Author: Amrit Baskune

म्याग्दीमा वैशाख महिनाको पहिलो सातासम्म एक हजार हेक्टर भन्दा बढी क्षेत्रफल वन क्षेत्र आगलागीले क्षति भएको छ । तीन सय ११ सामुदायिक वन हिमाली जिल्ला म्याग्दीको सय भन्दा धेरै सामुदायिक वनमा भीषण आगलागी भएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दी जिल्लाको अधिकांश क्षेत्र भिरालो जमिन भएको कारणले पनि उक्त आगोले गर्दा ग्रामीण बस्तीलाई नै अति जोखिम बनाएको डिभिजन वन कार्यालय म्याग्दीका सूचना अधिकारी विनयबहादुर अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “वन क्षेत्रमा फैलिएको आगलागीले गर्दा निस्केको धुवाँले पछिल्लो एक महिना यता वायु प्रदूषण पनि बढेको छ ।” त्यस्तै वनमा डढेलो लगाएको आरोपमा बेनी नगरपालिका–६, का यमबहादुर मिजारलाई प्रहरीले नियन्त्रणमा…

Read More

म्याग्दी जिल्लामा आयातित औलो रोगका बिरामीहरु हुनसक्ने सम्भावना भए पनि उचित परीक्षणका लागि प्रयोगशाला नहुँदा समस्या भएको छ । औलो रोग उन्मूलनको लक्ष्य प्राप्तिका लागि औलो रोगी शून्य हुनुपर्ने भए पनि जिल्लामै परीक्षणका लागि उचित प्रयोगशाला तथा अन्य दक्ष प्राविधिकहरु नहुँदा समस्या भएको हो। स्वास्थ्य कार्यालय म्याग्दीमै पनि रगतको नमुना परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठीले बताउनुभयो । लामखुट्टेको टोकाइबाट सर्ने रोग औलोको पहिचान गर्न समुदायस्तरमै पुगेर रगतको नमुना सङ्कलन तथा परीक्षण गर्नुपर्ने भए तापनि जनशक्ति तथा पूर्वाधारको अभावले गर्दा अभियान अगाडि बढाउन अप्ठेरो भएको उहाँको भनाइ छ । बेनीमा आयोजित अप्रिल २५…

Read More

शुक्रबारबाट सुरु हुने कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका  सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएका छन्। यसवर्ष चार लाख ९१ हजार ४९७ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेड वृद्धिका विद्यार्थी रहेको उहाँले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष १८ हजार विद्यार्थी बढेकाले परीक्षा केन्द्र पनि थप भएको उहाँको भनाइ छ । सबैभन्दा बढी परीक्षाकेन्द्र काठमाडौंमा छन्। जहाँ  १४४…

Read More

यामबहादुर थापा मगर नागी जानुभन्दा अगाडीको कसरत पर्यटनको विकासले देशको विकासमा टेवा दिएको हुन्छ भनेर खुब अखबार,न्युज र्पोटल र टेलिभिजनमा मैले सुन्छु र अध्ययन गरेको छु । तर नयाँ स्थानमा घुम्नका लागि समय नमिल्ने र परिवारसँगको परामर्श लिदा गर्न हुदैन है भन्दा पनि आर्थिक अभाव र रुचि मिल्दो साथी तथा समुह व्यवस्थापन गर्न बहुत गाह्रो हुने गरेको अवस्था थियो मलाई । आवद्ध भएका सस्थाहरुको कार्यक्रमहरुमा सहभागी हुने अवसर आयोजक र व्यवस्थापन पक्षको समन्वय र सहकार्य तथा सुचना विना नयाँ गन्तव्यका यात्राहरु अधुरा भएका छन् । कहिले काँही मेसो मिलाएर भ्रमण गर्ने र कार्यालयको कामको शिलशिलामा घुम्ने काम भएको छ ।…

Read More

अन्जु शर्मा लोकसेवा पास भएर म पहिलो नियुक्ति पत्र बोकेर देशको सुदुर पूर्वी जिल्ला झापा पुगें।लामो बाटो नाइट गाडी चढेर गएको मान्छे झण्डै दिनको  दुई बजेतिरमात्र अफिसमा हाजिर भएं।अब मलाई नजिकै डेरा खोज्नुथियो । भोकले पनि च्यापेको थियो । सोचें हल्का खाजा खाएर अरू कुराको बन्दोबस्ती गर्छु।म नजिकैको होटेल तर्फ अगाडि बढें । होटलको स्टाफ संग चिया मागेर पिउदै थिएं । होटलको प्राङ्गणमा एउटी सानी बच्ची मज्जाले हाँसेर खेलिरहेकी थिइन् । म बच्चीको खेल हेर्नमा मन्त्रमग्ध थिएं।एकजना वृद्ध होटेल भित्र पसिन् । मलाई र बच्चालाई खुब नियालेर ” बाबू! तपाईं  यो बच्चीको बाबा हो ?” पिउदै गरेको मेरो चिया सर्कियो…

