तुल्सीराम पाण्डे
आजकाल बागलुङ बजारमा व्यवसाय गर्ने हरेक व्यक्तिले एक अर्कामा आफ्नो व्यवसाय घटेको हुनाले अर्काको कस्तो होला भनेर सधै जसो जिज्ञासा र प्रश्न राखेको पाईन्छ । कुरा गर्दा पहिले परम्परागत रुपमा शिष्टाचारपछि सन्चो विसन्चो र त्यसपछि अन्य कुरा हुने गर्थे भने आजकाल व्यापार घटेको कुरा पहिले हुन्छ त्यसपछिमात्र अन्य कुराहरु अगाडी बढ्दछन् । त्यस्तै कुनै समयमा काठमाडौंबासीमा पनि पानीको समस्याले गर्दा पहिले तपाईको घरमा पानी आउँछकी आउँदैन भनेर सोध्ने र त्यसपछि मात्र शिष्टाचार र अन्य कुराहरु हुन्थे ।
फरक ठाउँ फरक समस्या, फरक समय फरक समस्या भने जस्तो बागलुङ बजारको व्यापार घट्नु सवैको समस्या भएपनि गाउँबाट आएर भाडामा बसी व्यवसाय चलाउनेहरु बढी पीडित देखिन्छन् । त्यो पिडा केही भएपनि हलुङ्गो पार्नको लागि आफ्नो हितैषी सँग मात्र वैकल्पित पेशा गर्नुपर्ने समय आएको कुरा गर्दछन् । तर सवैले बजारमा आएर कमाउन नसकेको कुरा सत्य भएपनि कसैले भने आफुले धेरै नै कमाएको भनेर गफ दिएको पाइन्छ ।
समग्र रुपमा यहाँको व्यापार घटेको सवैलाई महशुस भएपनि यो विषय सवैको सरोकार र सार्वजनिक बहशको विषय बन्न सकेन् । सार्वजनिक रुपमा यहाँ व्यापार किन घट्यो ? बढाउन सके गर्नुपर्छ ? सवैलाई ढुक्कले व्यापार गर्ने बातावरण कसरी बनाउन सकिन्छ ? भनेर अन्यत्र सार्वजनिक रुपमा छलफल भएर नयाँ कदमहरु चालिएको कुरा थाहा भएपनि यहाँ त्यस्तो विषयमा छलफल भएको थाहा हुनसकेको छैन ।
प्रथमतः मोटरबाटोको विस्तार हुँदै र अगाडी बढ्दै गएपछि प्रजातन्त्रको प्राप्तीसँगै सवैले खुल्ला रुपमा व्यापार गर्न पाउने भए । त्यस समयमा तराइबाट थोरै पहाडी जिल्लामा मात्र मोटरले छोएको थियो । जहाँसम्म टेक्टरले सामान बोकेर पु¥याउछ त्यहाँ खाद्यान्न विक्रि गर्ने व्यापारीहरु छाप्रो बनाएर सामान राख्ने र विक्रि गर्ने गर्दथे । गाडी अगाडी बढेपछि व्यापारीहरु पनि गाडिसँगै सर्दै र त्यसै किसिमले व्यापार गर्दै आफ्नो जिल्लासम्म पुग्थे । कोहीभने अन्यत्रबाट पनि व्यापार गर्न आउथे ।
गाडिले खाद्यान्न नल्याउँदा सम्म पहाडमा प्रत्येक वर्ष अनिकाल भोकमारी र झाडापखाला सामान्य रुपमा नै हुन्थे । तराईबाट चामल आउन थालेपछि भने सवैले किनेर भएपनि अघाउन्जेल खान पाए । त्यसभन्दा पहिले पहाडको सवै जनसख्यालाई खाद्यान्न अपुग नै थियो । एउटा गाउँमा ४÷५ जना मात्र खाद्यान्न बेच्ने मान्छे हुन्थे । केही मान्छे आफ्नो परिवारलाई मात्र वर्षैभरी खान पुग्ने हुन्थे । केहि मान्छे जेनतेन गुजारा चलाउन सक्ने थिएभने अरुसवै किनेर खानुपर्ने हुन्थे । खानलाई किनेको अन्नलाई ‘बेसाहा’ भनिन्थ्यो भने काम गर्दा ज्यालाको रुपमा दिने अन्नलाई ‘निमेक’ भनिन्थ्यो । आफ्नो घरमा अन्न नपुगेर किन्नु परेमा इष्टमित्रको घरमा रातिमा बोरा वा कुम्लोमा पोको पारेर ल्याउनु पथ्र्यो । अन्न किनेको अरुले देखेमा वा थाहा पाएमा फलानो ‘बेसौरे’ भनेर हेप्ने र गाली गर्ने नाम नै बेसौरे राखिदिन्थे ।
