कृष्ण प्रसाद शर्मा
लामो समय पछि हुन थालेको स्थानिय चुनावको चहलपहल चुलिँदैछ । प्रचारका लागी उमेदवार दिने, जित्न दिने र अरूलाई हराउन दिने यस्ता खालका उम्मेदवार अब बाहिर आउँदैछन् । संघिय प्रणालीमा गईसकेको स्थानिय चुनावमा अहिले नव गठित गाउँपालिका, वडा थपिएका नगरपालिका र महानगरपालिकाको अधिकार र बजेट निकै आर्कषक छन् । यहाँ आर्कषक भन्नाले यसलाई आफ्नो फाईदामा नभई विकास गर्न निकै आवश्यक स्रोत र अधिकार भने पक्कै छ भन्न खोजेको हो ।
अहिले परिमार्जित संरचनामा गठित स्थानिय सरकार एक किसिमले सम्पन्नशाली बनाउन खोजिएको छ अब यसलाई साँच्चै सम्पन्न बनाउन भने यसले कल्पना गरेको योजना र लक्ष्य पुरा गर्न सक्ने नेतृत्वको खाँचो छ । साझा पार्टिका अभियन्ताले पोखरामा भन्दै हुनुहुन्थ्यो । नेपाली भोटर भनेका धेरैबेर मेनु हेरेर अन्तिममा मःम मगाउने खालका छन् । यसको लाक्ष्णीक अर्थ भनेको कुरा नयाँ पार्टिको र नेतृत्वको गरेपनि भोट चाँही बाउबाजेले दिँदै आएका पुराना पार्टिलाई नै भन्ने देखिन्छ । हुन पनि यो सत्य सावितै छ । अबको निर्वाचनमा भोटको अवस्था कस्तो हुन्छ त्यो अलग हो तर उमेदवार भने पुरानै मःमका छन्भने भोट पनि मःम कै होलान् । अहिले हामीले चिने जानेका ठाउँमा उठाउँदै गरेका वा भनौ बहसमा ल्याएका व्यक्तिहरू त्यही पुराना गा.वि.स का अध्यक्ष र वडा अध्यक्षको हैसियतका नै उठाउने तयारीमा छन् । कतिपय ठाउँमा राजनीतिमा लागेका युवाहरू नै छनैन भने कतिपय ठाउँमा भएपनि राजनीतिप्रति वितृष्णा जगाएर बसेका छन् । स्थानिय संरचनाले करको दायरा समेत स्थानिय सरकारले निर्धारण गर्न दिने भनेको छभने पछि यस ठाउँमा आउने नेतृत्व पनि एक सक्षम हुन जरुरी छ । अहिले गाउँमा उठाउन खोजिएका उम्मेदवारहरू आजभन्दा बीस बर्ष पहिला वडा अध्यक्षमा समेत हारेका मान्छेहरू अहिले नयाँ संरचनाका वडा अध्यक्ष समेत तिनै मान्छेहरू उठ्न र उठाउन गुटबन्दी गरिरहेका छन् ।
अहिले योग्य नेतृत्व उठाउने भन्दा आफ्नो मान्छे उठाउन धुनमा छन् । राम्रा भन्दा हाम्रालाई प्राथमिकता दिन खोजिँदैछ । युवाहरू राजनीतिमा आउनु पर्छ भनेर भाषण गर्ने रबीन्द्र अधिकारी र विश्व प्रकाश शर्माहरू पनि अहिले त्यति नै पुराना नेताहरूलाई पुनः स्थान दिने सोचमा छन् । अधिकांश नगरापालिकामा अहिले उम्मेदवार उठाउँदा पुरानालाई एकपटक मौका दिउँ पछि युवालाई गरौंला भनिरहेको सुनिन्छ । यो मौका दिने पद नभई गरेर देखाउन पद हो । गा.वि.सै तोकेर लेख्दा नराम्रो लाग्ला तर अधिकांश ठाउँमा पुरानाले छोड्दिए मात्र नयाँले आँट देखाउने सक्ने थिचिएको मानसिकता देखियो ।