Read More

शुक्रवारका दिन योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एबम् अनुसन्धान केन्द्र वागीश्वरीमा गैरआासीय नेपाली संघ र ललितपुर -२७ की आफै सिर्जित आर्टिस्ट एना ढकालबाट ई-लाइब्रेरी सहितको डेक्सटप कम्प्युटर २ थान र ल्यापटप २ थान पुस्तकालयका संयोजक डी आर पोखरेललाई एक समारोहका बीच हस्तान्तरण सम्पन्न भयो। ई लाइब्रेरीमा एक लाख साठी हजार विभिन्न विधाका पुस्तक रहेका छन् । डी आर पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वको रुपमा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उप- कूलपति इन्द्र रेग्मीले यस पुस्तकालयको विकास र अभिवृद्धिमा भरतपुर महानगरले हर तवरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । विशिष्ट अतिथि गैरआवासीय नेपाली संघका उपमहासचिव सोम सापकोटाले योगी नरहरिनाथ पुस्तकालय…

Read More

नयाँ वर्ष २०८१ को सुरुवात सगै योगी नरहरिनाथ गौ संरक्षण केन्द्र वागीश्वरीमा संरक्षित गाईलाई दीर्घकाल सम्म संरक्षण गर्ने उद्देश्यले विभिन्न धार्मिक तथा गौ भक्तजनबाट अक्षयकोषमा रकम जम्मा गर्ने कार्यमा वृद्धि भएको छ। गाईका शरीरमा सम्पूर्ण देवताहरू निवास गर्दछन । गाई आमासमान पूज्य छन् । हरेक धार्मिक कार्यमा गब्य अनिवार्य छ । गाईको यो महत्त्वलाई हृदयङ्गम गरी यस क्षेत्रमा २०४३ सालबाट राष्ट्रगुरु योगी नरहरिनाथले स्थानिय जातका गाईको संरक्षण गर्न शुरू गर्नु भयो । यसै क्रममा हाल २२५ भन्दा बढी गोबंश संरक्षित छन् । धर्म, संस्कार र संस्कृतिको रक्षार्थ गौ संरक्षण भन्ने मूल मर्मका साथ गाईलाई संरक्षण गरिएको छ । स्थानिय जातका…

Read More

हिमालपारीको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटक २९ जनाको लेक लागेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयका अनुसार आर्थिक वर्ष २०७८–७९ मा ६ जना, २०७९–८० मा १२ जना र चालु आर्थिक वर्षमा ११ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै भारतीय नागरिकहरू २० जनाको ज्यान गएको छ । त्यस्तै, सात जना नेपाली एक जना युक्रेन र एक जना थाइल्याण्डका नागरिकको लेक लागेर मृत्यु भएको हो । चालु आर्थिक वर्षको फागुनमा २ जना र चैत महिनामा ६ जनाको मृत्यु भएको प्रनाउ पाण्डेयले जानकारी दिनुभयो । अधिकांश ज्येष्ठ नागरिकको…

Read More

 म्याग्दी जिल्ला भित्रका अधिकांश पर्यटकीय स्थलहरूको जानकारी प्रदान गर्नका लागि स्थापित पर्यटक सूचना केन्द्र नव वर्षको अवसरबाट पुनः सञ्चालनमा आएको छ । जिल्लाभित्रका पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले बेनी नगरपालिका–८, कालिपुल बसपार्कमा पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याइएको हो । बेनी नगरपालिका, पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा २०७५ मा स्थापना गरेको पर्यटक सूचना केन्द्र कोरोना भाइरस र आन्तरिक व्यवस्थापनका कारणले बन्द अवस्थामा रहेको थियो । हिमालपारीको जिल्ला मुस्ताङ प्रवेशद्वारका रूपमा रहेको म्याग्दीको कालिपुलमा रहेको केन्द्रको नयाँ वर्ष २०८१ सालको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्यतामा पुनः औपचारीक रुपमा सञ्चालनमा ल्याइएको म्याग्दी उद्योग वाणिज्य सङ्घका…

Read More

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीको आयोजनामा नेपालीहरुको नयाँ वर्ष २०८१ सालको पूर्वसन्ध्याको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियानपान समारोह सम्पन्न गरिएको छ । शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले पछिल्लो समय देशमा अराजकता फैलाउने काम भैरहेकाले सबै राजनीतिक दलहरु एक भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले केही व्यक्ति र समूह चिहानघाटमा फ्याँकिएको राजतन्त्रको नारा बोकेर हिँडिरहेको बताउँदै नेपाली जनताको बलबाट चिहान पुगेको राजतन्त्र अब नफर्किने बताउनुभयो । आफ्नै परिवारको समेत रक्षा गर्न नसकेको र हत्याको छानविन सम्म गर्न नसकेका ज्ञानेन्द्रलाई पुनः राजा बनाएर देशको रक्षा हुने अपेक्षा गर्नु मुर्खता हुने उहाँको…

Read More