Author: Amrit Baskune

मुस्ताङको घरपझोङ गाउँपालिकामा जिल्ला सदरमुकाम जोमसोम बजारसहितका स्थान पर्छन् । जिल्लामा साबिक मार्फा गाविस, टुकुचे गाविसका वडा नम्बर ८ र ९ र जोमसोम गाउँ विकास समितिलाई समेटेर घरपझोङ गाउँपालिका बनाइएको हो । पाँच वडा रहेको यो पालिकाको जनसङ्ख्या तीन हजार १८४ छ । घरपझोङको पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा, उत्तरमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, दक्षिणमा थासाङ गाउँपालिका र म्याग्दी छन् । सडक सञ्जाल पुगेपछि पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गरेको यो क्षेत्रको मुख्य सम्भावना पर्यटन र कृषि नै हो । गएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिई पालिका अध्यक्ष निर्वाचित हुनुभएका मोहनसिंह लालचनसँग घरपझोङका गतिविधि र भावी योजनाबारे गोरखापत्र दैनिकका लेखनाथ समाचारदाता फडिन्द्र अधिकारीले टेलिफोनमार्फत गर्नुभएको…

Read More

नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशालाको अवस्था नाजुक भएपछि आइतबार देखि सुरु हुने साफ यु–२० च्याम्पियनसिप फुटबल सातदोबाटोमा हुने भएको छ । दशरथ रङ्गशाला खेल्न नमिल्ने गरी बिग्रिएकोले च्याम्पियनसिप एन्फा मैदान सातदोबाटो सारिएको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले रङ्गशालाको अवस्था खेल्न नमिल्ने भएपछि खेल एन्फा मुख्यालयको एस्टो टर्फमा खेलाउन लागिएको जानकारी दिएको छ । एएफसी च्यालेन्ज कपको प्लेअपअन्तर्गत चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीबिच मङ्गलबार भएको खेलले दशरथ रङ्गशालाको अवस्था बिग्रिएको थियो । हिलाम्मे मैदान र खेलाडीको बिजोग अवस्थाबारे सर्वत्र आलोचना भएको थियो दशरथ रङ्गशालाको अवस्था देखेपछि दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले एन्फालाई मैदानको…

Read More

म्याग्दीको बेनी नगरपालिका-५, चिप्लेटीमा सञ्चालित डिम्ब आधारभूत विद्यालयमा मङ्गलवार सम्पन्न अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समितिको पुनर्गठन भएको छ । अभिभावकहरुको भेलाले पुनः तेस्रो कार्यकालका लागि हेमबहादुर खत्री (गोपाल)को अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय विव्यस पुनर्गठन गरेको हो । विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा ओमबहादुर किसान, चन्द्रबहादुर खत्री, कमला कार्की, तारा कार्की, बिमला कार्की, शिक्षक प्रतिनिधिमा खड्गबहादुर खत्री, वडा प्रतिनिधिमा वडा सदस्य देवीदत्त पौडेल र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद उपाध्याय चयन हुनुभएको छ । नवनिर्वाचित विव्यसको शिक्षा नियमावलीअनुसार तीनवर्षे कार्यकाल रहेको छ । अभिभावक भेला तथा विव्यस पुनर्गठन कार्यक्रमको उद्घाटन गर्दै पुलाचौरका वडा सदस्य डम्मरबहादुर बानियाँले नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक…

Read More

म्याग्दीको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ टिकोटमा बोलेरो जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । टिकोटबाट सदरमुकाम बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ बोलेरोमा सवार ६४ बर्षिय भिमबहादुर पुनको उपचारको क्रममा बेनी अस्पतालका चिकित्सकले मृत घोषित गरेका थिए । मृतक पुनको अनुहार र टाउकोमा गम्भीर चोट लागेको थियो । दुर्घटनामा चालक ३६ बर्षिय केशव पुन, ७१ बर्षिय बिरबहादुर पुन र ४१ बर्षिय कुमार पुनकको अवस्था सामान्य रहेको प्रहरी निरिक्षक राजन रायमाझीले बताए । ‘बोलेरोका चालक प्रहरीको नियन्त्रणमा छन्, सावधानी नअपाउँदा दुर्घटना भएको देखिन्छ, अनुसन्धान भइरहेको छ’ रायमाझीले भने । स्थानीयका अनुसार सडकबाट पछाडी गुडेपछि भिरबाट खस्दा स्थानीय भिमबहादुर पुन…

