Author: Amrit Baskune

बिकु फ्यामिलिले आयोजना गरेको बिकु कप फुटबल प्रतियोगिता–२०८० को उपाधि आयोजक बिकु फ्यामिलि कालोले जितेको छ । शनिबार भएको फाइनल खेलमा बिुक फ्यामिलि सेतोलाई ०–२ गोल अन्तरले पराजित गर्दै बिकु फ्यामिलि कालोले उपाधि माथि कब्जा जमाएको हो । माघ १६ गते देखि शुरु भएको फुटबल प्रतियोगितामा २४ टिमको सहभागिता रहेको थियो । त्यस्तै संकल्प सुधार केन्द्र बागलुङलाई १–२ गोल अन्तरले पराजित गर्दै एभरग्रिन क्लब बेनीले तेश्रो स्थान हासिल गरेको छ । प्रतियोगिताको पहिलो हुने बिकु कालोले एक लाख ४० हजार पुरस्कार प्राप्त गरेको छ दोश्रो हुने बिकु सेतोले ७७ हजार सात सय ७७ र तेश्रो स्थान हासिल गरेको एभरग्रिन क्लब…

Read More

भरतपुर महानगरपालिका–१ देवघाटधाममा रहेको गार्गी कन्या गुरुकुल सञ्चालानार्थ यही २०८० फागुन १ देखि ९ गते सम्म काठमाडौंको सुमार्गी भवन पशुपतिनाथमा हुने श्रीमद्भागवतमहापुरण सप्ताह ज्ञानमहायज्ञ-२०८० काे बृहत्तर व्यवस्थापन तथा अन्य विषयमा काठमाडौंमा छलफल शुरु भएको छ ।  नारीशक्तिको उत्पादन तथा बढोत्तरीका लागि दिगो कोष स्थापनार्थ महायज्ञ आयोजना गर्न लागिएको हो । बत्तीस पुतली, राम मन्दिर काठमाडौँमा बिहान ११ बजे देखि मिटीङ शुरु भएको आयोजक संस्था गार्गी गुरुकुल प्रतिष्ठानले जनाएको छ । विविध व्यवस्थापन तथा महायज्ञ संग सम्बन्धीत अन्य छलफल हुने जनाइएको छ । नारीहरूलाई संस्कार सहितको वैदिक शिक्षा प्रदान गरी सच्चरित्रवती विदुषी नारीशक्तिको उत्पादन गर्ने उद्देश्यका साथ महायज्ञ गर्न लागेको हो…

Read More

बेनी नगरपालिका-४, सिंगास्थित धौलागिरी माविमा प्रा.डा. बोजिन्द्र तुलाचनले ५० हजार बराबरको शैक्षिक साम्रागी सहयोग गर्नुभएको छ । जन्मगाउँमा आएका दक्षिण कोरियाको खाङ्स विश्वविद्यालय र क्याल्भिन विश्वविद्यालयका प्रोफेसर डा.तुलाचनले कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई ४० हजार बराबरको स्टेशनरी, खेलकुद साम्रागी गर्नुभएको हो । त्यस्तै बहिरा कक्षामा अध्ययनरत विद्यार्थीलाई १० हजार नगद सहयोग हस्तान्तरण गरेको विद्यालयका प्रअ भुवनप्रसाद रेग्मीले जानकारी दिनुभयो । सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थी समेत रहेका डा. तुलाचनले विद्यार्थीलाई मोटिभेसन कक्षा समेत सञ्चालन गर्नुभएको थियो । बि.स २०५१ सालमा विद्यालयबाट एसएलसी उत्र्तिणा गर्नुभएका डा. तुलाचनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकले समेत अनुसन्धान तथा दैनिकीमा सुधार गर्नुपर्ने…

Read More

स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी गरेको छ । आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी सरकारसँग निर्वाचनको मिति घोषणाबारे परामर्श गर्न लागेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी साता उपनिर्वाचनको मितिबारे नेपाल सरकारसँग परामर्श गरिने जानकारी दिनुभयो । उहाँले आयोग पदाधिकारीले प्रधानमन्त्रीसँग सो सम्बन्धमा छलफल गर्ने बताउनुभयो । आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेश सभा, जिल्ला समन्वय समिति र स्थानीय तह गरी कुल २५ पद रिक्त छन्, जसमध्ये दुई पद जिल्ला समन्वय समितिका प्रमुखको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष,…

Read More

म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा पुरानै स्वरूपमा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । वि.सं १९४४ मा स्थानीय प्रविधि र स्रोत साधनको प्रयोग गरी म्याग्दी खोलामा बनाइएको झोलुङ्गे पुल जीर्ण र पुरानो भएपछि नयाँ पुल निर्माण गर्न थालिएको हो । पुरानो पुलको मौलिकता, पहिचान र ऐतिहासिकता जोगाउन नयाँ बन्ने पुलमा पुरानै पुलको साङ्ले लठ्ठा प्रयोग गरिने भएको छ ।  सङ्घीय सरकारको क्षेत्रगत झोलुङ्गे पुल सहयोग कार्यक्रम र बेनी नगरपालिकाको संयुक्त लगानीमा झोलुङ्गे पुल निर्माण थालिएको हो । कुल लागतको ८५ प्रतिशत सङ्घीय सरकार, १३ प्रतिशत नगरपालिका र दुई प्रतिशत स्थानीय उपभोक्ताको जनश्रमदान गरी ३४ लाख ९८ हजार ६ सय ३७ रुपियाँमा…

