राजेशचन्द्र रा.भ.
यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ साच्चै, नबुझ्या हो कि तिमी नबुझे जस्तो गर्दछौं । भन्ने नेपाली राष्ट्रिय गित नसुन्ने नेपाली कमै होलान् । हो यतिबेला कृष्णहरि बरालले लेख्नु भएको यो हाम्रो राष्ट्रिय गितलाई मैले किन स्मरण गर्न खोजेको हो भने अहिले नेपालमा सबै भन्दा बढी चर्चा नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्य हिसिला यमी कै छ । निर्वाचन आयोगले नयाँ शक्ति पार्टीको चुनाव चिन्ह आँखा झिकिदिएको बिरोधमा निर्वाचन आयोगमा धर्ना दिने क्रममा प्रहरी हस्तक्षेप गरेको भन्दै नेपाल देश खारेज गर भनी चर्को स्वरमा नारा लगाए पछि गाउँ देखि शहर सम्म हिसिला कै चर्चा छ ।
अहिले तरकारीवाली पछि साच्चै यतिबेला भाइरल कोहि बनिन भने नयाँ शक्ति पार्टीकी नेतृ हिसिला नै बनिन् अहिले नेपालको इतिहासमा साच्चै कै कलँकित मान्छे भनेको यमी नै हुन् भन्दा कसैको पनि दुई मत हुदैन । नेकपा माओबादी हँुदै अहिले डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा रहेका यमी निर्वाचन आयोगको बिरोधमा प्रहरी प्रशासनको हस्तक्षेपको बिरोध गर्दा देश खारेज गर भन्ने नारा आबेग र उत्तेजनामा आएर आफुले बोलेको कुरा नेपालका पुर्बमन्त्री समेत रहेकी हिसिलाले राजधानीमा पत्रकार सम्मेलन गरेपछि झन् यसले थप चर्चा पाएको छ ।
मान्छेले जस्तो सुकै अबस्थामा पनि आफ्नो भन्दा आफ्नो देशको माया गर्छ । अहिले नयाँ शक्ति पार्टीको कार्यक्रम के हो अहिले लगाउने नारा के हो त्यो त अबश्य पनि तय गरिएको होला । आन्दोलनमा जाने त्यहाँ गएर कति समय धर्ना दिने के–के र बोल्ने कसरी बोल्ने सबै कुरा पहिला नै तय गरिएको हुन्छ । डा.र बाबुराम भट्टराईको श्रीमती समेत रहेकी हिसिला यमी कुनै नयाँ कार्यकर्ता पनि हैनन् दिमाग फुस्केको सिल्लि पनि अबश्य हैनन् ।
किन के को लागि आफ्नै देश खारेज गर भन्ने नारा लगाइयो कस्तो अनौठो कुरा आबेगमा आएर कसैले पनि यस्तो नारा लगाउँदैन हिसिला दिदीले दिनुभएको तर्कमा कुनै दम छैन अहिले मुलुकमा पञ्चायत हैन बहुदलीय प्रजातान्त्रिक भन्दा पनि उपल्लो सङघिय गणतन्त्र आइसकेको छ । अहिले पुरानो गाउँ बिकास समिति नगर जिल्ला सबै खारेज भएर नयाँ सँरचना बनिसकेको अबस्थामा यहाँ खारेज गर्नुपर्ने बिषय के छ त्यो कुरा पहिला थाहा हुनुपर्छ अनि मात्र कुरा गर्न सजिलो हुन्छ । अहिले नयाँ शक्तिलाई चाहिएको प्रमुख कुरा भनेको अहिले हुन गै रहेको स्थानीय निर्वाचनमा चुनाव चिन्ह हो त्यो भन्दा अरू नयाँ माग अबश्य छैन । मात्रै होइन थिएन पनि अनि कसरी त्यो नारा त्यहाँ लगाइन यमीले भन्ने बारे अहिले जतासुकै बहस शुरू भएको छ । हुनत अहिले देशमा सङघियता नचाहिने त्यो खारेज हुनुपर्ने माग राख्दै शुरूवात देखि राष्ट्रिय जनमोर्चाले देशमा आन्दोलन गर्दै आइरहेको कुरा सबैलाई अबगत नै छ । अहिले नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाको आन्दोलन एउटै खालको पनि हैन यी दुई पार्टीको नीति बिचार र सिद्धान्त अलग–अलग हो ।
