बागलुङ, २ चैत – यसवर्षको हात्तिपाईले रोग निवारण अभियान बागलुङ जिल्लामा पनि यहि चैत्र ५ गतेदेखी शुरु हुने भएको छ । चैत ५ गतेदेखि ७ गते सम्म संचालन हुने अभियानको पूर्व सन्ध्यामा आज जिल्लाका सरोकारवालाहरुलाई हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा जिल्लाका सरकारी कार्यालयका कर्मचारी र पत्रकारहरुलाई औषधी खुवाएर अभियानका वारेमा जानकारी गराइएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी धुर्व गिरी, जिल्ला प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ्ग, धौलागिरी अंचल अस्पतालका डाक्टर सागरकुमार राजभण्डारी लगायत बिभिन्न सघंसस्था स्वास्थ्यकर्मी र पत्रकारको टोलीले औषधी सेवन गरेका थिए । सर्वसाधरणका लागि यहि चैत्र ५ गते देखी ७ गते सम्म अभियान संचालन गरिने बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपकप्रसाद तिवारीले जानकारी दिए । चैत ५ कजिल्लाको ७ सय ९७ गाउपालिका र पुरानो नगरपालिका अन्र्तगतका ३५ स्थानमा केन्द्र राखेर औषधी खुवाउने कार्यक्रम रहेको तथा ६ र ७ गते छुटेकाहरुलाई घरघरमै गएर औषधी खुवाउने कार्यक्रम रहेको धौलागिरी अंचल अस्पतालले जनाएको छ । जिल्लामा २ लाख ५७ हजारलाई हात्तिपाईले रोग बिरुद्धको औषधी सेवन गराउने लक्ष्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । हात्तिपाईले रोग बिरुद्धको औषधी सेवन कार्यलाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि जिल्लामा २ हजार १ सय १३ जना स्वास्थ्यकर्मी र स्वयंसेवकको टोली परिचालन गरिने जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनालले बताए । हातिपाईले रोगको उपचार र रोकथामका लागि औषधी सेवन अभियान अनिबार्य रहेको डाक्टर राजभण्डारीले बताउनुभयो । हात्तीपाइले रोग बिरुद्धको औषधी दिर्घरोगी, गर्भवतीले भने सेवन गर्न नहुने भण्डारीले बताए । कार्यक्रम हात्तिपाईले रोग बिरुद्धको अभियानका अध्यक्ष एबं प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको अध्यक्षता र बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीको स्वागत मन्तब्य र तथ्याकं अधिकृत घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleघरमुलीको मृत्यु पछि विचल्ली परिवारलाई नगद सहयोग
Next Article सेवा प्रवाहमा सहज