Read More

कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीबाट  चालु आर्थिक वर्ष २०८१÷०८२ मा म्याग्दी जिल्लामा सञ्चालन गर्ने वार्षिक कार्यक्रम सार्वजनिक भएको छ । सोमबार सदरमुकाम बेनीमा एक समारोहको आयोजना गरी चालु वर्षमा सञ्चालन हुने कार्यक्रमसहित वार्षिक बजेट सार्वजनिकीकरण गरिएको हो । चालु वर्षमा कृषि ज्ञान केन्द्रले जिल्लाभर कुल तीन करोड ३३ लाख २५ हजार रुपैयाँको लागतमा कृषिसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ । सार्वजनिकीकरण कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै केन्द्र प्रमुख बाँस्तोलाले कृषि प्रसार तथा तालिम, समुदायस्तरमा प्रशोधनयोग्य खायन आलु प्रवद्र्धन, खाद्यान्न तथा तरकारी बाली प्रवद्र्धन, सुन्तलाजात फलफुल विकास आयोजनालगायत ६१ वटा कार्यक्रमहरु सञ्चालन…

Read More

अमृत बास्कुने हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजार तथा धौलागिरी हिमालको दृष्यावलोकनका लागि निकै आकर्षक पर्यटकीय गन्तव्य लभ्लीहिलको मजदुरहरुले सरसफाइ गरेका छन् । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन(क्युपेक) नेपालको अगुवाईमा लभ्लीहील क्षेत्र सरसफाइ गर्नुका साथै फोहोर राख्नका लागि डस्टबिन समेत राखिएको छ । व्यवस्त कार्यतालिका हुने मजदुरहरुले आफ्नो कामबाट छुट्टी लिएरै पर्यटकीय स्थल लभ्लीहिलको सरसफाइ गरिएको क्युपेक नेपालकी केन्द्रीय सचिव बलादेवी राईले जानकारी दिनु भयो । आफै ज्याला लिएर काम गर्ने मजदुरहरुले आफ्नो ज्यालाबाट आएको रकम समेत छुट्याएर सामाजिक क्षेत्रमा समेत लगानी गर्ने गरेको उहाँको भनाई छ । सदरमुकाम बेनी नजिकै रहेको लभ्लीहिलमा आन्तरीक पर्यटकहरुको आगमन निकै…

Read More

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई प्रभावकारी एवं प्रविधिमैत्री बनाउन जरुरी रहेको बताउनु भएको छ । पोखरास्थित हुलाक निर्देशनालयको आज निरीक्षणपछि मन्त्री गुरुङले पुराना नीति, नियमलाई परिमार्जन गर्दै हुलाक सेवालाई समयसापेक्ष बनाउनुपर्ने बताउनु भयो । मन्त्री गुरुङले हुलाक सेवा प्रभावकारी हुन नसकेको गुनासो आइरहेको जानकारी दिँदै यसलाई कसरी प्रभावकारी र प्रविधिमैत्री बनाउने भन्ने बारेमा आफू चिन्तित रहेको बताउनुभयो । दुर्गम गाउँका जनतालाई शीघ्र सेवा प्रवाह गर्न सम्बद्ध कर्मचारी सधै सचेत हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । ‘पुरानो ढर्राबाट अब हुलाक सेवा चल्नेवाला छैन, तत्कालै परिवर्तन गर्न सकिने अवस्था पनि छैन, विस्तारै हुलाक सेवालाई प्रविधिमैत्री बनाउने योजनासहित काम अघि…

