बागलुङ, २५ चैत – नेकपा माओवादी केन्द्रको ऐतिहासिक ताराखोला गाँउपालिका एकता भेला चैत्र २८ मा हुने भएको छ ।
माओवादी केन्द्रको उद्गम भुमि तथा १० बर्षे जनयुद्धको रणभुमि भनेर चिनिने साविक तारा ,अर्गल, हिल, अमुभुमी, हाल ताराखोला गाँउपालिका अन्तरगत माओवादी केन्द्रको एकता भेला हुने भएको हो ।
गाँउपालिका एकता भेला गाँउ नगर जाँउ माओवादी केन्द्रलाई विजयी गराउ भन्ने नाराको साथ यही चैत्र २८ गते तारा गाँउपालिका वडानम्बर ४ तारागाँउको नेपाल उच्च माध्यमिक विद्यालयको प्राङगरमा हुने ताराखोला ईन्चार्ज धनबहादुर विक हिमालले बताए ।
एकता भेलाको सम्बोधन नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य तथा पूर्वमन्त्री देब गुरुङ, नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य चन्द्रबहादुर बुढा सागरले साम्बोधन गर्ने बताईएको छ । कार्यक्रममा जनबादी कलाकार गायक झङकार बुढा जनकलाकार तथा लोक दोहोरी गायक विष्णु खत्री प्रेस सेन्टरका सचिव तथा कलाकार खगेन्द्र विश्वकर्मा लगाएतले सांङगीतिक प्रस्तुति राख्ने आयोजक समितिले बताएको छ ।
बुधबार अर्गलमा बसेको बैठकले सम्मेलन सम्पन्न गर्नको लागी प्रत्येक वडामा तयारी तथा प्रचार प्रसार संयोजक चयन गरेको छ ।
Previous Articleछालालाई घामबाट जोगाउने क्रिमहरु
Next Article घुम्टेको लेकमा लालीगुराँस महोत्सव