बागलुङ, २० फागुन – जिल्लाको बिहुँस्थित भीमसेन क्याम्पसमा संचालित एक हप्ते धनधाञ्चल ज्ञान महायज्ञको छैठौ दिन बिहिवारसम्म २ करोड ३६ लाख रुपैयाँ संकलन भएको छ । भिमसेन क्याम्पसको शैक्षिक तथा भौतिक विकासमा सहयोग पु¥याउने उदेश्यले आयोजना गरिएको ज्ञान महायज्ञको छैठौ दिन बिहिबार मात्र ८० लाख रुपैयाँ संकलन भएको छ । गत शुक्रवारदेखि शुरु भएको महायज्ञमा बिहिवार सवैभन्दा बढि बिहुँ गाविस निवासी बिद्यालयका शिक्षक तुलसीराम कँडेलले परिवारको नाममा ६ लाख ५६ हजार ६६ रुपैया सहयोग गरेको आयोजक समितिका भवानीप्रसाद कँडेलले जानकारी दिए । त्यसैगरि बिहुँ–१ निवासी नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जव्वरबहादुर लामिछानेले ५ लाख ५५ हजार सहयोग गरेका छन् । लामिछानेले यसभन्दा अगाडि २ लाख र बिहिवार ३ लाख ५५ हजार गरि ५ लाख सहयोग गरेका थिए । त्यसैगरि अन्य ६० जनाले १ लाख भन्दा बढि प्रदान गरि सभानायक बनेको कँडेलले जानकारी दिए । फागुन २१ गतेसम्म सञ्चालन हुने धौलागिरि बागलुङ भीमसेन शैक्षिक तथा धार्मिक महोत्सव एवं श्रीमद्भागवत धनधाञ्चल ज्ञान महायज्ञमा दानदाताहरुको उत्साहजनक सहभागीता रहेको उनको भनाई रहेको छ । महायज्ञमा पण्डित कमलनयन गौतमले कथा वाचन गरिरहेका छन् ।
शिवपुराण महायज्ञमा २३ लाख आर्थिक सङ्कलन
म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी शिवालय मन्दिरमा सञ्चालित महाशिवपुराण महायज्ञमा २३ लाखभन्दा बढी आर्थिक सङ्कलन भएको छ । करिब ४ सयवर्ष पुरानो प्राचीन ऐतिहासिक तथा धार्मिक तीर्थस्थलको रुपमा अवस्थित मन्दिरमा लगाइएको महायज्ञमा कुल २३ लाख १० हजार २ सय ३२ रुपैयाँ सङ्कलन गरिएको हो । महायज्ञमा सबैभन्दा धेरै रकम बेनी नगरपालिका–६ का तेजनाथ पौडेलले ३१ हजार १ सय ५१, बेनी शिवालयका संस्थापक अध्यक्ष प्रकाशकुमार श्रेष्ठले २७ हजार ५ सय ५५ र महायज्ञका महासचिव सुन्दर केसीले २५ हजार ६ सय ५५ रुपैयाँ सहयोग गरेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ । प्राचीन महत्व बोकेको मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले ११ दिनसम्म महायज्ञ लगाइएको मूल आयोजक समितिका अध्यक्ष बिक्रम श्रेष्ठले बताए । महायज्ञबाट सङ्कलित रकमले शिवालय मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग स्थापना, भौतिक पूर्वाधारको विकास तथा शिवालयको संरक्षण र प्रवद्र्धन गरिने महायज्ञ आयोजक समितिका कोषाध्यक्ष पूर्णबहादुर जिसीले जानकारी दिए । यसैगरी महायज्ञको अवसरमा दैनिक पुजा, पाठपारायण, भजनकिर्तन, प्रवचन, सम्मान, आरती, पुष्पाञ्जली, लाखबत्तीलगायतका कार्यक्रमहरु आयोजना गरिएको थियो । बेनी शिवालय मन्दिरमा साउन महिनाको सोमबार, मङ्गलचौथी, जनैपूर्णिमा, बालाचतुर्दशी, शिवरात्रीलगायतका दिनमा विशेष पुजाआजा हुँदै आइरहेको छ । यसैबीच गत ९ गतेदेखि लगाइएको महायज्ञ बिहीबार समापन समेत गरिएको छ ।
Previous Article२० फागुन २०७३, ढोरपाटन दैनिक
Next Article जिविस म्याग्दीमा दोहोरो तालाबन्दी