Read More

अमृत बास्कुने पछिल्लो समय लाइभ दोहोरी तथा अन्य प्रहसनहरुमा प्रसस्तै सुन्न पाइने नाम हो रबि कार्की । म्याग्दीको बेनी नगरपालिका–९ मा (साबिक घतान गाविस नेप्टेचौैर) जन्मीनुभएका कार्कीले हास्यव्यङ्ग्य बिधाबाट कला क्षेत्रमा पाइला अगाडी बढाउनुभएको थियो । बाबा हिराबहादुर कार्की र माता एकमायाँ कार्कीका माइला सन्तानका रुपमा २०४७ सालमा जन्मनु भएका कार्कीले विभिन्न आरोहअबरोहहरु पार गर्दै आउनु भएको छ । लाइभ कार्यक्रममा प्रसस्तै लोकदोहोरी गित गाउनु भएका कार्कीले दर्जन भन्दा बढी गितहरु रेकर्ड गराएरै बजारमा ल्याउनु भएको छ । आफ्नै सामाजिक सञ्जाल युट्युव मार्फत पनि विभिन्न गितहरु बजारमा ल्याउनु भएका कार्की अहिले लोकदोहोरी क्षेत्रमा अलिक व्यस्त कलाकारका रुपमै लिन सकिन्छ ।…

Read More

विश्वका जुनसुकै मुलुकमा पुगेर गुणस्तरीय शिक्षा लिन चाहने विद्यार्थीहरुलाई सहजीकरण गर्न एभरेष्ट ग्लोबल एजुकेसन कन्सल्टेन्सीले बेनी बजारमा एजुकेसन एक्सपो सम्पनन गरेको छ । म्याग्दीको सदरमुकाम बेनीमा एभरेष्ट ग्लोबल एजुकेशन कन्सल्टेन्सीले वैदेशिक शिक्षासम्बन्धी सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले एजुकेशन एक्सपो आयोजना गरेको थियो । एक्सपोमा शैक्षिक क्षेत्रका अगुवाका साथै विद्यार्थीहरुको भव्य सहभागिता रहेको थियो । हिमाली जिल्ला म्याग्दीका साथै यस क्षेत्रको वरपरबाट विदेशमा गएर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीको चाहनालाई लक्षित गर्दै आयोजित एक्सपोमा स्टाण्टन कलेजका नेपाल प्रमुख तिर्थराज जोशी र चेओङगन कलेजका चिप म्यानेजर आलोक बस्ताकोटी लगायतले शैक्षिक पद्धति र संस्थाहरू, शैक्षिक सुविधा, विदेशमा गएर अध्ययन गर्ने समयमा…

Read More

काठमाडौं । खेल्न सुरु गरेपछि एक दिन त्यसबाट टाढिनुपर्छ । यो त स्वाभाविक नियति न हो । कुनै दिन त्यस्तो आउने छ, जतिबेला अरुणा शाहीले भलिबलबाट संन्यास लिने छिन् । त्यतिबेला उनको सही पहिचान हुनेछ, ‘ट्र्यु लिजेन्ड’ को । यो प्रसंग किनभन्दा उनले संन्यास लिन लागेकी होइनन् । बरू अहिले नै आँकलन मात्र हो, त्यतिबेला उनको परिचय दिँदा सबैभन्दा उपयुक्त शब्द के हुन्छ भनेर । भर्खरै अरुणाकै नेतृत्वमा नेपालले काभा वुमन्स नेसन्स लिग भलिबल खेल्यो र उपविजेतामै चित्त बुझायो । फेरि एकपल्ट उपाधिसम्मको यात्रामा भारतले अवरोध पुर्यायो । फाइनलपछि मिडियासामु प्रस्तुत हुँदा त्यसको कारण खोज्ने क्रममा अरुणासँग शब्दको कमी देखिन्थ्यो…

Read More