राजेशचन्द्र रा.भ.
नेपालमा सबै भन्दा कमजोर वकिल कुन हो भनेर प्रश्न सोध्ने हो भने जो कोहीले पनि सजिलोसँग यसको उतर दिन सक्छ त्यो हो सरकारी वकिल भनेर । हो नेपाल सरकारका महान्यायाधिवक्ता रमन कुमार श्रेष्ठले बागलुङ जिल्लामा नबनिर्मित जिल्ला सरकारी वकिल कार्यालय बागलुङको भवन उद्घाटन गर्दै सरकारी वकिल र प्रहरीको कारण धेरै सरकारबादी मुद्दा हार्ने गरेको उदाहरण प्रस्तुत गर्नु भएको थियो ।
अहिले आफु प्रधानमन्त्रीको कानुनी सल्लाहकार भएपछि धेरै कुराको महशुस भएको अहिलेको प्रमुख समस्या भनेको सरकारी वकिल र प्रहरी बिच समन्वयको अभाब नै हो सरकारबादी मुद्दामा दुबै चनाखो बनेर ठिक ढंगले मुद्दालाई उठाउन सके कुनै पनि मुद्दा अदालतमा पुगेर न हार्ने महान्यायाधिवक्ता रमन कुमारश्रेष्ठको भनाइ बाट पनि के कुरा स्पष्ट हुन्छ भने अहिले समस्या भनेको मुद्दामा भन्दा पनि सरकारको प्रमुख दुईवटा निकाय बिच कै राम्रो सम्बन्ध र समन्वय कै अभाव हो भन्ने कुरामा कुनै शँका छैन । सरकारले महान्यायाधिवक्ता कानुनी सल्लाहकार बनाउने तर सरकारले लिनुपर्ने कानुनी सल्लाह भने अर्को वकिल सँग लिने चलन रहेछ सरकारलाई जे जति सल्लाह दिनुपर्ने हुन्छ त्यो सबै दिने काम सरकारी वकिल कै हो आफु प्रधानमन्त्री प्रचण्डको कानुनी सल्लाहकार चयन भएपछि धेरै कुरा सुधार गर्न खोजे पनि केही कुरामा भने परिवर्तन ल्याउन सफल भएको कुरा समेत प्रस्तुत गर्नु भएको थियो ।
केही समय अगाडि काठमाडांै भन्सारबाट समातिएका ३३ केजि सुन र त्यसको कार्बाही प्रशँग पनि पहिला भन्दा फरक ढंगले अगाडि बढेको कारण प्रहरी एसपि सहित भन्सार कै कर्मचारीलाई कार्बाही भएको श्रेष्ठले नयाँ राम्रो कामको थालनी भएको कुरा समेत सुनाउनु भएको थियो ।
नेपालमा सबैभन्दा खतरनाक तन्त्र भने कै कर्मचारी तन्त्र भएको कारण देशमा धेरै काम अगाडि बढ्न नसकेको अहिले ३३ किलो सुन काण्ड बारे कर्मचारी कै कारण सुचना चुहिने काम भएपछि सुन तस्करिका ठुलो अपराधी भाग्न सफल भएको नेपाल प्रहरी कै अझ उच्च अधिकारी पक्राउ पर्नबाट बन्चित भएको महान्यायाधिवक्ता श्रेष्ठले सरकारी वकिल अहिले केही हदसम्म सफल हँुदै गएको हुँदा काम गर्ने बाताबरण राम्रो भए कुनै पनि मुद्दा सरकारले न हार्ने देखिन्छ । सरकारी वकिल र जिल्ला प्रहरी बिच राम्रो सम्पर्क र समन्वय कै अभाव छ त्यसलाई राम्रोसँग हल गरेर जान जरुरी देखिन्छ कुनै पनि सरकारबादी मुद्दा चलाउने शिलशिलामा मुद्दालाई कसरी उठाउने कसरी बलियो बनाउने भन्ने कुरालाई सरकारको दुबै निकाय चनाखो बन्न आवश्यक छ । अहिले सरकारि मुद्दा बलियो हुदाहुदै पनि कमजोर प्रस्तुतिको कारण हार्ने गरेको देखिन्छ । मुद्दा हारेपछि प्रहरीले सरकारि वकिललाई दोष दिने सरकारि वकिलले प्रहरीलाई दोष लगाउने चलन अझै सम्म कायम छ । नेपालमा पञ्चायतको अन्त्य भए पछि बहुदलीय ब्यबस्था आयो यसले पनि नेपाली जनताको माग सम्बोधन गर्न नसकेको भन्दै देशमा माओबादी जनयुद्ध शुरूवात भयो १० बर्ष सम्म सङघर्ष चलेपछि अहिले देशमा राजतन्त्रको अन्त्य हुनुका साथै देश गणतन्त्रमा प्रबेश गरेको पनि १० बर्ष बितिसक्दा समेत उहीँ पुरानो