प्रकाश माविले मनायाे ७१ आैं वार्षिकोत्सव म्याग्दीको अग्रणी र जेठाे शैक्षिक संस्था प्रकाश माध्यमिक विद्यालयले ७१ औं वार्षिकोत्सव तथा अभिभावक भेला मनाएको छ । साेमवार विद्यालयमा विविध कार्यक्रमहरूको आयोजना गरि स्थापनाको ७१ औं वार्षिकोत्सव मनाएको हो। बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन, सरस्वतीकाे फाटाेमा मार्ल्यार्पण, प्रकाशपुञ्ज विमाेचन र अभिभावक प्रतीक्षालय उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिका स्तरीय चाैथाे राष्ट्रपती कप-२०८० काे शिल्ड विजेता खेलाडीहरूलाई नगद सहित सम्मान गरेको छ । पदक जित्ने खेलाडीहरूलाई नगद १ लाख साेह्र हजार प्रदान गरेको छ । चाैथाे राष्ट्रपति शिल्डमा विद्यालयले छात्रछात्रा भलिवल, छात्रछात्रा कपर्दी र छात्रछात्रा एथलेटिक्स तर्फ…
Author: Amrit Baskune
अग्लो पहाडको टुप्पो, तल वरिपरि घना जङ्गल छ । आँखैअघि लस्करै हिमाल छन् । सुन्दर ग्रामीण बस्तीका दृश्यहरू तल देखिन्छन् । यी अनुपम प्राकृतिक सुन्दरताभित्र रहेको गाम्फाधुरी १००८ स्वामी परमानन्द महाराजले तपस्या गर्नुभएको ऐतिहासिकस्थल हो । म्याग्दीको मङ्गला गाउँपालिका–४, र छिमेकी जिल्ला बागलुङको ताराखोला गाउँपालिका –३, को सीमामा पर्ने गाम्फाधुरी समुन्द्री सतहदेखि तीन हजार ९ मिटर उचाइमा अवस्थित छ । गाम्फाधुरीमा स्वामी परमानन्दले तपस्या गर्नेक्रममा बनाएको कुटी, साधना स्थल र हवनकुण्डको भग्नावशेष देख्न सकिन्छ । ढुङ्गा खोपेर पानी सङ्कलन गर्न बनाइएको संरचना उस्तै छ । तपोभूमि क्षेत्रका ऐतिहासिक संरचनाको दृश्यावलोकन र प्राकृतिक सुन्दरताले मोहित बनाइदिन्छ । उकालोको थकान मेटिन्छ ।…
म्याग्दीको बेनी नगरपालिका-९ घतानमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट करिब ८ सय जना लाभान्वित भएका छन् । नेप्टेचौर स्थित राष्ट्रिय मावि प्राङ्गणमा भएको स्वास्थ्य शिवरमा लायन्स क्लब अफ पोखरा अभियानको सहयोग वडा कार्यालयको समन्वय र पोखरा नागढुंगा स्थित चरक अस्पतालको सम्पूर्ण चिकित्सकीय तथा प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । शिविरमा स्त्रिरोगमा १५१ जना, जनरल फिजिसियन ३९५ जना, हा जोर्नी तथा नशारोग २६९ जना, भिडियो एक्सरे १२७ जना, इसीजि ८८ जना, सुगर परिक्षण १४३ जना, अकुपन्चर तथा फिजीयोथेरापी १५५ जना लगायत ७ सय ८२ जनाले सेवा लिएको कार्यक्रमको संयोजक बल बहादुर केसीले जानकारी दिनुभयो ।क्लबले ग्रामिण भेगमा आएर शिविर आयोजना गरी…
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजना र मुक्तिमार्ग माध्यमिक विद्यालयको सहआयोजनामा आयोजित प्रतियोगिता गाउँपालिकाको केन्द्र पोखरेबगरमा सुरु भएको छ । राष्टपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नु भएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै उहाँले विद्यालय स्तरमा रहेका खेल प्रतिभाको पहिचान तथा नयाँ खेलाडी उत्पादनमा विद्यालय स्तरीय खेलकुद प्रतियोगिताले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । गणतन्त्र पछि भएको संरचना अनुसार स्थानीयतहले खेलकुद प्रतियोगिता संचालन गर्न थालेपछि खेलकुद क्षेत्रमा नयाँ प्रतिभाहरुको पहिचान, खेलाडीको क्षमता विकास हुनुका साथै खेल पूर्वाधार निर्माणमा टेवा…
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को निर्वाचनको लागि उम्मेदवारी परेका मध्ये तीन जनाको उम्मेदवारी रद्द भएको छ । निर्वाचनमा २२ पदका लागि ६० जनाको उम्मेदवारी परेको थियो । उक्त उम्मेदवारी मध्ये पाँच जनाको उम्मेदवारीमा दाबी विरोध परेको थियो । निर्वाचन उपसमितिमा गोमा नेपाल सापकोटा, माधव जोशी, शिव अधिकारी, राधा कडरिया र सुभद्रा नेपालको उम्मेदवारीमा दाबी विरोध परेको थियो । उक्त पाँच जनामा शिव अधिकारी, राधा कडरिया र सुभद्रा नेपालको उम्मेदवारी रद्द भएको निर्वाचन उपसमितिले जनाएको छ । शिव अधिकारी र सुभद्रा नेपाल प्रारम्भिक सहकारीमा कम्तिमा एक कार्यकाल पदाधिकारी भई काम गरेको प्रमाण नपुगेपछि उम्मेदवारी रद्द भएको हो । त्यस्तै…
