Author: Amrit Baskune

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको आयोजनाबाट २ सय ५ घरपरिवार लाभान्वित भएका छन्। उपभोक्ता समितिका अध्यक्ष दीपकबहादुर मल्लले संघीय सरकारको रु १ करोड ४४ लाख ७५ हजार एक सय १२ सहयोगमा आयोजना निर्माण भएको जानकारी दिए। ‘कोप्रे, बाङगेरा र लहरेनीको मुहानमा ‘इन्टेक’ बनाएर ल्याएको पानी ५०-५० लिटर क्षमताको तीनवटा रिजर्भ टयाङ्कीमा सङ्कलन गरी वितरण गर्न थालिएको छ’, उनले भने, ‘संरचना निर्माणको काम सकिएपछि दुई सय पाँचवटा घरमा मिटरसहित जडान भएका धारामा परीक्षणका लागि पानी वितरण गर्न थालिएको हो।’ परीक्षणका…

Read More

नेकपा एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघ जिल्ला कमिटी म्याग्दीको यूवा भेलाबाट तारा रानाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको भेलाबाट उपाध्यक्ष भिम कुमारी बिक, सचिव करुणा परियार,सह सचिब मनिषा परियार, कोषाध्यक्ष अमृता बर्देवा रहेका छन् । भेलाको अनेमासंघकी केन्द्रिय सचिव नरदेवी पुनले उद्घाटन गदैं यूवाहरुमार्फत पार्टीका विचार संगठित गर्ने र रचनात्मक कार्यहरु गर्नुपर्नेमा जोड दिनुभयो । भेलामा नेकपा एमाले गण्डकी प्रदेशभा सदस्य हरिकृष्ण श्रेष्ठ, खरमायाँ विटालु, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदी, अनेमा संघ म्याग्दीकी अध्यक्ष यसुदा रोका, जिल्ला समन्वय समिति म्याग्दीकी उपाध्यक्ष दिलकुमारी खत्री, नेकपा एमाले म्याग्दीका सचिव थमसरा…

Read More

म्याग्दी सदरमुकाम बेनी सँगै जोडिएको पर्वतको जलजला गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असाहय, गरिब, अपाङ्गता भएकालाई अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ । गाउँकार्यपालिकाले आफ्नो केन्द्र लामाखेतमा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष राजुप्रसाद आचार्यले गर्भवती तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म उपचारमा आउनका लागि निःशुल्क सेवाको शुभारम्भ गर्नुभएको थियो । गर्भवती र सुत्केरी अवस्थामा समयमै सवारीसाधनको उपलब्धता नहुने, सवारीसाधनले समेत चर्को शुल्क लिने गरेको गुनासोसँगै छिमेकी जिल्ला म्याग्दीको बेनी अस्पताल, पर्वत अस्पताल, बागलुङ जिल्लाको बागलुङ अस्पतालका साथै रिफर हुने अस्पतालसम्म कुनैपनि शुल्क नलिई आफ्नो एम्बुलेन्सले सेवा दिने गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । सेवा शुभारम्भ कार्यक्रममा…

Read More

अमृत बास्कुने साउन ११ गते । वर्षा पछिको पहिरोले ठुलो चट्टान ल्याएर सडकमा राखेपछि बेनी–जोमसोम–कोरला सडक खण्ड अबरुद्ध भएको छ । रघुगंगा गाउँपालिका–२ माथिल्लो बैशरी स्थीत शिरुबारीमा सडकमा चट्टान आएर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्ग सँग जोड्ने उक्त सडक अबरुद्ध हुँदा मुस्ताङको पवित्र तिर्थस्थल मुक्तिनाथ दर्शन तथा पुजा अर्चनाकालागि आउने साथै मुस्ताङ भ्रमणका लागि आउने आन्तरीक तथा बाह्य पर्यटकलाई सास्ती भएको छ । यस वर्षको मनसुन सुरु भए पछि म्याग्दी जिल्लामा बाढी तथा पहिरोले गर्दा असार ५ देखि हाल सम्म मुख्य सडकहरु नै ४० पटक भन्दा…

Read More

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना बाँचेका छन्। मृत्यु भएकामध्ये १७ जना नेपाली हुन् भने एक जना यमनका नागरिक रहेको खुलेको छ। बुधबार बिहान ११: १५ बजे काठमाडौंबाट पोखरा उडेको जहाज दुर्घटनामा परेको थियो। ३७ वर्षीय क्याप्टेन मनीष शाक्यलाई उद्धार गरी प्रहरीले केएमसी अस्पताल पुर्‍याएको छ। उनको अनुहारमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु भएका १८ जनाको पहिचान खुलेको छ। जहाजमा सौर्य एयरलाइन्सकै कर्मचारीहरू रहेका थिए। जहाजका को-पाइलट एस कटुवालको मृत्यु भएको छ। अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन…

