बागलुङ, १७ फागुन/नेपाल पत्रकार महासंघको पाँचौं जिल्ला अधिवेसनबाट निर्वाचित पदाधिकारीले सोमबारदेखि पदभार ग्रहण गरेका छन् । महासंघले आयोजना गरेको एक कार्यक्रममा निर्वतमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले निर्वाचित अध्यक्ष दिल शिरिषलाई सपथ ग्रहण र निर्णय पुस्तिका हस्तान्तरण गराएका थिए । उक्त अवसरमा बोल्ने वक्ताहरुले महासंघको गरिमा कायम राख्नका लागि व्यवसायिक पत्रकारिता गर्ने पत्रकार देखि संचारसंस्थाको जर्गेनामा सबैको साझा लगानी हुनुपर्ने धारणा राखे । साथै पत्रकार महासंघले अगाडि सारेको भवन निर्माणको अभियानलाई पनि सबैको साझा पहलबाटै सफल बनाउन सकिने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले पत्रकारिताले समाजको विकासमा योगदान दिने भएकोले राष्ट्रिय तथा स्थानीय एजेण्डालाई प्रष्ट रुपमा उजागर गर्नुपर्ने बताए । साथै उनले निर्वाचित पदाधिकारीलाई बधाई पनि दिए ।
कार्यक्रममा अध्यक्ष दिल शिरिषले कार्यसमितिका पदाधिकारी, सदस्य, केन्द्रीय सभासद र प्रदेश सभासदलाई पनि सपथ गराएका थिए । उक्त अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतम, नेपाली काँग्रेसका कोषाध्यक्ष उमेश गौतम, राप्रपाका उपाध्यक्ष शैलेन्द्र श्रेष्ठ, प्रेस युनियनका केन्द्रीय सदस्य ज्ञानेन्द्र गौतम, प्रेस चौतारीका केन्द्रीय सचिव रामकृष्ण शर्मा, प्रेस सेन्टरका केन्द्रीय सदस्य कोपिला कंडेल, प्रगतीशिल पत्रकार संघका अध्यक्ष रामनारायण शर्मा, धौलागिरी एफएमका अध्यक्ष दुर्गादत्त आचार्य, महासंघका निर्वतमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्मा र निर्वाचन समितिका सदस्य तथा बागलुङ बारका अध्यक्ष केशवराज पराजुली लगायतले शुभकामना व्यक्त गरेका थिए । महासंघले फागुन ३ गतेको अधिवेसनमा सर्बसम्मतले नेतृत्व चयन गरेको थियो । क्रियाशिल पेशागत संगठनले सहमति गरेपछि दिल शिरिषको अध्यक्षतामा समिति चयन भएको थियो । समितिको उपाध्यक्षमा नरेश कंडेल, महिला उपाध्यक्षमा उशा पौडेल, सचिवमा राम थापा, सहसचिवमा सुवास आचार्य र नविन शिशिर तथा कोषाध्यक्षमा बिजय राना रहेका छन् । दिल शिरिषको अध्यक्षता, राम थापाको संचालन र नरेश कंडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleसहकारीको लेखा समितिलाई तालिम
Next Article १७ फागुन २०७३, धौलागिरी स्टार साप्ताहिक