यसै क्रममा बागलुङमा पोखराबाट चिनियाँहरुले बाटोको विस्तार गरिदिएपछि २०४९÷५० सालमा सामानहरु लिएर गाडी आए । सामान सस्तो पाउन थालियो । सवैलाई राहत भयो । त्यसभन्दा पहिले स्याङ्गजाको नागडाँडाबाट र पुतलीखेतबाट घोडा र खच्चडले सामान बोकेर ल्याउथे भने नुन तेल ल्याउनको लागि मानिसहरु आफै जान्थे । गाडिको आगमनसँगै यहाँको चहल पहल र व्यापार एक्कासी वृद्धि भयो । पुराना व्यापारीहरुले सवैले शुरुमै कमाउने मौका पाएभने नयाँले पनि व्यापारमा थोरैले मात्र हात हालेको हुँदा कमाउने मौका पाए । सवैले कमाएको देखेपछि अरु नयाँ व्यापारीहरु पनि गाउँबाट थपिदै गए । चहलपहल बढेपछि र मानिसको आवादी पनि बढेपछि जग्गाको मुल्यपनि दिन दुगुना र रात चौगुना भन्ने उखान जस्तै एक्कासी बढ्न थाल्यो । त्यसभन्दा पहिले यहाँका स्थानियहरुले बजारको जग्गा विक्रि गरेर नजिकैको गाउँमा खेत किन्ने गर्दथे । यो क्रम २०४५ सालसम्म थियोभने पोखराबाट बागलुङ गाडि आउने कुरा चलेपछि मात्र रोकिएको थियो । भविश्य कसैले पनि देख्दैन भने जस्तो मालढुङ्गाबाट पहरो फोरेर बजारमा गाडि ल्याउदा बजार नैे पहिरो जान्छ र खेत पनि सवै मासिन्छ भनेर त्यस समयमा व्यापक रुपमा विरोध भएको थियो । जेनतेन गाडि ल्याएपछि त्यसको सवैले फाइदा लिएका छन् ।
त्यसपछि लगातार व्यापार चलिरहयो । २०५२ सालमा शुरु भएको माओवादी शसस्त्र विद्रोहले गर्दा बजारमा बस्नेहरु ओइरिन लागेभने अन्यत्र जस्तो २÷३ वर्षपछि गाडि अगाडि पनि बढेन । त्यसले गर्दापनि संकटकालमा समेत यहाँको व्यापार बढी नै रह्यो । संकटकालमा समेत सवैले कमाउने अवसर पाए । २०६३ सालमा माओवादी विद्रोही र ७ दलको मिलनमा दिल्लीमा १२ बुँदै सम्झौता भएपछि सवै नेपालीमा शान्तिले बाँच्न पाईने र प्रजातन्त्रको पनि उपभोग गर्न पाइने नयाँ आशा पलायो । सवैजना आन्दोलनमा होमिए र अन्ततः संकटकाल पनि हट्यो । माओवादीहरु पनि खुल्ला राजनीतिमा आए र २०६३ मंसिरमा शान्ति सम्झौता भयो ।
