बागलुङ, २७ फागुन – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद छलकपटको खेल भएको आरोप लगाएका छन् । नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्वर २ को क्षेत्रीय सम्मेलनको बिहिबार उद्घाटन पछि नेता पौडेलले नेकपा एमालेले सुरु गरेको मेची–महाकाली अभियानले देश र जनाताको भावनासंग खेल्दै राष्ट्रलाई कमजोर बनाउन लागेको आरोप लगाए । देशमा आएको राष्ट्रिय संकटलाई सामना गरी नयाँ संविधानलाई कार्यान्वयनमा ल्याउनको लागि सबै दलहरु जुट्नु पर्ने पौडेलले बताए । प्रदेश सभा र राष्ट्रिय सभाको निर्वाचन एकै समयमा गर्न सकिने पौडेलले बताए । मंसिर ८ भित्र तीनै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन बैशाख ३१ गते नै सम्पन्न हुने पौडेलले दाबी गरे । निर्वाचनको तयारी र समय सिमाको कारण प्रदेश सभा र राष्ट्रिय सभाको निर्वाचन एकै मितिमा गर्न सकिने नेता पौडेलले बताए । पौडेलले कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन हुने बताउँदै उनले निर्वाचनको बातावरण तयार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । उनले नेकपा एमालेले सुरु गरेको मेची महाकाली अभियानले नेपाली–नेपाली बीच द्धन्द सिर्जना गर्ने र मधेशीहरुलाई टाढा राख्ने अभिव्यक्तिले देश संकट र कमजोर बनाएको आरोप लगाए । कार्यक्रममा सांसद अर्जुनप्रसाद जोशी, रत्ना शेरचन, नेपाली कांग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापा, सांसद प्रकाश शर्मा पौडेल, चम्पादेवी खडका, पुर्व सांसद गोविन्दप्रसाद कंडेल, तरुण दलका केन्द्रिय महासचिव भूपेन्द्रजंग शाही, नेपाली कांग्रेस महासमिति सदस्य भिम श्रीस, नेपाल विद्यार्थी संघका केन्द्रिय सहमहामन्त्रि हरिहर शर्मा र सम्मानित व्यक्तित्वको तर्फबाट तिलकप्रसाद सापकोटा लगायतले बोलेका थिए । सोही अवसरमा पार्टीलाई विभिन्न तह र माध्यामबाट उत्कृष्ट कार्य गर्ने २ जना कार्यकर्ता र संचार क्षेत्रबाट महत्वपूर्ण भूमिका खेलेको भन्दै पत्रकार नारायण रिजाललाई सम्मान गरिएको थियो । कार्यक्रम नेपाली कांग्रेस बागलु्ङ क्षेत्र नम्वर २ क्षेत्रीय सभापति नारायण शर्मा पौडेलको अध्यक्षता, उपसभापति रामबहादुर केसिको स्वागत र सचिव विष्णु आचार्य र विकास पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleभारतिय सुरक्षाकर्मीको गोलीले नेपालीको मृत्यु
Next Article आजदेखि ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा