बागलुङ, ३० फागुन – नेपाल शिक्षक संघ बागलुङको अध्यक्षमा उमाकान्त शर्मा सर्वसम्मत रुपमा चयन भएका छन् । नेपाल शिक्षक संघका पूर्व अध्यक्ष एवं पूर्व केन्द्रिय सदस्य इन्द्रराज पौडेलको संयोजकत्वमा गठित ८ सदस्यीय टोलीको पहलमा निरन्तरको छलफल पछि शर्मा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । शर्मा सातौ जिल्ला अधिवेशनमा निवर्तमान अध्यक्ष सागर खरेलसँग जम्मा २ मत अन्तरले पराजित भएका थिए । समितिको उपाध्यक्षमा डिल्लीराज अर्याल, महिला उपाध्यक्ष सिता शर्मा, सचिवमा हेमराज गैरै, सह–सचिवमा मदन कार्की, सह–सचिव (समावेशी)मा तेजेन्द्र घर्ती, कविराज बिक, सहसचिव (महिला) विष्णु मल्ल, अर्थ सचिव लक्ष्मीकान्त पौडेल राजेन्द्र, अर्थ सहसचिव निर्मा श्रीस चयन भएका छन् । सदस्यहरु खुल्ला तर्फ विपिन कार्की, भीमप्रसाद सापकोटा, यामबहादुर कायत, हरिनारायण पौडेल चयन भएकाछन् महिला सदस्यहरुमा धनकुमारी भण्डारी, सुमित्रा कुमारी शर्मा, पवित्रा थापा केसी चयन भएका छन् । यस्तै महिला प्रदेश सदस्यहरुमा वेम कुमारी थापा, गिताकुमारी घिमिरे, किमकुमारी छन्त्याल, प्रदेश महाधिवेशन प्रतिनिधीमा रेशम जिसी, नन्दलाल सापकोटा, भानु आचार्य, थानबहादुर नेपाली, जगबहादुर छन्त्याल, कुलबहादुर घर्ती मगर रहेका छन् । संघीय महाधिवेशन प्रतिनिधीमा गोपालकुमार शर्मा, सागर खरेल, देवेन्द्र खत्री, विष्णु सापकोटा, हरि लामिछाने, धनश्याम शर्मा रहेका छन् । संघीय महिला प्रतिनिधीमा ज्ञानु श्रीस शर्मा, कल्पना खरेल, हुमा रिजाल चयन हुनु भएको छ । स्थानीय कार्यसमितीमा माधवप्रसाद उपाध्याय, टेकनारायण आचार्य, हरिप्रसाद चालिसे, निमबहादुर जिसी, जगुपति कडेँल, भीम रोका, प्रेमबहादुर खत्री, दिननाथ पौडेल, सत्यनारायण सिंह, मानबहादुर केसी चयन भएका छन् । भुवानीप्रसाद कडेँलको नेतृत्वमा नवनिर्मित कार्यसमितीलाई सुझाव दिन र नेपाल ट्रेड युनियनमा सहभागी हुन १४ सदस्यीय कार्यसमिती समेत गठन भएको छ । सो अवसरमा नेपाली कांग्रेस पार्टी सभापति दिपेन्द्रबहादुर थापा, नेपाल शिक्षक संघका निवर्तमान अध्यक्ष सागर खरेल, निर्वाचन अधिकृत दुर्गादत्त आचार्य, सर्वसम्मत समन्वयन समिती संयोजक इन्द्रराज पौडेल लगायतले नयाँ कार्यसमितिलाइ बधाइ तथा शुभकामना व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष उमाकान्त शर्माले शिक्षाको गुणस्तर अभिवृद्धि र शिक्षकहरुको हक हितको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सो अवसरमा नयाँ कार्यसमितीलाई अविर, खाँदा सहित बधाइ तथा सम्मान समेत गरिएको थियो ।
यस्तै नेपाल शिक्षक संघ म्याग्दीको आठौं जिल्ला अधिवेशन आइतवार मध्यरातमा सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट शिक्षक संघ म्याग्दीको अध्यक्षमा दुर्गाराम सुवेदी निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार दीपक श्रेष्ठलाई ८ मतले पछाडी पार्दै सुवेदी विजयी भएका हुन ।
सुवेदीले १ सय ३८ मत र श्रेष्ठले १ सय ३० मत प्राप्त गरेको निर्वाचन अधिकृत रेखाकौशल रेग्मीले जानकारी दिए ।
त्यसैगरी ६ जनाप्रतिष्पर्धी रहेको सचिव पदमा ७३ मत प्राप्त गरी गजेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नवराज शर्माले ७० मत प्राप्त गरेका छन्भने अर्थ सचिव पदमा १२३ मत प्राप्त गरी खेमराज शर्मा विजीय भएका छन् । शर्माका निकटतम प्रतिस्पर्धी भीमप्रसाद गौतम (जीवन) ले ९१ मत प्राप्त गरेका छन् । त्यस्तै सहसचिवमा १२२ मत प्राप्त गरी रामचन्द्र पौडेल निर्वाचित भएका छन् । तीन पदका लागि भएको संघीय महाधिवेशन प्रतिनिधिमा निवर्तमान अध्यक्ष केशवप्रसाद रेग्मी, कल्याण सुवेदी र गिरीप्रसाद छन्त्याल निर्वाचित भएका छन् । उपाध्यक्षमा नगेन्द्रवहादुर केसी र महिला उपाध्यक्षमा जमुनाकुमारी रोका निर्विरोध निर्वाचित भएका छन् । सहसचिव महिलातर्फ भीमकुमारी सुवेदी,अर्थ सहसचिवमा पदमवहादुर केसी, संघीय महाधिवेशन प्रतिनिधि महिलातर्फ सरस्वती शर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै प्रदेश अधिवेशनतर्फ बोधहरी सुवेदी, विजय सुवेदी, बद्रीप्रसाद शर्मा, शोभा हमाल मल्ल र शान्ता सुवेदी निर्विरोध चयन भएका छन् । त्यस्तै सदस्यतर्फ तारादेवी श्रीष, भगवती शर्मा, सावित्री बरुवाल, पुष्कर शर्मा, हेमवहादुर जिसी, चन्द्रमान छन्त्याल र नविन भट्टराई निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनको पूर्व सूचना तथा संचार मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले उद्घाटन गरेका थिए ।
Previous Articleबहुविवाहको आरोपमा बेहुला बेहुली पक्राउ
Next Article ३० फागुन २०७३, ढोरपाटन दैनिक