बागलुङ, १६ चैत – नेकपा एमाले वार्ड कमिटि बा.न.पा.–९ तित्याङमा मंगलबार वडा भेला तथा प्रशिक्षण कार्याक्रम संम्पन्न भएको छ । भेलामा बोल्दै नेकपा एमाले बागलुङ जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले संविधान संशोधनका नाममा ल्याईएका प्रस्ताव कुनै पनि हालत स्वीकार्य नहुने बताए ।
संविधान संशोधन राष्ट्रिय हित विपरित र मुलुकलाई राष्ट्रिय संकटमा पार्ने भएको भन्दै अध्यक्ष सापकोटाले यसको विरुद्ध नेकपा एमालेले जस्तो कदम पनि चाल्न सक्ने तर स्वीकार नगर्नेमा जोड दिए । सापकोटाले राष्ट्रियता, विकास निर्माण, जनजिविका तथा समृद्धिका लागि एमालेको अपरिहार्यता भएकाले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउन सम्पुर्ण पार्टी कार्यकर्तालाई आह्वान गरे ।
भेलामा नेकपा एमाले बागलुङका प्रचार बिभाग प्रमुख धनबहादुर परियार, जिल्ला सचिवालय सदस्य गणेश थापा, जिल्ला सदस्य तथा मुक्ति समाजका बागलुङका इन्चार्ज सुजन परियार, स्वाथ्यकर्मी संघका केन्द्रिय सदस्य नारायण पौडेल, पूर्व जिल्ला सदस्य प्रमिला विक, पूर्व शिक्षक संगठनका जिल्ला अध्यक्ष अन्नत खड्का, अनेरास्ववियु बागलुङका अध्यक्ष शेखर खडका र युवाको तर्फबाट बावुलाल खड्का लगायतले बोलेका थिए ।
कार्यक्रम एमाले तित्याङ वडा अध्यक्ष रुद्रबहादुर खड्काको अध्यक्षता, उपाध्यक्ष दयाराम शर्माको स्वागत र सचिव टिकाराम थापाको संचालनमा सम्पन्न भएको थियो । सोही अवसरमा रुद्र बहादुर खड्काको संयोजकत्वमा ३ सय १ निर्वाचन परिचालन कमिटि, नविन खत्रीको संयोजकत्वमा २५ सदस्यीय युवा संघ र प्रेम बहादुर विकको संयोजकत्वमा ११ सदस्यीय नेपाल उत्पीडित जातिय मुक्ति समाज गठन गरिएको नेकपा एमाले बागलुङले जनाएको छ ।
यसैगरी, नेकपा एमाले तमान गाउँपालिकामा मंगलबार भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेकपा एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठकले देशको राष्ट्रियता जोगाउन र देशलाई निकास र विकासको बाटोमा मार्ग निर्देशन गर्न नेकपा एमालेले मात्र गर्न सक्ने दाबी गरे । कार्यक्रममा नेकपा एमाले बागलुङका उपसचिव विष्णु भुषाल, जिल्ला सदस्य लक्ष्मुण पुन लगायतले बोलेका थिए ।
सोही अवसरमा उदिम छन्त्यालको संयोजकत्वमा २ सय ५१ निर्वाचन परिचालन कमिटि गठन गरिएको प्रचार बिभाग प्रमुख धनबहादुर परियारले जानकारी दिए । कार्यक्रम जिल्ला सदस्य उदिम छन्त्यालको अध्यक्षता, जिल्ला सदस्य लिलबहादुर घर्तिको स्वागत र केशर छन्त्यालको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleसिट क्षमताभन्दा बढी चलाउन रोक
Next Article म्यादी प्रहरीमा दरखास्त दिनेको लहर