४० पैसामा पीपीए गरेको छ। रन अफ द रिभर प्रकृतिको दरबाङ–म्याग्दीखोला दरबाङ देखी दुईकिलोमिटर माथी देविस्थान र ताकम धारापानी जाने भेदीखोालमा बाँध बाधेर ५ किलोमिटर टनेल हुदै दरबाङ र बावियाचौर गाविसको सिमानामा अवस्थित सहश्रधाराको रातोढुंगामा १ सय मिटर अग्लो हेडका साथ पावर हाउस बनाइने छ । आयोजनाको प्रारम्भिक कुल लागत ३ अर्व ९३ करोड रहेको छ । सेयरबाट संकलन भएको रकम बाहेक बैंकबाट कर्जा लिएर आयोजना सम्पन्न गरिने छ ।
Previous Article१३ बैशाख २०७४, ढोरपाटन दैनिक
Next Article मसँग जो उभ्याए पनि चुनाव जित्छु – कोमल वली