Read More

काठमाडौं । जीवन बीमा कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लगातार दोश्रो पटक त्रिपल बि प्लस रेटिङ पाएको छ। रेटिङ एजेन्सी केयर रेटिङ नेपालले गरेको वित्तीय सबलता मूल्याङ्कनका आधारमा रिलायबल नेपालले लगातार चाैथो पटक त्रिपल वा त्योभन्दा माथिल्लो स्तरको रेटिङ पाएको हो । केयर रेटिङका अनुसार यो रेटिङ प्राप्त शेयर जारीकर्ता कम्पनीले पूर्व निर्धारित समयमै वित्तीय दायीत्व पुरा गर्ने सन्दर्भमा मध्यमस्तरको सुरक्षा सुनिश्चित गरेको हुन्छ। नेपालमा यस्तो कम्पनीले मध्यम स्तरको वित्तीय जोखिम धारण गरेको हुन्छ। सर्वसाधारणमा शेयर निष्काशन गरेको रिलायबल नेपालले अगस्त २०२१, अगस्त र २०२२ मा त्रिपल बि रेटिङ तथा जुन २०२३ अनि जुलाई २०२४ मा त्रिपल बि प्लस रेटिङ…

Read More

अमृत बास्कुने हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका ४ सिंगा तातोपानीमा रहेको प्राकृतिक चिकित्सालयको रुपमा लिइने तातोपानी कुण्डमा ‘सन्ध्याकालीन आरती’ शुरु गरिएको छ । भगवान महादेवको महिनाको रुपमा लिइने साउनको पहिलो सोमबारदेखि आरतीको थालनी गरिएको हो । सन्ध्या आरतीको शुभारम्भ कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले तातोपानी कुण्ड क्षेत्रको विकासमा नगरपालिकाले प्राथमिकताका साथ सहयोग गरेको बताउँदै कमीकमजोरी सुधार सहितको योजना सहित अगाडी बढ्नु पर्नेमा । गैर आवासिय नेपाली संघ(एनआरएनए) न्यूजिरल्याण्डका अध्यक्ष लालबहादुर केसीले तातोपानी कुण्डको विकासका साथै यस सँग जोडिएको धार्मिक आश्थालाइ पनि थप मजबुत बनाउका लागि पनि सन्ध्या आरती महत्वपूर्ण हुने बताउनुभएको थियो । कार्यक्रममा विश्व हिन्दु महासंघ सहित विभिन्न…

Read More

अमृत बास्कुने साउन ८ गते । साउन महिनाको पहिलो सोमबार पुजा अर्चना तथा दर्शनका लागि आएका भक्तजनले गलेश्वरधाममा तीन लाख ७२ हजार रुपियाँ भन्दा धेरै भेटी चडाएका छन् । गलेश्वर दर्शन तथा पुजा अर्चनाका लागि हिजो सोमबार बिहान साढे चार बजे देखि नै पुगेका भक्तजनहरुले चडाएको भेटि मंगलबार बिहान गणना गर्दा तीन लाख ७२ हजार तीन सय ७२ रुपियाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । पहिलो सोमबार आएका भक्तजनले दानपेटीका तथा अन्यत्र चडाएको भेटी गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार बिहान गणना गरेको थियो । मन्दिर क्षेत्र भित्र चडाएको रकम बिहान गणना गरेर बेनी स्थीत गरिमा…

Read More

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिराले यातायात प्रभावित बनाएको छ । स्तरोन्नतिका क्रममा रहेको बेनीबाट मुस्ताङ लेतेसम्मको खण्डमा रहेका पहिरो, कटान र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ । बर्खायामसँगै यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको ब्यभार बढेको छ । म्याग्दी खण्डमा ५० भन्दा बढी ठाउँमा साना–ठूला पहिरो र कटानका कारण बर्खायाममा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । “सडक विस्तारसँगै नयाँ–नयाँ पहिरा सिर्जना भएका छन”, उहाँले भन्नुभयो, “सडक छेउछाउका बस्तीमा पनि जोखिम बढाएको छ ।” म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका…

Read More

अमृत बास्कुने साउन ७ गते । हिमालपारीको जिल्ला मुस्ताङमा अदालतबाट फैसला भएर दोषि सावित भएका २२ जनालाई फरार सुचीमा रहेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले आर्थिक वर्ष २०८०÷०८१ मा ४ जना महिला र ९ जना पुरुषलाई गिरफ्तार गरी कैद तथा जरिवाना भुक्तानीका लागि जिल्ला अदालत मुस्ताङमा पेश गरेको भएपनि अझै २२ जना नियन्त्रणमा आउन सकेका छैनन् । आर्थिक वर्ष २०७९÷०८० मा १८ जना फरार रहेकोमा ४ जना गिरफ्तार गरी २१ दिन कैद र २४ हजार आठ सय २८ रुपियाँ जरिवाना रकम असुलउपरका लागि अदालतमा प्रहरीले पेश गरेको थियो । त्यस्तै गत आर्थिक वर्ष २०८०÷०८१ मा ३५ जना फरारहरु मध्ये…

Read More