बागलुङ, ६ बैशाख – नेपाली काग्रेस नगर समन्य समिति बागलुङको भेला सम्पन्न भएको छ । भेलाको उदघाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं सांसद रत्ना शेरचनले स्थानिय निकायको चुनावमा पार्टीलाई विजयी गराउन सबै जुटनुपर्ने बताइन् । उनले सर्वसाधारण नागरिकको भवना र चाहना अनुसार नेपाली काग्रेस अगाडि बढदै आइएकोले आगामी दिनमा पनि हरेकको रोजाई बन्ने बताइन् । उनले सबै आ–आफनो क्षेत्रबाट निर्वाचनमा लाग्ने बेला आएको बताइन् । कार्यक्रममा सांसदद्धय प्रकाश शर्मा पौडेल,चम्पादेवि खडका, पुर्वसांसद टंकप्रसाद कडेल,पार्टी सभापति दिपेन्द्रबहादुर थापा, पुर्वपार्टी सभापति मणिभन्द्र शर्मा कडेल, पुर्वउपाध्यक्ष जगदिशचन्द्र उपाध्याय, जिल्ला सचिव नवराज पौडेल, कोषाध्यक्ष उमेश गौतम, नेपाल महिला सघंका अध्यक्ष सकुन्तला शर्मा, क्षेत्रिय सभापति चिरन्जिवि गौतम, जिल्ला सदस्य बसन्तकुमार श्रेष्ठ, महाधिबेशस प्रतिनिधि कृष्णशंकर श्रेष्ठ लगायतले बोलेका थिए । नगर समन्य समितिका संयोजक महेन्द्र आर्चायको अध्यक्षता, सदस्य भैरव नाथ उपाध्यायको स्वागत र सचिव विरबहादुर किसानको संचालमा कार्यक्रम सम्पन्न भएको छ ।
बागलुङ नगर प्रमुखमा कांग्रेसबाट ८ आकांक्षी
आगामी बैशाख ३१ गते हुने स्थानिय निकायको चुनावमा बागलुङ नगरपालिकाको प्रमुख पदको लागि नेपाली काग्रेसबाट ८ जना आकांक्षी देखिएका छन् । नगरप्रमुखको लागि नगर समन्य समितिका संयोजक महेन्द्र आचार्य, जिल्ला सदस्य बसन्तकुमार श्रेष्ठ, क्षेत्र न १ का सभापति चिरन्जीवी गौतम, क्षेत्र न २ का सभापति नारायण पौडेल, नेपाल महिला संघका अध्यक्ष एवं क्षेत्रीय प्रतिनिधि सकुन्तला शर्मा, क्षेत्रीय प्रतिनिधिहरु महेन्द्र खडका, चण्डिप्रसाद शर्मा, उपेन्द्रराज पन्तले उम्मेदवारी नगर समन्य समितिमा दर्ता गराउनु भएको सचिव बिरबहादुर किसालने जानकारी दिए । त्यसैगरि उपप्रमुखमा महासमिति सदस्य कल्पना हमाल पाठक, ट्रेड यूनियन कांग्रेसका अध्यक्ष रामप्रसाद अधिकारी, नगर कोषाध्यक्ष प्रमिला राजभण्डारी र क्षेत्रीय प्रतिनिधि मुक्तिराम सापकोटा आकांक्षी देखिएको किसानले जानकारी दिए । मंगलबारसम्म नगरप्रमुख र उपप्रमुखका आकांक्षीहरुले नगर समन्य समितिमा नाम दर्ता गराउन समय तोकिएको थियो । नगर समन्य समितिले उम्मेदबार छनोटको लागि क्षेत्रीय समितिलाई सिफारीस गरेको छ ।
Previous Articleप्रमुख र उपप्रमुखमा कांग्रेसका आकांक्षी
Next Article ६ बैशाख २०७३, ढोरपाटन दैनिक