६, म्याग्दीको सदरमुकाम बेनी स्थित न्यु वेष्ट पोइन्ट आवासीय माविले ३१ औं अभिभावक दिवस मनाएको छ । आज (शुक्रबार) विद्यालय प्रांगणमा विविध कार्यक्रमको आयोजना गरि अभिभावक दिवस मनाएको हो। कार्यक्रमको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रमुख थापाले वार्षिकोत्सवको अवसरमा सफलताको शुभकामना दिंदै निजि विद्यालयले शैक्षिक विकासमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । उहाँले सरकारको नीतिका कारण निजि विद्यालय संचालनमा केहि अफ्ठेरो अवस्था देखिएकोले सरकारले निजि विद्यालयको योगदानलाई बिर्सन नहुने बताउनुभयो । त्यसैगरी कार्यक्रममा बेनी नगरपालिका वडा नं ७ का अध्यक्ष रमेश कुमार श्रेष्ठले वेष्ट आफु एक जनप्रतिनिधि भएका कारण अव विद्यालयमा सिप मुलक तालिम र…
म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ अर्थुङ्गे स्थित जामुनाखर्क माविमा रु ५ लाख राशीको ‘हिरा बहादुर बानियाँ छात्रवृत्ति कोष’ स्थापना गरिएको छ । बेनपा ६ निवासी समाजसेवी, शिक्षाप्रेमी स्व. हिरा बहादुर बानियाँको स्मृतिमा उहाँका छोराहरु प्रकाश बानियाँ, किरण बानियाँ र सम्पूर्ण परिवारले रु ५ लाखको छात्रवृत्ति कोष स्थापना गर्नुभएको हो । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले रु ५ लाखको रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गर्दै विधिवत रुपमा कोष स्थापना भएको घोषणा गर्नुभयो । छात्रवृत्ति कोष स्थापना कार्यक्रममा बोल्दै पूर्व परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले शिक्षामा लगानी बढाउनु पर्ने बताउनुभयो । नेपालका विद्यार्थीहरुलाई अन्तराष्ट्रिय…
बेनी नगरपालिका–८ कालिपुलमा रहेको कालिपुल युनाइटेड क्लबको १० औं वार्षिकोत्सवको अवसरमा फुटबल प्रतियोगिता शुरु भएको छ । बेनी बजारको खुल्लामञ्चमा बिहीबार देखि शुरु भएको प्रतियोगितामा २२ टिम सहभागी रहेका छन् । क्लबका अध्यक्ष अनिश गौचनले क्लबले विगत देखि नै खेलकुद, सांस्कृतिक तथा विभिन्न सामाजिक कार्य गर्दै आएको र अहिले वार्षिकोत्सवको अवसरमा नयाँ खेल प्रतिभा पहिचानका लागि सहजता होस भनेर सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरेको बताउनुभयो । पछिल्लो तीन वर्ष देखि नियमित रुपमा आयोजना हुँदै आएको सेभेन एसाइड फुटबलको चौथो संस्करण यस पटक आयोजना भएको बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश खत्रीले खेल क्षेत्रको विकासका लागि राज्यले…
नेपाल सुपर लिग (एनएसएल) मा वीरगन्ज युनाइटेडले काठमाडौँ रेजर्समाथि फराकिलो जित निकालेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा वीरगन्जले शीर्ष चारको दौडमा रहेको काठमाडौँलाई ४–१ गोलले हरायो । जितसँगै वीरगन्जले प्लेअफ खेल्ने सम्भावना बनाएको छ । पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा वीरगन्ज हाबी देखिएको थियो । वीरगन्जको जितमा विलियम ओपोकुले ह्याट्रिक गर्नुभयो । विलियमको यो जारी लिगकै पहिलो ह्याट्रिक हो । वीरगन्जको अर्को गोल सुनिल खड्काले गर्नुभएको थियो । काठमाडौँका लागि हिसुब थपलियाले एक गोल गर्नुभयो । जितसँगै वीरगन्ज सात खेलबाट आठ अङ्क बनाउँदै छैटौँ स्थानमा उक्लिएको छ । पराजित काठमाडौँ समान खेलबाट नौ अङ्कसहित पाँचौँ स्थानमा छ…
म्याग्दीको फरक दुई स्थानमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी ७६ वर्षीय मनकुमारी पुन र अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्का सुजन घर्तीको शव बिहीबार प्रहरीले फेला पारेको जनाएको छ । धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी पुनको शव सोही वडाको खोर्वाङ स्थित म्याग्दी खोलाको खोँचमा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक अशोककुमार झाका अनुसार पुस ३ गतेदेखि हराइरहेको भन्ने सूचना प्रहरीमा आएको र खोजतलास गर्नेक्रममा खोलाको खोँचमा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । त्यस्तै अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ घर भई अन्नपूर्ण–२ भुरुङ तातोपानी बस्ने ३१ वर्षीय सुजन…