सप्तरी, २४ फागुन – गृहमन्त्रालयले अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कृष्ण कटवाललाई सप्तरीको निमित्त प्रजिअको जिम्मेवारी दिएको छ। गृहमन्त्रालयले सप्तरीका सिडिओ उद्धव तिमिल्सिनालाई गृहमन्त्रालयमा झिकाएपछि कटवाललाई मंगलबार निमित्त प्रजिअको जिम्मेवारी दिएको हो।
सोमबार एमालेको सभामा मधेसी मोर्चाले हस्तक्षेप गरेपछि प्रहरीले गोली चलाउदा मोर्चाका तीन कार्यकर्ताको मृत्यु भएपछि गृहमन्त्रालयले सप्तरीका प्रहरी प्रमुख र प्रजिअलाई फिर्ता बोलाएको थियो।
त्यसैगरी सशस्त्र प्रहरी बलले सप्तरीको नयाँ एसपीमा रामआधार यादवलाई पठाएको छ। सप्तरी गोली काण्डपछि गृहमन्त्रालयले सिडिओसहित जिल्लाका सबै सुरक्षा प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरे सँगै सशस्त्र मुख्यालयले यादवलाई सप्तरीको सशस्त्रको एसपीको जिम्मेवारी दिएको हो। यसअघि सप्तरी सशस्त्र प्रहरीको एसपीमा जयबहादुर खड्का थिए।
त्यसैगरी गृह मन्त्रालयले सप्तरी प्रहरी प्रमुख एसपी दिवेश लोहनीको ठाउँमा एसपी अनुराग द्विवेदीलाई पठाइएको छ। द्विवेदी यसअघि मध्यक्षेत्र कार्यालय हेटौंडामा कार्यरत थिए ।
Previous Articleनिर्वाचन घोषणाको निर्णय फिर्ता लिन सात दिनको अल्टिमेटम
Next Article गोली सप्तरीमा, निशाना सबैतिर