पारा नै कायम छ । जहाँ हेर्या त्यही भ्रष्टाचार छ नातावाद कृपाबाद झन भन्दम झन बढेर गएको छ । पहिला जस्तो लुकिछुपि हैन अहिले खुलेआम भ्रष्टाचार हुनथालेको छ । सामान्य भन्दा सामान्य कुरामा समेत राजनीति चल्छ अहिले कसैले कसैलाई नगन्ने चलन नै चलेको छ । ३३ केजि सुन तस्करी बारे अर्थ मन्त्री महराको नाम मुछिएपछि महराले पोखरामा पत्रकार सम्मेलन गरि सुन तस्करीमा आफुहरूको हात नरहेको आफुत खाली भुरा मात्र भएको माछा त अदृश्य रहेको कुरा बताउनुबाट पनि धेरै कुरा बुझ्न सजिलो भएको छ । अहिले नेपालमा जे जति भ्रष्टाचार हुने गरेको छ सबै राजनीति सँरक्षन कै आधारमा हुने गरेको छ राजनीतिमा अपराधी करण अपराधीको राजनीति करण भएको कारणले पनि नेपालमा चरी, घैटे जस्ता अपराधी सहजरूपमा राजनीतिमा प्रबेश गरेको देखिन्छ । राजनीति दलहरूले चुनाव आफुले जित्नको लागि गुण्डा प्रयोग गर्ने पैसा उठाउने लगायतका काम गर्ने गरेको कारणले पनि अहिले राजनीति झन भन्दा झन नराम्रो र धमिलो बन्दै गएको देखिन्छ ।
अहिले देशमा गणतन्त्र त खाली जनतालाई र बिदेशीलाई देखाउने नारा मात्रै भएको छ । अहिले सरकारले गर्ने राजनीति नियुक्ति देखि भागबन्डा कै कारणले पनि सबैभन्दा नराम्रो अहिले भएको देखिन्छ । राजदूत नियुक्ति प्रकरण होस् कि न्यायाधीश नियुक्ति नै किन नहोस अहिले सबै प्रकरणमा सरकार मात्रै होइन राजनीति दल नराम्रो सँग चुकेका छन् । कसैले पनि यसबाट अछुतो रहन सक्दैन ।
सबै काम कुरो जड पैसा भएको कारण पनि अहिले सबै पैसाको भरमा काम हुने गरेको छ । सरकार जाने मन्त्रीको काम देशमा बिकास भन्दा पनि जसरी भए पनि पैसा कमाउने आफ्नो मान्छेलाई राजनीति नियुक्ति दिने दिलाउने काम अहिले खुलमखुला हुने गरेको छ । अहिले न्यायाधीश नियुक्ति प्रकरण पनि नराम्रो सँग सडकमा छताछुल्ल भएर बाहिर आयो । अहिले न्यायाधीश हुन ३० लाख ४० लाख रकम बोकेर शक्ति केन्द्रमा बुझाउनु पर्ने भए पछि त्यस्तो ब्यक्तिले दिने न्याय कस्तो हुन्छ सबैले भन्न सक्छ । हो हामीले अहिले देखि नै नराम्रो कुरा र कुरीती छोड्दै जानुपर्छ राम्रो सँस्कृति समाउदै जानुपर्छ । पुरानो पन्चायति भन्दा पनि दलाल भ्रष्टाचारी प्रबृत्ति बोकेका जुन कर्मचारी तन्त्र छ त्यसलाई अब जरादेखि नै उखेलेर नफाल्दा सम्म नेपाली जनताले सच्चा गणतन्त्र आएको महशुस गर्न पाउने छैन ।
हामीले साच्चै देशलाई राम्रो बनाउने हो भने जनता लाई सुख सुबिधा दिने हो भने आजबाट नै सबै शक्ति मिलेर अगाडि बढ्न जरूरी छ । अहिले सरकारी वकिल र प्रहरी बिच जुन समस्या देखिएको छ त्यसलाई सरोकारवाला निकाय बसेर मिलाउन जरुरी छ । सरकारले जजसलाई जे जे जिम्मेवारी दिएको छ त्यसको पालना गराउन जरुरी छ । अहिले जिल्ला सरकारी वकिल कार्यालय बागलुङले सुबिधासम्पन्न भबन पाउन सफल भएको छ भबन मात्रै सुबिधाजन्य भएर हँुदैन काम गर्ने मानसिकता पनि सुबिधाजन्य शक्तिशाली बनाउन जरुरी देखिन्छ । फुटबल खेल कति राम्रो खेल्छ भन्ने कुरा उसले विपक्षीलाई गोल हानेर हराउन सक्छ कि सक्दैन भन्ने कुरा प्रमुख हो त्यहीँ भएर सरकारी वकिल प्रहरी मिलेर गएमा गोल हान्ने कुरामा कुनै शँका छैन ।