शान्ति सम्झौतापछि केही मानिसहरु आफ्नै गाउँमा भएको घरमा फर्कन थालेभने गाडि पनि अगाडि बढ्न थाले । एसएलसीका परीक्षा केन्द्रहरु पनि उतै बनेको हुनाले बजारको चाप र यहाँको व्यापार विस्तारै घट्न थाल्यो । व्यापार घट्न थालेपछि अलि टाठाबाठा र पढेलेखेका मानिसहरु अरु ठूलो अवसरको खोजी गर्दै अन्यत्र सरेर स्थापित भएभने सामान्य अनपढ र अन्य अवसरको खोजी गर्न नसक्नेहरु जस्तो भएपनि यहाँ नै कुरेर बसीरहे । यहाँ रहेकाहरुले समेत व्यक्तिगत र तत्कालिन लाभमात्र लिने र दिर्घकालिन रुपमा सामाजिक लाभको लागि कसैले पनि कुरा नउठाउने अगाडी नबढ्ने र सवैले एउटा पक्षले अर्को पक्षलाई मात्र दोष लगाउने र आफु राम्रो मात्र बन्ने र तर्कने मात्र भएको छ ।
यहाँका नागरबासी युवाहरु कोही पढ्नको लागि विदेश जाने र उतैको नागरिकता लिएर यात बुढो भएपछि फर्कने या नफर्कने तयारी गरे । त्यसमा अभिभावकले समेत साथ दिएर आफ्नो सन्तानले विदेशी नागरिकता लिएकोमा गर्व गर्न लागेभने कोही गैरकानुनी रुपमा भएपनि अमेरिका अमेरिका छिर्ने कुरामा सवैले गर्व गर्न थाले । अमेरिका गएर निम्न स्तरको काम गरेर तत्कालिन रुपमा फाईदा भएपनि दिर्घकालिन रुपमा अभिभावक अशक्त हुँदा भित्र बाहिर गराउने मानिस पनि चाहिन्छ र देश र समाजलाई उर्जाशिल शक्ति विदेशमा हुँदा लाग्ने घाटाको कसैले सोच्न नै खोजेन ।
अर्को कुरा भनेको यहाँका मानिसहरु अन्यत्र वा विदेशमा गएर उच्च ज्ञान र प्रविधिमा दक्ष भएर आफ्नो कौशलता देखाएपनि बदलिएको परिवेशमा यहाँको आवश्यकता र सम्भावनाको खोजी गर्ने कुरा र दिर्घकालिन रुपमा आफ्ना सन्ततीको लागि अन्यत्र जानु नपर्ने बातावरण बनाउन सकिने कुरा गर्न नै चाहेनन् । यहाँका सरोकारवालाले र अग्रणीहरुले समेत उनीहरुको ज्ञान र सिप लिन पहल गरेको पाइएन ।
अर्को कुरा बदलिएको परिवेशमा केहि जानकारहरुले उठाएको सम्भावनाहरु क्षेत्रहरु विषादीमुक्त तरकारी र खाद्यान्नको उत्पादन, आधुनिक सुविधा सम्पन्न अस्पताल खोल्न सकिने, खेल पर्यटनको विकास गर्न सकिने । पर्यटकीय पदमार्ग बनाउन सकिने भनेर अन्य ठाउँमा कुरा चलेको सुनिए पनि समान स्तरमा यहाँ चर्चा चलेको पाइएको छैन ।
अर्को कुरा यहाँ आएका केहि योजनाहरु जस्तोः सौर्य बत्ती, सडक नालीको स्तरोन्नती, उपल्लाचौरमा निर्माणाधिन बसपार्क, शहिदपार्क र पञ्चकोटमा बन्दै गरेका संरचनाहरु कसैमा पनि स्थानियले आत्मैदेखि साथ नदिएको कुरा फाट्टफुट्ट रुपमा बाहिर आएका छन् । केही योजनाहरु जनसहभागितामा आधारित भएको हुनाले सहभागी लागत जुट्न नसक्दा सवै ठाउँमा सौर्य बत्ति बलेका छैनन् । त्यस्तै कुनै ठाउँमा नालिको स्तरोन्नती भएको छैन र अन्य योजनाहरु पनि अलपत्र अवस्थामा नै छन् ।
