बागलुङ, २५ चैत – गत साउन १० र ११ गते आएको बाढीले धेरै क्षति गरेको ढोरपाटन नगरपालिकाको छाल्हाल्न, गादीखोला, खानीखोरिया, चामिद्वार र ओख्रेनीका बाढी पीडितहरुलाई ढोरपाटन बुर्तिबाङ सेवा समाज दोहा कतारबाट प्राप्त रु. १ लाख ८० हजार राहत वितरण गरिएको छ ।
नेपाली कांग्रेस ग्राम उपसभापति धनबहादुर अदैको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा प्रमुख अतिथि ढोरपाटन बुर्तिबाङ सेवा समाज दोहा कतारका सस्थापक अध्यक्ष तथा जनसंपर्क समिति सदस्य दिपक कुमार अदैले राहत वितरण गर्दै विदेशमा रोजगारीमा गएका नेपालीहरुबाट संकलित रकम समाजले जिल्लाका दुःखी पीडितहरुका लागि सहयोग गर्दै आएको बताए । राहत वितरण कार्यक्रममा विशेष अतिथि समाजसेवी जीवन पुनको उपस्थिती रहेको थियो भने कार्यक्रमको सन्चालन केशव थापाले गरेका थिए ।
राहत वितरण कार्य ओख्रेनीदेखि शुरु भै छाल्हाल्न, गादीखोला, चामिद्वार,खानीखोरिया गरि फरक–फरक ठाउँमा संचालन गरि राहत वितरण गरिएको थियो । ७० घरपरिवारलाइ प्रत्येक घरधुरी बापत १५००को दरमा राहत वितरण गरिएको थियो । समाजले बाढीले पूर्ण रुपमा क्षति गरेको घट्टेखोला लघुजलविधुत आयोजना ओख्रेनीलाइ २० हजार, विश्वकर्मा मन्दिर ओख्रेनीलाइ १० हजार, रातो पहरा युवा क्लब कुदुमलाइ १० हजार,तोटके बराह युवा क्लब गादिखोलालाइ २० हजार,शसस्क्तिकरण आमासमुह ओख्रेनीलाइ १० हजार,खानीखोरिया आमासमूहलाइ १० हजार नगद सहयोग गरेको छ यो क्षेत्रको युवा क्लब र आमा समूह मिलेर त्यहाँको समाजमा बिभिन्न सहयोग गर्दै आएको छ । दोहा कतारमा स्थापित भएको उक्त सस्थाले यस भन्दा अगाडी बुर्तिवाङ सोरबोट आगलागी पीडितलाइ ४५ हजार, ३ नम्बर क्षेत्रको भूकम्प पीडितको लागि ६ लाख, भूकम्प पीडितको लागि नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा लाख, निसीभुजी जनता क्याम्पसलाई २२,२२२, कतारमा दुर्घटनामा पनि मृत्यु भएका सन्ते कामीको परिवारलाइ ४० हजार, कुदुममा ढाल बहादुर भण्डारीको घर जल्दा १० हजार, लामो समय कतारको हमाद हस्पिटलको कोमामा रहेका पार्बती थापाको श्रीमानको परिवारलाइ ४३ हजार सहयोग गरेको थियो ।
राहत वितरण टोलीलाई आमा समुहले बाजागाजा र फुलमालाले सम्मान गरेका थिए । राहत वितरण कार्यक्रममा आसन्न स्थानीय निकायको चुनावलाई लिएर चलेको चर्चामा अदैले भुजीखोलाको प्रमुखमा घोषणा गरेको स्मरण गराएका थिए ।
Previous Article२५ चैत २०७३, ढोरपाटन दैनिक
Next Article ‘संघीय संरचना अनुसारआर्थिक नीति आउने’