बागलुङ, १३ भदौ – विद्यालय तहमा हुन सक्ने विपद जोखिम न्युनिकरणका लागि शिक्षक, अभिभावक र विद्यार्थीलाइ खोज तथा उद्धार सम्बन्धी तालिद दिन शुरु भएको छ । नेपाली सेनाले जिल्लाका ५ वटा विद्यालयका ३० जनाका लागि पहिलो पटक तालिम दिएको हो । प्लान इन्टरनेशनल नेपालको सहयोगमा गाजा युवा क्लबले संचालन गरेको सुरक्षित विद्यालय कार्यक्रम मार्फत प्रयोगात्मक सहितको तालिम दिएको कार्यक्रम व्यवस्थापक सूर्यप्रसाद कंडेलले बताए । नेपाली सेनाको अर्जुनबाण गणका मेजर अजय रानाको नेतृत्वमा आएको ३ सदस्यीय विज्ञ समूह र नेपाल रेडक्रस सोसाइटी म्याग्दीका प्रशिक्षक मुक्तिप्रसाद ढुंगाना समेतले तीन दिन सम्म सहजीकरण गर्ने कार्यक्रम छ । सुरक्षित विद्यालय परियोजना अन्र्तगत बागलुङ र पर्वतका १०÷१० वटा विद्यालयमा कार्यक्रम संचालनमा छ । तालिमको उद्घाटन गर्दै स्थानीय विकास अधिकारी भरत गौतमले जोखिम बारे जानकारी राख्ने र नआत्तिइकन सामना र व्यवस्थापन गर्न सकेमा क्षति कम भइ धेरैको ज्यान बचाउन सकिने धारणा राखे । गाजा युवा क्लबका कार्यवहाक अध्यक्ष यमप्रसाद कंडेलको अध्यक्षता, सुपरभाइजर लाल पूर्जाको संचालन र कार्यकारी निर्देशक प्रमानन्द कंडेलको स्वागतमा सम्पन्न कार्यक्रममा सहायक प्रजिअ धु्रव गिरी, जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्र, प्लान इन्टर नेशनल नेपालका कार्यक्रम अधिकृत भूपमणी दाहाल र प्रशिक्षक तथा नेपाली सेनाका मेजर अजय राना लगायतले बोलेका थिए । परियोजना संचालन भएका विद्यालयमा क्लबले विद्यालय स्तरीय बिपद जोखिम व्यवस्थापन समिति, खोज तथा उद्धार कार्यदल समेत गठन गरिसकेको छ ।