साँच्चै नै चित्रबहादुर काकाको पार्टीले अहिले आन्दोलन गरेर सङघियता खारेज गर भन्ने नारा लगाएको भए अबश्य पनि त्यसलाई स्वभाबिक मान्न सकिन्थ्यो तर यहाँ त कुनै अध्यादेश हैन यमीले त देश खारेज गर भन्ने राष्ट्रघाँती नारा लगाईन यो माफी दिन सक्ने बिषय हैन । म मरे पनि मेरो देश बाँचिरहोस् भन्ने नेपाली राष्ट्रिय गित सायद नयाँ शक्ति कि हिसिला यमीले सुन्नु भएको छैन होला । त्यस्तो देश भक्ती गित सुन्ने फुर्सद पनि हुनुपर्छ वहाँ जस्तो चल्ता पुर्जा नारीलाई त्यस्तो पुरानो गितले छुन पनि छुदैन अनि के अर्थ रह्यो ।
साँच्चै नयाँ शक्ति प्रभुकै भक्तीभाव देखाउन यतिबेला यमीले देश खारेज गर भन्ने नारा लगाएर प्रभुप्रति भक्तीभाव दर्शाएकी हुन् भन्ने राजनीति चर्चा पनि सँगसँगै चलेको छ । हैन भने अहिलेको आन्दोलन नयाँ शक्ति पार्टीको नाराको कुनै मिलन बिन्दु छैन ।
कुरा निर्वाचनमा चुनाव चिन्हको छ धर्ना निर्वाचन आयोगमा पुगेर आफ्नो दललाई चुनावी चिन्ह चाहियो भन्ने नै हो तर नारा भने उत्तेजना आबेगमा नेपाल देश खारेज गर भन्ने कसैले पनि सुन्न नसक्ने नारा लगाइयो जुन नारा मधेसमा सिके राउतले देश टुक्राटुक्रा पार्ने भन्दा पनि खतरनाक छ हिसिलाको नारा । अहिले पत्रकार सम्मेलन गरेर भुल पाश्चताव हुन सक्दैन यसबारे नयाँ शक्ति पार्टीको आधिकारिक धारणा के हो त्यो बाहिर ल्याउन जरुरी छ । जसरी हिजोका दिनमा डाक्टर बाबुरामलाई नेकपा माओबादी पार्टीमा हुँदा छिमेकी मुलुक भारत मुखी भएको आरोप लगाएको कुरा सबै पत्रपत्रिकामा नआएको हैन संविधान बन्ने समयमा पनि बाबुरामको भुमिका बिबादास्पद नै थियो भन्ने कुरा पनि सारा दुनियाँलाई थाहा छ ।
मुलुकमा संविधान सभाबाट संविधान घोषणा गरेपछि बाबुराम भट्टराईले माओबादी पार्टी मात्रै होइन साँसद पदबाट समेत राजिनामा दिएर नयाँ शक्ति पार्टी खोलेको कुरा पनि दुनियाँलाई थाहा भएकै बिषय हो । अहिले सँबिधानलाई कार्वान्यन गरेर मुलुकलाई राजनीति निकास दिनुपर्ने समयमा डाक्टर बाबुराम भट्टराई त्यहाँबाट भागेर बाहिर मात्रै गएका छैनन् उल्टो बाटो हिडिरहेका छन् भन्ने कुरा आम नेपाली जनता र राजनीति पार्टीका मान्छेले गरिरहेका छन् । अहिले संसदमा बसेर देश र जनताको लागि काम गर्नुपर्ने समय हो हुनत यसमा बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीको आफ्नै खालको तर्क छ तर त्यो तर्क अहिले काम लाग्ने भने देखिदैन । अहिले हिसिला यमीले जुन देश घाँती नारा लगाइन यसलाई हल्का ढँगले हेर्न र लिन मिल्दैन साच्चै भन्ने हो भने देश यमीलाई सामाजिक नैतिक कानुनी सबै खालको कार्बाही गर्न जरुरी छ । देश नै खारेज गर्ने अधिकार कसैलाई पनि छैन देश बेच्ने अधिकार कसैलाई पनि छैन अहिले लगाइएको नारा नियोजित प्रयोगजित आयोजित के हो भन्ने कुरा भबिस्यमा बिस्तारै खुल्दै जाने नै छ । बाघ कराउनु र बाख्रा हराउनु जस्तो अबश्य पनि हैन होला भनेर सबै स्वाभिमानी नेपालीले सोच्न जरुरी छ । निर्वाचन आयोगले पनि राजनीति नगरिकन निर्वाचनमा भाग लिने राजनीति दललाई चुनाव चिन्ह दिन जरुरी छ निर्वाचनको सहज बाताबरण बनाउन जरुरी देखिन्छ । सरकार प्रमुख र राजनीतिक दल सबै जिम्मेवार बन्नु अहिलेको आबश्यकता पनि हो ।