पञ्चकोटको कुरा गर्ने होभने यहाँ जन्मेर पढ्न अन्यत्र गएका र गृहस्थी त्यागेर योगी बनिसकेका कमलनयनले समेत स्थानियहरुसँग आत्मीय रुपमा साथ नपाएको कुरा गर्नुपर्ने बातावरण कसरी बन्यो । । यो सवैले सोच्नु पर्ने विषय हो । त्यहाँको विकास भएमा फाइदा पाउने स्थानियहरु नै हुन् । उनले कुनै समयमा देह त्याग गर्लान् । भाडामा बस्नेहरु पनि अन्यत्र जालान् । निरन्तर रुपमा पुस्तौं पुस्तासम्म फाइदा लिने स्थानियहरु र उनीहरुका सन्तानले नै हो । जग्गा किनबेच गर्दा हात र वित्ताको हिसाव हुने आफ्ना सन्तानले विदेशमा गएर डलर र पाउण्ड कमाएकोमा गर्व गर्ने । घर जग्गाको भाडा र भाउ वर्षेनी बढ्ने, माथिल्लो पदमा पुग्न र व्यक्तिगत लाभ लिन करोडौं खर्च गर्ने तर सामाजिक संरचनामा भने उनले योजना ल्याए उनले नै बनाउन भनेर हात दिए जस्तो मात्र गर्नु कतिको जायज होला ? अर्को कुरा यहाँका नागरिकहरुमा समेत आफ्नो आवश्यकता पहिचान गर्न नसक्नु हो । सवै राजनैतिक दलले आफ्नो प्रतिबद्धताहरु पुरा नगरेको अवस्थामा समेत हाम्रालाई नभइ राम्रालाई चुन्नुपर्ने हो । तर सवैले आफ्ना नेताले भनेको पत्याउने अर्कोलाई सराप्ने र पछाडीबाट धारे हात लाउने चलन छ । त्यसलाई बदल्न नसक्नु पनि समस्या हो ।
सबै राजनैतिक दलले बलेवामा विमानस्थल बन्द भएपछि हाम्रो सरकार बनेमा सेवा सुचारु गछौं भनेका छन् । कोही मान्त्री पनि बनिसके सांसदहरुले समेत पटकै पिच्छै विमान ल्याउने कुरा छुटाउँदैनन् । तरपनि २०÷२२ वर्ष हुँदा समेत विमान सुचारु भएको छैन् । नत अब समय बदलियो, संरचनाहरु बद्लिए, परिस्थिति फेरीयो, विमान आउँदैन गुणस्तरिय सडक बनाइदिन्छौं भनेर कसैले प्रतिबद्धता गरेका छन् । नत स्थानयिहरुले नै समय बदलिसक्यो हाम्रा आवश्यकता बदलिय हामीलाई विमान चाहिएको छैन गुणस्तरिय सडक बनाइदिनु होस् भनेर स्थानियहरुले नै अनुरोध गरेका छन् । नत बोलेको कुरा किन भएन नेता ज्यू भनेर कसैले सोधेको छ । विमान आउँछ भने ल्याउनोस् होइन भने गफ नदिनोस् भनेर स्थानियले नै भन्नुपर्ने हो । त्यसकारण विकास नेतालाई चाहिएको हो या जनतालाई थाहा हुन नसकेपनि विमानस्थलको कुरा गरेर सवैले भोट मागेको कुरा साँचो हो । विमान चल्न थालेमा भोट जसले विमान ल्यायो उसैले लैजाने हुनाले प्रतिपक्षले समेत पहल नगरेको महशुस स्थानियले गरेका छन् ।
अन्त्यमा बजारमा व्यापार गर्नेहरुको आकांक्षा भनेको छोराछोरीहरुको पढाइ राम्रो होस् । उनीहरुको जिवन सुखमय होस् । विदेश जानु नपरोस् । देश विकास होस् । बजारमा एउटा घर होस् । व्यापार जहाँ गरेपनि आफ्नो घरमा ढुक्कले निदाउन पाईयोस् । छोरा नातिको अगाडी मर्न पाइयोस् भन्ने आकांक्षा भएपनि यो कुरा सपना नै रहने हो या कुनै बेला सवैको मानसिकता बदलिएर काम गर्ने तौरतरिकाहरु बद्लिएमा विपनामा परिणत हुने हो । भविष्यले नै बताउँला ।
Previous Articleनयाँ शहरको काममा ध्यान देउ
Next Article नारी दिवशमा विशेष कार्यक्रम हुँदै