बागलुङ, १२ भदौ – बजार ब्यवस्थापन समिति निष्क्रिय बनेपछि बजार सरसफाईमा खानेपानी तथा सरसफाई समिति नरेठाँटी अगाडि बढेको छ ।
२०५२ सालमा गठन भएको बजार ब्यवस्थापन समिति हालसम्म आउँदा प्रतिनिधिबिहिन जस्तै बनेको छ । नयाँ समिति गठन नहुने र बजार फोहोर बनेपछि बजारलाई सफा सुन्दर बनाउन खानेपानी तथा सरसफाई समिति क्रियाशिल बनेको नरेठाँटी गाबिसका प्राबिधिक सहायक यादव रेग्मीले बताए ।
बर्षौदेखि हिउँदको समयमा खानेपानीको मार खेप्दै आएका नरेठाँटी बजारबासीलाई समितिकै पहलमा घर–घरमा खानेपानी पु¥याईएको छ ।
त्यस्तै बजारबाट निष्कने फोहोर ब्यवस्थापन गर्नका लागि तीन ठाउँमा फोहोर संलकन तथा बिर्सजन ठाउँ निर्माण गरिएको खानेपानी तथा सरसफाई समितिका अध्यक्ष बुलबहादुर केसीले बताए ।
बजार ब्यवस्थापन समितिको नयाँ नेतृत्व चयनको बिषय अगाडि नबढेपछि आफुहरु बजार ब्यवस्थापनमा जुटेको केसीको भनाई छ । समितिकै पहलमा साप्ताहिक रुपमा नरेठाँटी बजार सरसफाई गर्दैै आएको समितिका सचिव यमबहादुर श्रीसले बताए । आफुहरुले अगाडि सारेको काममा बजारबासीले खुलेरै सहयोग गरेको श्रीसको भनाई छ ।
सरसफाईको क्रममा निष्केका कुहिने र नकुहिने बस्तुहरु छुट्टाई कुहिने बस्तुलाई कुहाउने र नकुहिने बस्तुलाई बजारदेखि टाढा जलाउने गरिएको समितिले जनाएको छ । यसैबीच नरेठाँटी गाबिसको आर्थिक सहयोगमा महेन्द्र उच्च माद्यामिक बिद्यालयको छेउमा सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
गाबिस भित्रका बिभिन्न संघ संस्था, क्लब, आमा समुहले गर्ने सानाठुला कार्यक्रममा दिसा पिसाब गर्ने निश्चित ठाउँ नभएपछि शौचालय निर्माण गरिएको छ ।
Previous Articleमन–मनै भने– ‘गर्नु गरिस् फ्याउरा !’
Next Article १२ भदौ २०७३, ढोरपाटन दैनिक