बागलुङ, ३० चैत – नेकपा एमाले काठेखोला गाउँपालिका वडा नम्बर २ (भीमापाखरा)ले आगमी स्थानीय तहको निर्वाचनमा विद्यापति शर्मालाई अध्यक्षको उमेदवार बनाउने निर्णय गरेको छ । वडा कमिटीको मंगलबार सम्पन्न विस्तारित भेलाले शर्मालाई सर्वसम्मत रुपमा अध्यक्षको उमेदवार घोषणा गरेको हो ।
साविकको भीमापोखरा–९ निवासी शर्मा लामो समयदेखि शिक्षा तथा सामाजिक सेवामा क्रियाशिल रहेका थिए । भेलाले वडा सदस्यको लागि गिता किसान, चिरन थापा, कुमारी विक, यामबहादुर थापा, शसिधर शर्मा, राजु गौतम, लक्ष्मी हमाल, उमा केसीको नाम सिफारिस गरेको छ । भेलाले काठेखोला गाउँपालिकाको लागि अमर थापा, हरिनारायण गौतम, टिकाराम सापकोटा, डिल्लीराज गौतम र गंगा शर्माको नाम सिफारिस गरेको छ । कार्यक्रममा बोल्दै नेकपा एमाले काठेखोला गाउँपालिका संगठन कमिटीका संयोजक डिल्लीराज गौतमले स्थानीय तहको सम्वृद्धि र विकासको लागि नेकपा एमाललेलाई विजयी गराउनुपर्ने बताएका थिए ।
कार्यक्रममा नेकपा एमाले पूर्वप्रचार विभाग सदस्य हरिनारायण गौतम, जिल्ला कमिटी सदस्य अमर थापा, दिपक गौतम, गंगा शर्मा, विद्यापति शर्मा उमादेवी केसीले बोलेका थिए ।
कार्यक्रम वडा कमिटी अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता, सविना गौतमको स्वागत र नारायणदक्त रेग्मीको सचालनमा सम्पन्न भएको थियो । सोही अवसरमा वडा कमिटीको सम्पर्क कार्यालय तत्कालिन भीमापोखरा ४ सिरसिरेमा स्थापना गरिएको थियो ।
काठेखोला वडा ३ मा श्रीस उम्मेदवार
बागलुङ/ काठेखोला गाउँपालिका वडा नम्बर २ मा यामबहादुर श्रीसलाई उम्मेदवार बनाइने भएको छ । वार्ड कमिटीको मंगलवार बसेको वैठकले वार्ड अध्यक्षमा श्रीस, दलित महिलामा सुन्तली बिक, खुल्ला सदस्यमा बमबहादुर खड्का, खुम भण्डारी र खुल्ला महिला सदस्यमा सुवास्ना बिकलाई उम्मेदवार चयन गरिएको धम्जाबाट बाबुराम भण्डारीले जानकारी दिएका छन् ।
यसैगरी, काठेखोला गाउँपालिका वडा ७ मा एमालेको तर्फबाट वडाध्यक्षमा चित्रा श्रीसलाई उम्मेदवार बनाईने भएको छ ।
वडाको बैठकले सदस्यमा खिम थापा, बेलबहादुर जिसी, दलित महिलामा धनमाया विकलाई सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । खुल्ला महिला सदस्य भने चयन गर्न बाँकी रहेको जनाईएको छ ।