पर्वत, ११ चैत – नेकपा एमालेका उपाध्यक्ष एब पुर्वउप्रधानमन्त्री बामदेव गौतमले मुलुकमा हुने तीन तहकै निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओबादी) केन्द्रलाई एमालेले एकैपटक पराजित गर्ने दाबी गरेका छन । नेकपा(एमाले) पर्वतले सञ्चालन गरेको चार महिने जनपरिचालन अभियानको समापन तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गौतमले कांग्रेस र माओबादी केन्द्र मिलेर चुनाबमा प्रतिष्पर्धा गर्न आएपछि एकै पटक पराजित गर्ने दाबी गरेका हुन ।
‘कांग्रेस र माओबादी केन्द्र मिलेर पनि एमालेलाई पराजित गर्न सक्दैनन मात्रै प्रतिष्पर्धा मात्रै गर्ने हुन’ उनले भने ‘दुई वटै दल मिलेर चुनाबमा आए पनि सजिलै संग पर्छान सक्छौ, एमालेमा त्यो तागत छ’ उनले दुई वटा प्रतिष्पर्धीलाई एकै पटक पराजित गर्नुमा ने जितको मिठो अनुभूति हुने बताए । ‘सुनारको सय चोट लोहारको एक चोट भने जसरी पराजित गरि देखाईदिन्छौ’ उनले आगामी तीन वटै तहको निर्वाचन पछि एमालेका सरकार स्थानिय , प्रदेश र केन्द्रमा पनि निर्माण भएरै छाड्ने बताए ।
उनले नेकपा(एमाले)को नेतृत्वमा सरकार बनेपछि बृद्धाबृद्धालाई मासिक ५ हजार सामाजिक सुरक्षा भत्ता बितरण गर्ने आश्वासन दिएका छन । आगामी निर्वाचन पछि बन्ने सरकारले सामाजिक सुरक्षाभत्तालाई ३ सय प्रतिशत बृद्धि गरि मासिक ५ हजार बृद्धभत्ता पु¥याउने गौतमले बताए । बाटोघाटो पुल पुलेसाको काम पुंजीबादीहरुले पनि गर्ने तर सामाजिक सुरक्षाको ग्यारेण्टी गर्ने काम समाजबादीहरुले मात्रै गर्न सक्ने बताउँदै उपाध्यतक्ष गौतमले भने ‘एमालेले आफ्नो नेतृत्वमा पाँच बर्ष सरकार चलाएपछि मुलुक पुर्ण रुपमा समाजबादमा प्रबेश गराएर छाड्छ’ उनले एमालेले चुम्बकबाट चल्ने रेड पनि कुदाउने योजना बनाएको बताए ।
भेलालाई सम्बोधन गर्दै एमालेका पोलिटब्युरो सदस्य गणेश तिमिल्सीनाले एमालेका कार्यकर्ताहरु एकजुट भएर लाग्न निर्देशन दिए । आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउन तथा एमालेका नेता कार्यकर्ताले चुनाब नहार्ने वातावरण निर्माणका लागि कार्यकर्ताहरुले एकमना एकताका साथ निर्वाचनमा होमिनुको बिकल्प नभएको उनको भनाई थियो ।
‘एमालेले २०५४ को स्थानिय निर्वाचनमा जस्तै अभूतपुर्व सफलता हासिल गर्न जरुरी छ’ उनले भने ‘यस्तो जीत निकाल्नका लागि पार्टीमा आन्तरिक एकता सहित निर्वाचनमा होमिनुको बिकल्प छैन’ सत्तामा हुने पार्टीमा प्रबेश गर्नेको लहर हुनुपर्नेमा पछिल्लो समय एमालेमा प्रबेश गर्नेहरुको लहर देखिनुले पनि जनमत एमालेको पक्षमा र एमालेको एजेण्डको पक्षमा भएको स्पष्ट भैसकेको उनले दोहो¥याए ।
अखण्ड पार्टीका केन्द्रिय सदस्य सहित तीन जिल्लाको पार्टी एमालेमा बिलय
स्थानिय निर्वाचन नजिकिएको बेला अखण्ड नेपाल पार्टीका केन्द्रिय सदस्य सहित तीन जिल्लाको पार्टी एमालेमा बिलय भएको छ । अखण्ड नेपाल पार्टीका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला अध्यक्ष नरबहादुर कार्की सहित पर्वत, बागलुङ्ग र म्याग्दीको सिंगो पार्टी एमालेमा बिलय भएको हो । एमाले प्रबेश गर्नेहरुमा म्याग्दीका अध्यक्ष सन्तोष बोगटी, पर्वतका उपाध्यक्ष तथा अघिल्लो ंबिधानसभामा समानुपातिक उमेदवार डिलबहादुर बरुवाल लगयत जिल्ला र गाउँ तहका सबै कमिटी एमालेमा प्रबेश गरेका छन ।
२०४६ सालमा बिद्यार्थी आन्दोलनको नेतृत्व गरेका लोकप्रिय नेता जीतबहादुर पुन पनि एमालेमा प्रबेश गरेका छन । एमालेमा प्रबेश गर्नेहरुमा संबिधानसभामा राप्रपाका तर्फबाट उमेदवार भएका रामबहादुर बिक पनि रहेका छन भने नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तारा थापा पनि एमालेमा प्रबेश गरेकी छन । यसैगरी राप्रपाका नेता तथा धौलागिरी यातयात बस ब्यबसायी सञ्चालक समितिका पुर्ब अध्यक्ष रामबहादुर गुरुङ्ग पनि एमालेमा प्रबेश गरेका छन ।
नेपाली कांग्रेस आर्थरका युवा नेता धनबहादुर क्षेत्री सहितका कार्यकर्ताहरु पनि एमालेमा प्रबेश गरेका छन । नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री बामदेब गौतमले पागर्टी प्रबेश गर्नेहरुलाई टिका लगाएर र एमाले पोलिटब्युरो सदस्य गणेश तिमिल्सीनाले खाता ओढाएर स्वागत गरेका थिए । नेकपा एमालेमा कांग्रेस, राप्रपा र माओवादी सहित ३ सय भन्दा बढीको संख्याका कार्यकर्ताहरु नेकपा एमालेमा पार्टी प्रवेश गरेको नेकपा एमाले पर्वतका सचिब पदमपाणी शर्माले जानकारी गराएका थिए ।
एमालेमा अखण्ड नेपाल लगायतका दलका नेता तथा कार्यकर्ता प्रबेश गरेपछि जलजला गाउँपालिकामा एमाले सबैभन्दा बलियो शक्ति बनेको छ भने पहिलेको क्षेत्र नं १ मा समेत निर्णायक मत एमालेको पक्षमा प्रबेश गरेको छ । यसले आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउन पार्टी प्रबेशले महत्वपुर्ण काम गरेको एमाले पर्वतका अध्यक्ष पदम गिरीले बताए ।