राजेशचन्द्र रा.भ.
‘महिला सम्मानको आधार–सीपयुक्त हात र स्वरोजगार’ ‘बदलिदो परिवेशमा कामकाजी महिला, सन २०३० सम्ममा बराबरी पाईला’ भन्ने नाराका साथ १०७ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवश महिला संघ संगठनहरुको आयोजनामा बागलुङ सदरमुकाममा पनि औपचारिक कार्यक्रम गरि मनाइयो ।यसपालिको नारा सुन्दाखेरी अब नेपालमा महिला अधिकार सबैको हातहातमा आइसक्यो कि जस्तो महशुस हुन्छ ।
साच्चै हामीले निषपक्ष भएर कुरा गर्ने हो भने अन्य देशको तुलनामा नेपाल महिला अधिकार राम्रो मान्न सकिन्छ ।अहिले महिला दिबस रास्ट्रिय होइन कि अन्तराष्ट्रिय मनाउन गै रहेको छौ । अहिले सबैको ध्यान यहीँ अन्तराष्ट्रिय श्रमिक महिला दिबस मै केन्द्रित छ । अहिले हामी कहाँ भएको महिला संघ संगठन हरूलाई भ्याइनभ्याई छ यही दिबश मनाउन महिलाको सम्मान सिपयुक्त हात र स्वरोजगार भन्ने यस बर्षको नारा साच्चिकै मन छुने खालकै छ ।
साच्चै नारा ल्याउनु मात्रै प्रमुख कुरा होइन त्यसलाई ब्यबहारमा उतार्नु प्रमुख कुरा हो हाम्रो जस्तो देशमा महिलालाई स्वरोजगार बनाउन हामीले के कस्तो भुमिका खेल्नुपर्ने हो यस नारालाई सार्थक बनाउन । सन् २०३० सम्म सबै कुरामा बराबरी बनाउने जुन लक्ष्य राखिएको छ । साच्चै यसलाई पूरा गर्ने कार्यक्रम के हो कसरी त्यो लक्ष्य हासिल गर्न सकिन्छ त भन्ने थोस योजना समेत सँगसँगै ल्याउन जरुरी छ । हैन भने खाली कुरा गरेर मात्र हामीले लक्ष्य फेला पार्न सक्छौ त अबश्य पनि सकिदैन । हुन त नेपालमा धेरै दिबस मनाउने गरिन्छ यस्तैमा अन्तराष्ट्रिय श्रमिक महिला दिबस पनि पर्ने गर्छ बर्षमा एक दिन मनाउने यस्तो दिबस के साच्चिकै प्रभाकारी हुन सक्छ कि सक्दैन सबैभन्दा बिचार गर्नुपर्ने बिषय यही हो ।
हुन त अहिले सबैभन्दा बढी महिला अधिकारको बिषयमा बहस पैरवी हुने गर्छ । कोही–कोही भन्दा कम छैनन् अहिले भाषण गर्ने सवालमा गाउँ देखि शहर हँुदै रास्ट्रिय मात्रै कहाँ हो र अन्तराष्ट्रिय सम्मका महिला अधिकार कै कुराले अहिले हाम्रो पत्रपत्रिकामा खबर लेख सबै भरिएका छन् । नेपालीमा एउटा उखान छ ‘दिनभरि करायो दक्षिणा हरायो’ भने झै बर्षमा एक दिन अन्तराष्ट्रिय नारी दिबस मनाउने अनि ३६४ दिन फेरि चुपचाप बस्ने कारणले पनि यो सबै कुरामात्र सिमित हुन पुगेको छ ।
नेपालमा जनसंख्याको हिसाबले कुरा गर्ने हो भने आधा भन्दा बढी जनसंख्या महिला कै छ तर अधिकारको कुरा गर्दा ३३ प्रतिशतबाट अहिले ५० प्रतिशत नै हुनुपर्छ भन्ने बिषयमा समेत बहश नभएको होइन त्यो पनि खुला रूपमा भै रहेको देखिन्छ । पहिलाको तुलनामा कुरा गर्ने हो भने अहिले प्रत्येक क्षेत्रमा महिला प्रमुख स्थानमा पुग्न सफल देखिन्छ सभामुख ओन्सरी घर्ती, प्रधानन्यायाधीश शुशिला कार्की, राष्ट्रपति बिद्यादेबि भण्डारी पुगेर महिलाहरू पनि कम छैनन् है भनेर देखाउन सफल देखिन्छ ।
अहिले नेपाल उद्योग बाणिज्य महासंघको आगामि महिनामा हुने महाधिवेशनबाट अध्यक्षमा भबानी राणा अध्यक्ष हुने निश्चित भै सकेको छ । यसलाई सकारात्मक रूपमा लिन जरुरी छ । अहिले देशको प्रमुख निकायमा महिलाको सम्मानजनक उपस्थिति हेर्दा खेरी यसलाई नेपालका महिलाको लागि राम्रो अबस्था मान्न सकिन्छ । अहिले प्रत्येक ठाउँमा महिलालाई सम्मान जनक पदमा राख्नुपर्ने बाध्यकारी ब्यबस्था भएको कारणले पनि अहिले राजनीति पार्टी देखि संघ संस्थाहरू सबैमा महिलाले स्थान पाएको देखिन्छ । तर अझै पनि महिला सहभागीता मात्रै बढी देखिन्छ खास हस्तक्षेपकारी भुमिकामा भने पहुँच पुगेको देखिदैन । बर्षको एक पटक मात्रै महिला अधिकारको कुरा गरेर समय जाने गरेको देखिन्छ यसलाई एउटा आन्दोलन कै रूपमा लैजान सकेमात्र महिला मुक्ति हुने छ हैन भने ठूलो तारे होटल सदरमुकाममा केही ताथा बाठा महिला जम्मा भएर दुई चार वटा भाषण दिदैमा केही परिवर्तन हुने वाला भने छैन ।
