म्याग्दी, ११ चैत – आन्द्रामा क्यान्सर भएपछि काठमाण्डौ क्यान्सर सेन्टर अस्पताल भक्तपुरमा उपचार गराइरहेकी घतानकी बालकुमारी चोखालको उपचारमा आर्थिक अभाव भएपछि सुरु भएको अभियानमा २ लाख ५० हजार संकलन भएको छ ।
काउँलेगौडा यूवा क्लवका क्याप्टेनज सुजन चोखालकी आमा बालकुमारीको अभियानमा स्वदेश तथा विदेशबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको अभियानका अभियानका संयोजक एवम् क्लवका संस्थापक अध्यक्ष तेजेन्द्र बानियाँले बताए । बिहिबार अस्टियामा रहेका काउँलेगौडा स्थायी घरभई हाल पर्वत बगर बस्ने खिमप्रसादकी श्रीमति हिरा श्रेष्ठले ५ हजार ५ रुपैयाँ सहयोग गरेकी छिन् ।
हरेक महिना सामाजिक र परोपकारी अभियानमा सहयोग गदैं आएकी श्रेष्ठले आर्थिक अवस्था कमजोर भएर उपचारमा देखिएको समस्यालाई मध्यनजर गरेर आर्थिक सहयोग गरेको बताइन् । श्रेष्ठले यसअगाडी समेत बालगृहका बालबालिका, बैसरी, बेगखोला बाढी प्रभावितलाई समेत राहत सहयोग गरेकी थिइन ।
राष्ट्रिय भलिबल खेलाडी एवम् क्लवका क्याप्टेन चोखालको आर्थिक अवस्था समेत कमजोर रहेका कारण आमाको उपचारमा समस्या भएको भन्दै खेलाडीको सक्रियतामा आर्थिक संकलन अभियान सुरु भएको थियो ।
बेनीमा भएको भलिबल प्रतियोगिताको पुरस्कारबाट २५ हजार आर्थिक सहयोग गरेर अभियानको सुरुवात गरिएको थियो । आर्थिक संकलन अभियान जारी रहेको क्लवले जनाएको छ । पहिलो चरणको रकम बैशाखमा हस्तान्तरण गरिने छ ।