काठमाडौं, २७ फागुन – चलचित्र पत्रकार संघ, नेपालको सातौं महाधिवेशनबाट सन्दिप सापकोटा अध्यक्ष पदमा विजयी भएका छन्। अध्यक्ष पदका अर्का प्रतिद्वन्द्वी लक्ष्मण सुवेदीलाई २१ मतले हराउँदै सापकोटा अध्यक्षमा विजयी भएका हुन्।
संगठनतर्फको उपाध्यक्षमा दिनेश सिटौला निर्विरोध विजयी भए। कार्यक्रमतर्फको उपाध्यक्षमा श्याम अर्याल विजयी भए। उनले अषेश अधिकारीलाई हराए। महिला उपाध्यक्षमा शारदा थापालाई हराउँदै गीता अधिकारी विजयी भइन्। कुवेर गिरीलाई हराउँदै सचिवमा बैकुण्ठ पराजुली विजयी भए। महा-सचिवमा अनिल यादवले विजय सुवेदी (आवाज) लाई हराए।
कुवेर डंगोल, सह-कोषाध्यक्षमा जिवन पराजुली, समावेशी सचिवमा समिर बलामी निर्वाचित भए। केन्द्रीय सदस्यतर्फ भने वर्षा बस्नेत, उत्सव रसाइली, सुरेश दुलाल ‘बाबु’, कृष्ण भट्टरार्इ, विकाश लामिछाने र मनिष कार्की विजयी भए।
केन्द्रीय समावेशीमा विशाल राई र महिलातर्फ दिपज्योति थापा निर्विरोध छानिए। अधिवेशनबाट केन्द्रीय पार्षदमा डब्बु क्षेत्री, राजन घिमिरे, शान्तीप्रिय, सुब्रतराज आचार्य, विदुर गिरी, धनबहादुर खड्का, अशोकप्यासी राई, विष्णुप्रसाद सुवेदी र निमेश गौतम विजयी भए। महिला तर्फबाट स्वस्तिका पन्थी चिलवाल, जयन सुब्बा मानन्धर र रश्मी थापा निर्विरोध निर्वाचित भए।
प्रदेश पार्षदमा राजेश खनाल, मनोज केसी, विजयरत्न तुलाधर, रघुनाथ सापकोटा, आर.डी. श्रृंखला, अमृत पुडासैनी, मञ्जु गैरे, याम कुमारी पुरी, सन्ध्या थापा, राजेन्द्र लुइँटेल, पुष्पा थापलिया, सुरज खड्का, चिरन्जीवी सापकोटा, नवराज ढुंगेल, सुरज पौडेल र अनिल थापा निर्विरोध भए।
Previous Articleफेवा किनारमा पल–पूजा रोमान्स
Next Article स्थानीय तह सञ्चालनमा नयाँ व्यवस्था