Read More

नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीले सहिद दिवकास अवसरमा दिप प्रज्वलन गरेको छ । बेनीबजारको बिरेन्द्रचोकमा सहिदहरुको सम्झानामा एक कार्यक्रम गरी दिप प्रज्वलन गरेको हो । कार्यक्रममा सम्बोधन गदैं बेनी नगरपालिकाका मेयर सुरत केसीले राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झना गर्नुपर्ने बताए । नेपाली जनताको मुक्तीका लागि फरक समयमा भएका आन्दोलनमा सहिदको साहस र त्यागको हरेक नेपालीले बिर्सन नहुने बताए । बिरेन्द्रचोकमा नेपालको झन्डा र नेपालको चुच्चे नक्सा बनाएर सहिदको तस्वीर गरिएको कार्यक्रममा नगरका प्रबक्ता रमेशकुमार श्रेष्ठ लगायत सर्वसाधारणको समेत उपस्थिती रहेको थियो । नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीका अध्यक्ष लक्ष्मण पाठक,…

Read More

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ। त्यहाँको एउटा अदालतले खानसँगै पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष जेल सजाय तोकेको छ। उक्त मुद्दा वासिङ्टन र इस्लामाबादबिचको कूटनीतिक दस्ताबेजसँग सम्बन्धित छ। ती दस्ताबेजहरू आदानप्रदान हुँदा खान पाकिस्तानका प्रधानमन्त्री हुनुहुन्थ्यो । खानले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ध्वस्त पार्ने अमेरिकी षड्यन्त्र भएको दाबी गर्नुभएको थियो । प्रधानमन्त्रीको रूपमा विपक्षीहरूले अपदस्थ गरेका खानले भ्रष्टाचारको आरोपमा दोषी ठहरिएपछि तीन वर्षको जेल सजाय भोगिरहेका रहनु भएको छ । खानले आफूमाथि लगाइएका सबै आरोप राजनीतिक प्रेरित भएको दाबी गर्नुभएको छ । गोप्य…

Read More

अमृत बास्कुने, म्याग्दी बेनीमा माघ १६ बाट हुने सर्वाधिक पुरस्कार राशिको बिकु फ्यामिलि कप–२०८० फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । माघ १६ देखि २० सम्म बेनी बजारको खुल्लामञ्चमा हुने प्रतियोगिता सेभेन ‘ए’ साइड हुने छ । म्याग्दीको बेनी संगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–३ मल्लाजचोक पर्वत बेनीमा रहेको बिकु फ्यामिलीले आयोजना गरेको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको तयारी पुरा भएको अध्यक्ष सफल बुढाथोकीले जानकारी दिनुभयो । बेनी बजारको खुल्ला मञ्चमा हुने फुटबल प्रतियोगिता आयोजना स्थलमा आयोजना गरीएको पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफि सार्वजनिक गर्नुका साथै तयारीका बारेमा समेत जानकारी गराइएको थियो । प्रतियोगिताको पहिलो हुनेले एक लाख ४० हजार पुरस्कार प्राप्त…

Read More

अमृत बास्कुने नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले नेपाल कम्युनिष्ट पार्टी एमाले पहिलो पार्टी मात्रै नभएर ५१ प्रतिशत मत सहितको पार्टी बनाउनु पर्ने बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको १० औं अधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएको जिल्ला कमिटीको पदस्थापनमा बोल्दै उहाँले मुलुक निर्माणका लागि एमाले पहिलो शक्तिको रुपमा आउनु पर्ने र त्यसका लागि पनि ५१ प्रतिशत मत सहितको हुनु पर्ने धारणा राख्नु भएको हो । विगतमा भएका एमाले सरकारले पनि मुलुकको समुन्नतीका लागि प्रयास गरेको स्मरण गराउँदै भन्नुभयो–‘एमालेले नेतृत्व गरेका हरेक सरकारले जनपक्षिय काम गरेको छ त्यसैले अब मुलुकको समुन्नती साथै समृद्ध नेपाल सुखी नेपालीको चाहना…

Read More

अमृत बास्कुने नेकपा एमाले म्याग्दीको १० औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ जिल्ला कमिटी चयन भएको छ । बालकृष्ण सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । माघ १२ गते एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको अधिवेशनमा सहमतिको आधारमा सर्वसम्मत रुपमा जिल्ला कमिटी चयन भएको हो । नबनिर्वाचित अध्यक्ष बालकृष्ण सुवेदीलाई अध्यक्ष मण्डलका अध्यक्ष एवम् नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले प्रमाणपत्र प्रदान गर्नुका साथै सपथ गराउनु भएको थियो । नवनिर्वाचित अध्यक्षले प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै देशमा राजनैतिक पार्टीलाई हेर्ने हेराई नै परिवर्तनका लागि आफ्नो टिमले काम गर्ने बताउनुभयो । लोकतन्त्र कमजोर हुँदा राष्ट्रियता र सार्वभौमसत्ता…

Read More