बागलुङ, १३ भदौ – बिद्यार्थी संख्या कम भएपछि मर्जको सुचीमा परेको नरेठाँटीको एक बिद्यालय प्रयोग बिहिन भएको छ ।
२०७१ सालमा बिद्यार्थी संख्या कम भएको भन्दै जिल्ला शिक्षा कार्यालय बागलुङले नरेठाँटीको कालीलेख प्राथमिक बिद्यालयलाई मर्ज गरिएको भन्दै पत्र पठाएपछि बिद्यालयमा पठनपाठन बन्द भएको हो । प्राथमिक तहमा स्थानियका करिब १० जना बिद्यार्थी नभए मर्ज गर्ने सरकारी निति भएकाले बिद्यालयमा ७ जना बिद्यार्थी भएपछि बिद्यालय बन्द भएको स्थानियको भनाई छ ।
विद्यालयका प्रध्यानाध्यापक बिमला घिमिरेलाई विद्यालय मर्ज भएसँगै काजमा पार्वति मावि हरिचौरमा सरुवा गरिएको जिल्ला शिक्षा कार्यालय बागलुङले जनाएको छ । नरेठाँटी गाबिसको दुर्गम गाउँ भएकाले वर्षेनि स्थानिय बसाई सर्न जान थालेपछि विद्यार्थी संख्या कम भएको घिमिरेको भनाई छ ।
२०६०, ०६१ सालमा ९५ जना बिद्यार्थी रहेको उक्त बिद्यालयमा २०७१ सालमा हवतै घटेर ६ मा झरेको हो । प्रध्यानाध्यापक घिमिरेले दिएको जानकारी अनुसार, जिल्ला शिक्षा कार्यालय बागलुङले बिद्यालयमा ११ जना बिद्यार्थी पुगे पुनः सञ्चालन गर्न अनुमति दिने बताइन् ।
कालीलेखमा हाल ४, ५ घरपरिवार मात्र भएकाले बिद्यार्थी संख्या पुग्न नसक्ने स्थानियको भनाई छ ।