बागलुङ, १६ चैत – एक युवतीलाई मंगलबार बलात्कार गरेको आरोपमा तमान गाउँपालिकाका सचिव कमलप्रसाद भुर्तेल पक्राउ परेका छन् ।मदिरा सेवन गरी रातको १० बजे स्थानीय १८ वर्षीय युवतीलाई करणी गर्दै गरेको स्थानीयले फेला पारेपछि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको स्थानीय रामजी थापाले बताए । मदिराले मातेका सचिव भुर्तेलले युवतीको कोठामा छिरेर करणी गरेको गाउँलेले जानकारी पाएपछि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको उनले बताए ।
सचिव भुर्तेल अहिले बुर्तिवाङ प्रहरीको नियन्त्रणमा छन् भने पीडित युवतीलाई पनि प्रहरीको सुरक्षामा राखिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक कृष्ण रानाले बताए । स्थानीय आमा समूहको सहयोगमा प्रहरी कार्यालयमा बुधबार जबरजस्ती करणीको मुद्दा दायर गरिएको उनले जानकारी दिए ।
दुवैजनासँग प्रहरीले गहन तवरले अनुसन्धान गरिरहेको प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले बताए । केही दिनमा सत्यतथ्य बाहिर आउने उनले जानकारी दिए । ‘हामी अनुसन्धानकै चरणमा छौं,’ उनले भने, ‘सत्यतत्य बाहिर आउन अझै केही दिन लाग्छ ।