म्याग्दी, ६ बैशाख
जिल्लाको सदरमुकाम बेनीबजारस्थित खुल्ला मञ्चलाई मिनी रंगशाला बनाउने अभियान सुरु भएको छ ।
िजल्ला खेलकुद विकास समितिको पहलमा सोमबारदेखी करिव ६१ लाखको लागतमा क्षमता विस्तार सुरु गरिएको खेलकुद विकास समितिका अध्यक्ष कुष्णकुमार विश्वकर्माले बताए । ‘लागतको ३० प्रतिशत समुदायबाटै जुटाउनुपर्ने छ ।
जिल्लाको खेलकुद मैदान नमुना बनाउन लामो समयदेखी प्रयास गरिरहेको थिए’ उनले भने । कुल लागतको १७ लाख समुदायको पहलमा जुटाउनु पर्ने भएकाले पनि सहयोगको अपेक्षा गरिएको उनले बताए। उनले जिल्ला समन्वय समिति, नगरपालिकाको आन्तरिक स्रोत, विभिन्न संघसंस्था, ब्यक्ति र प्रवासमा रहेका खेलप्रेमीलाई समेत अभियानमा सहयोगको अनुरोध गरेका छन् ।
समितिले खुल्लामञ्चलाई आवश्यक पर्ने पुर्वाधारलाई ब्यवस्थित बनाउन राष्ट्रिय खेलकुद परिषदमा पठाएको प्रस्तावको पहिलो चरणमा रकम विनियोजन भएपछि मर्मतसम्भार गरी ७ फिट अग्लो तारबार समेत गर्नुका साथै अन्य मर्मत समेत गरिएको छ । विस्तारको क्रममा बधस्थलबाट कालिगण्डकीमा जाने मार्गबाट सुरु गरिएको छ । खुल्लामञ्चमा रहेको मन्दिर, पुल लगाएतका संरचनाले समेत विस्तारमा समस्या देखिएको छ ।
खुल्लामञ्चमा जिल्लास्तरीय खेलकुदका साथै राजनीतिक दलका कार्यक्रम, धार्मिक कार्यहरु समेत हुने भएपनि कुनैपनि निकायले पुर्वाधार विस्तार र स्तरउन्नतीमा चासो देखाएका थिएनन् । हरेक बर्ष जिल्लास्तरीय खेलकुद प्रतियोगिता गरिने भएपनि खुल्लामञ्चको प्याराफिल लगाएतका पुर्वाधारहरु जिर्ण अवस्थामा रहेकाल दुर्घटनाको जोखिम समेत रहेको थियो ।
सदरमुकाम बाहिर रहेका खेलकुद मैदानलाई समेत ब्यवस्थित तथा जिल्लास्तरीय गतिविधि संचालन गर्ने गरी बजेटको माग समेत गरिएको छ । जिल्लास्तरका खेललाई समेत ग्रामिण क्षेत्रमा सञ्चालन गर्न पूर्वाधार आवश्यक देखिएको छ ।
Previous Articleबँदेल आतंकले किसानले बारीमा खेतिबाली लगाउन छाडे
Next Article वाईसिएलमा पाण्डे चयन