बागलुङ, ७ बैशाख – स्थानिय तहको निर्वाचनका लागि नेकपा माओबादी केन्द्र काठेखोला गाउपालिकाले गाउपालिका प्रमुख पदको लागि ५ जनाको नाम सिफारिस भएको छ ।
गाउंपालिकाको बुधबार बसेको बैठकले गाउँपालिकाको प्रमुखमा ५ जना र उपप्रम्ुखमा ३ जनाको नाम जिल्ला पार्टीमा सिफारिस गरेको नेकपा माओबादी केन्द्र काठेखोलाले जनाएको छ । सिफारिस गरिएका नाममध्ये नेकपा माओबादी केन्द्रको केन्द्रिय एबं जिल्ला स्तरको नेतृत्व कमिटिले टुङ्गोे लगाउने माओबादी केन्द्रले जनाएको छ ।
गाउँपालिका प्रमुखमा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एबं गाउँपालिका इन्चार्ज लिलाराम सुनार, केन्द्रिय सदस्य एबं काठेखोला गाउपालिका अध्यक्ष कृष्णबहादुर थापा, जिल्ला पार्टी सचिवालय सदस्य एबं गाउँपालिकाका सहसचिव खडग पुन, जिल्ला पार्टी सदस्य कुलमान बिक र काठेखोला गाउँपालिका अन्र्तगत वडा नम्वर ६ का अध्यक्ष चक्रपाणि कंडेल रहेका छन् । त्यसैगरी गाउंपालिका उपप्रमुखमा ३ जनाको नाम सिफारिस गरेको छ ।
नेकपा माओबादी केन्द्रका सचिवालय सदस्य एबं प्रेस सेन्टरका केन्द्रिय सदस्य कोपिला कंडेल, सचिवालय सदस्य एबं काठेखोला गाउँपालिकाका सचिव लक्ष्मी रोका खड्का र पार्टी सचिवालय सदस्य एबं गाउं कमिटिका सदस्य दिपेन्द्र खत्रि रहेको काठेखोला गाउंपालिकाका ईन्चार्ज लिलाधर सुनारले जानकारी दिए ।
सबे आकांक्षीको नाम जिल्ला पार्टीका बैठकले गाउँपालिका अध्यक्ष कृष्ण थापाको संयोजकत्वमा २१ सदस्यीय सचिवालय गठन गरेको छ ।
Previous Articleराष्ट्रपति भ्रमणमा सामाजिक संजाल
Next Article अपाङ्गता भएकाको प्रतिनिधित्वको माग