कतिपय ठाउँमा बहस बैठक समेत नगरी उम्मेदवार छानिँदैछ । यो कस्तो लोकतन्त्र हो जहाँ उम्मेदवार हुन्छु भन्न समेत नपाउने देखिन्छ । उम्मेदवार छान्दा उसको काम गर्न सक्ने क्षमता भन्दा पनि पार्टि जोगाएको भन्ने बाहना धेरै देखियो । अरू कुनै ठाउँमा लैजान ठाउँ पनि छैन र उमेर पनि नभएकोले एक पटकलाई ठाउँ दिउँ भन्ने भनाई समेत रहेको भेटियो । अब यस्तो योग्यताले काम गर्छ त ? बीसौं बर्ष सम्म चुनाव नभएका कारण पार्टि भित्र रहेका कयौं उर्जाशील व्यक्तिको उर्जा त्यसै खेरा जाने स्थिति बुझ्दा बुझ्दै पनि खास गरी ठुला पार्टिहरूले युवाहरूलाई नयाँ उम्मेदवारका रुपमा ठाउँ दिने सोचमा छैनन् ।
हिजो कृषि विकासमा एक दुई जना कर्मचारी चिनेका भरमा ऋण निकाल्न सहयोग गरेका, मालपोतमा गएर लेखन्दास गरेको, गाउँमा भैसी किनिदिएको यिनै कुरालाई आज पनि हालको संरचनामा वडा अध्यक्ष उठ्न योग्य सम्झिएका छौ भने के अधिकार दिंदैमा यस्ता नेतृत्वले हाँक्न सक्छन् त अबको स्थानिय निकाय ? प्रजातन्त्र जननी भन्न रुचाउने काँग्रेस, जनताको बहुदलिय जनबादमा विश्वास गर्ने एमाले र सर्वहाराको सत्ता ल्याउने माओवादीमा अहिलेको उम्मेदवार छानाईको प्रकृयामा तात्विक फरक देखिंदैन । राजनीतिमा व्याज खाने चलन बढेर गएको छ । केन्द्रदेखी स्थानिय तहसम्म त्यस्तै छ । पार्टिमा योगदान गरेकाहरूलाई कुनै सम्मानित ठाउँमा विकल्प खोजेर अहिले केही गर्छु भन्ने आँट भएका युवा युवतीलाई स्थान दिन सक्नु पथ्र्यो तर त्यस्तो हुँदै छैन । पार्टि कतै परिवारमा, कतै बर्गमा, कतै धर्मका वरिपरि घुमेको छ । जुन साह्रै दुखतपुर्ण हो ।
पार्टिले चाहेको खण्डमा विदेशबाट सिधै सभासदको टिकट दिन सक्छ तर गाउँमा भने त्यो लागु हुन सकेको छैन । आफ्नो पार्टिले मात्र होईन विपक्षी पार्टिका र केही स्वतन्त्रहरूले समेत मन पराएका सक्षम व्यक्तिहरू छाँया पारेर तिनै मक्किएका ठुटा बालेर धुनी लगाउने शुरमा छन् महानहरू भनौ कमरेडहरू । युवालाई राजनीतिमा अवसर दिन नखोज्ने तर युवा संघ, तरुण दल किन खोल्नु प¥यो ? हालका पार्टि कुनै बेला युवाहरूले नै शुरू गरेका हुन तर अहिले उनीहरू वृद्ध भए तर पनि कसैले पद छोड्न मानेका छैनन । सबै कुराको अवकासको समय हुने तर राजनितिकर्मीको नहुने पक्कै छैन होला । आफुले स्वयं घोषणा गरेर पद हस्तान्तरण गर्न सक्ने हैसियत र खुला दिल भएन । हिजो हामी जन्मँदा जसलाई नेताका रुपमा सत्तामा देख्यौ आज पनि उनीहरूलाई मान भनिरहेका छन् सिन्डिकेटवालाहरूले ।
जति बर्ष लगाएर संविधान लेखे पनि, राजा फाले पनि, गणतन्त्र आए पनि, संघियता लादे पनि संविधानको मर्म अनुसारको योग्य नेतृत्वलाई स्थान दिन नसक्ने होभने यो अधिकार कागलाई बेल पाक्यो हर्ष न विस्मात हुने पक्का छ । पार्टिका विरुद्धमा उठ्न खोजे कार्वाहीमा पर्ने डरले आज सक्षम मान्छेहरू बुढा गोरूले बाली लगाउँछकी भनेर पिँडो खुवाउँदै छौ । मेरो भनाई गोरूलाई पिँडो खुवाउ तर खेत बारीमा न नारौ किन कि यिनिहरूले खेत बारीमा जोत्न सक्दैनन । बीच गरामा सुतेर अपहत्य मात्रै हुन्छ । सबै बुढा गोरूका हलीहरुलाई चेतना भयाः