काठमाडौं, २३ फागुन – चौथो राष्ट्रिय ब्याडमिन्टन च्यामिपयनसिप म्याग्दिको बेनीमा हुने भएको छ। गँगटा युथ क्लबको आयोजना तथा म्याग्दी जिल्ला बयाडमिन्ट एशोसिएसनको सहआयोजनामा चैत ९ देखि १२ गतेसम्म च्यामिपयनसिप हुन लागको हो। यसअघिका तीन संस्करण राजधानीमा भएपनि यो संस्करण भने म्याग्दिमा नै हुन लागेको हो।
प्रतियोगितामा विभिन्न ५ विधा समावेश छन। पुरुष सिंगल्सको विजेताले नगद ६० हजार र पदक, उपविजेताले ३० हजार र पदक तथा तेस्रो हुनेले १० हजार र पदक पाउने छन्। यस्तै महिला सिंगल्स र भेट्रानतर्फको विजेताले समान ३० हजार र पदक पाउनेछन् भने उपविजेताले १५ हजार पदक तथा तेस्रो हुनेले ५ हजार र पदक हात पार्नेछन्।
प्रतियोगिताको मुख्य विधाको रुपमा रहदै आएको पुरुष डबल्स विधाको विजेताले नगद १ लाख पुरस्कार र पदक प्राप्त गर्नेछन्। १७ मुनिको पुरुष सिंगल्सका विजेताहरुलाई भने काठमाडौं जिल्ला ब्याडमिन्टन संघले पुरस्कार प्रायोजन गरेको छ। प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने अध्यक्ष रेसम पुनले जानकारी दिए।
कुल लागत २० लाख ७० हजार हुने खेलमा नगद पुरस्कार रकम एसआर कम्पनी लिमिटेड हङकङले प्रायोजन गर्ने आयोजकले जनाएको छ।पर्यटनको प्रवर्दन गर्ने र स्थानिय खेलाडीको सहभागिता र विकासमा सहयोग पुर्याउने उद्देश्यले पहिलो पटक मोफसलमा प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष पुनले बताए।
सर्वाधिक पुरस्कार राशीको ब्याडमिन्टन म्याग्दीमा
Previous Articleखाल्डोमा मोटरसाइकलले उफार्दा नसा च्यापिएला ?
Next Article पातली देखिने पहिरन