नेपालको महिला आन्दोलनको भाबि रूप रेखा के कस्तो हुने सबै शोषित पीडित महिला दिदीबहिनीहरूको साझा मुद्दामा यसले आवाज उठाउन सक्ने कि नसक्ने भन्ने प्रमुख बिषय हो । अहिले पनि महिला आन्दोलनले गतिलिन नसक्नुको कारण पनि सतही कार्यक्रमकै कारण हो । अघि पछि आफ्नो मुद्दा भन्दा पनि राजनीति दलकै पछाडि लाग्ने अनि बर्षमा एक दिन मात्रै अन्तराष्ट्रिय महिला दिबस संयुक्त रूपमा मनाएर केही अर्थ हुन सक्छ जस्तो लाग्दैन ।
अहिले पनि महिला हिँसाको घटनाले नयाँ नयाँ रूप लिइरहेको देखिन्छ । कागजी रूपमा हिँसा कम भएको प्रगति प्रतिबेदन देखिए पनि वास्तविक रूपमा भने त्यो भएको छैन । दिनहुँ जसो नेपाली चेलीबेटी बलात्कार हुने हत्या हुने घटना अहिले पनि बिद्यमान छ । प्रहरी प्रशासन समक्ष अहिले पनि घटनाको बिरोधमा उजुरी दर्ता समेत हुन पाउँदैन केही गरि मुद्धा दर्ता भै हाले पनि त्यसलाई समेत मिलोमतोमा मिलाउने काम हुने भएको हँुदा पनि महिला हिँसाको घटना झन भन्दा झन बढेर गै रहेको देखिन्छ । सबै कुरा पैसाको भरमा छिनोफानो हुने भएको कारणले पनि समाजमा पैसाको भरमा जे पनि गर्ने प्रबृत्ति कै कारणले गर्दा आज झन भन्दा झन समस्या थपिन पुगेको छ ।
आज भन्दा दुई बर्ष अगाडि तिजको समयमा एकजना चेली रूपा गौतमको बिच सडकमा हत्या भयो त्यो केस समेत अहिलेसम्म खुल्न सकेको छैन । प्रहरी प्रशासनले रूपाको हत्यारालाई अझैसम्म पत्ता लगाउन सकेको छैन । दाइजोको नाममा अरू जातीय नाममा समेत नेपाली चेलीबेटीले दुख पाइरहेका छन् त्यो बारे महिला अधिकार कर्मिबाट आबाज उठे पनि समस्याको हल भने भएको छैन । अहिले हामीले १०७ औ अन्तर्रा्ष्ट्रिय महिला श्रमिक दिबस मनाइ रहदा साच्चै महिला श्रमिकको अबस्थामा के कति परिवर्तन भयो भन्ने बारे वास्तविक कुरा बाहिर ल्याउन सके मात्रै दिबस मनाउनुको अर्थ रहन्छ । साच्चै हामीले नेपालमा धेरै दिबस र पर्व मनाउछौ तर त्यो मनाउनुको बास्तबिता के भयो त भन्ने नै हो । देशमा राणा शासनको अन्त पँचायतको अन्त बहुदलीय ब्यबस्था हुदै अहिले गणतन्त्र सम्म आइपुगेको छ राजनीतिले धेरै फड्को मारिसकेको छ तर हाम्रो चिन्तन उहीँ पुरानो छ सामन्ती मानसिकता बाट हामी पनि माथि उठ्न सकेका छैनौ हामीले पनि परिवर्तन लाई बुझ्न जरुरी छ महिला आन्दोलनलाई अगाडि बढाउन सके मात्रै शोषित पिडित महिलाको समस्या समाधान हुने छ । महिलाले अधिकार मात्रै खोजेर पुग्दैन आफुले गर्नुपर्ने कर्तव्य पनि पूरा गर्न जरुरी छ अहिले खाली अधिकारको मात्रै कुरा गर्ने तर कर्तव्यबोध नगर्ने पनि धेरै भेटिएका छन् यसलाई पनि सँगसँगै लैजान जरुरी छ । बागलुङको सन्दर्भमा कुरा गर्दा जिल्ला प्रहरी कार्यालय भित्र महिला प्रहरी सेलको छुट्टै भबन महिला प्रहरी भएको कारणले पनि घरेलुु हिँसा सामाजिक हिँसा बाट पिडित महिलाले आफ्नो कथा ब्यथा खुलेर भन्न सक्ने बाताबरण बनेको छ बागलुङ जिल्लामा क्रियाशील महिला अधिकार कर्मि र सँघ सँस्थाहरू लाई सबैले राम्रो मानेका छन् । अब भएको अधिकारलाई सँस्थागत गर्दै बाकी अधिकारको लागि सबै एकजुट भएर अगाडि बढ्न सके मात्रै वास्तविक रूपमा श्रमिक महिलाले खोजेको कुरा पूरा हुनेछ ।