बैठकमा सत्ता पक्ष र प्रतिपक्षका नेताहरुले प्रधानमन्त्रीद्धारा प्रस्तुत एजेण्डामाथि आफ्ना धारणा राखेका थिए। बैठकले राजनीतिक सम्वादलाई जारी राख्ने, दुईपक्षीय र बहुपक्षीय छलफललाई निरन्तरता दिँदै संविधान संशोधन, सदन सञ्चालन, दोस्रो चरणको निर्वाचन र बजेटबारे सहमतिमा पुग्ने र राजनीतिक दलहरु मिलेरै अगाडि बढ्ने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार लगायत पाँच दलका शीर्ष नेताहरु उपस्थित थिए।
राजनीतिक संवाद जारी राखेर अगाडि बढ्ने निर्णय
Previous Article२ घण्टा हिडेर विद्यालय जानु पर्ने बाध्यता
Next Article मोदीले भने – सबै शक्तिलार्इ मिलाएर निर्वाचनमा जानु