बागलुङ, २५ फागुन – बागलुङ नगरपालिका कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयको संयुक्त पहलमा बानपा ५ खहरे र बानपा १० कुँडुलेमा शहरी स्वास्थ्य केन्द्र निर्माण भएको छ ।
ग्रामीण बस्तीका बासिन्दालाई सहज रुपमा स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले ती केन्द्र स्थापना गरिएको हो । बागलुङ नगरपालिका भित्र ४ वटा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने गरी ३ बर्ष अघिदेखि अभियान शुरु भएको थियो । उक्त केन्द्रका लागि जनस्वास्थ्य कार्यालयले औषधी, उपकरण सहयोग गर्ने बताइएको छ । केन्द्रबाट नियमित खोप, परिवार नियोजन एवं स्वास्थ्य सम्बन्धि सेवा निशुल्क शिक्षा दिने बताइएको छ ।
मंगलवार उक्त केन्द्रको उद्घाटन गर्दै स्थाानीय विकास अधिकारी रामप्रसाद आचार्यले स्वास्थ्यसेवाका लागि सबैको साझा चासो र चिन्तन हुनुपर्ने बताए । साथै उनले स्थानीय तहको निर्वाचनमा सक्रिय सहभागिता जनाएर जिल्लाको विकासमा लाग्न पनि सबैलाई आग्रह गरे । उनले सरकारबाट नागरिकहरुलाई नजिकबाट सेवा प्रदान गर्न केन्द्रले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपकप्रसाद तिवारीले नगरपालिका र जनस्वास्थ्यको साझेदारीमा केन्द्र सञ्चालन गर्न लागिएकाले सम्पुर्ण बस्तुस्थिती हेरेर सेवा बढाउन सकिने बताए ।
साथै उनले जिल्लाका ग्रामिण भेगमा सहज र सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने राज्यको कर्तव्य भएको बताएका थिए । कार्यक्रममा बागलुङ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत रमेश ढकाल, योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल श्रीष लगायतले बोलेका थिए ।
कार्यक्रम बानपा–५ का वडा सचिव हरि सिलवालको अध्यक्षता, पुर्व गाविस सचिव लालबहादुर केसीको स्वागत र अनिसा कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो । यसै बिच बागलुङ नगरपालिका १० कुँडुलेमा पनि शहरी स्वास्थ्य केन्द्रको मंगलबारै उद्घाटन भएको छ ।
स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले उक्त केन्द्रको पनि उद्घाटन गरेका थिए । कुडुलेमा तरकारी समुहको भवनमा शहरी स्वास्थ्य केन्द्रको भवन स्थापना गरिएको हो । कार्यक्रम वडा सचिव प्रेमबहादुर खड्काको अध्यक्षता, सामाजिक परिचालक सारदा सापकोटाको स्वागत मन्तव्य र अहेव पुर्ण विकको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Article२५ फागुन २०७३, ढोरपाटन दैनिक
Next Article कार्यकर्तामाथिको ज्यादती बन्द गर – एमाले