Author: Amrit Baskune

म्याग्दी बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संघको तेश्रो साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । शनिबार म्याग्दी  क्याम्पसको सभाहलमा सम्पन्न अधिबेशनले अर्जुन पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नव निर्बाचित समितिको उपाध्यक्षमा देबेन्द्र पौडेल, सचिवमा प्रभा शर्मा, सहसचिव शैलेश श्रेष्ठ कोसाध्यक्षमा सुमित्रा थजाली रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा हरिकृष्ण गौतम, कृष्ण बहादुर जिसी, जीवन मल्ल, सन्दिप खत्री, प्रेम नेपाली, शारदा शर्मा, भीमनाथ शर्मा, मिन परियार, र इन्द्रबहादुर बरुवाल रहनुभएको छ । साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख एवं म्याग्दी क्याम्पसका पुर्व विद्यार्थी राजकुमार थापाले म्याग्दी क्याम्पसबाट शैक्षिक यात्रा पुरा गरेका हजारौ विद्यार्थीहरुलाई…

Read More

अमृत बास्कुने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको वार्षिकोत्सवको अवसर पारेर सामाजिक कार्य गरेको छ । कम्पनिको धौलागिरी एरिया शाखाले साविकको धौलागिरी अञ्चालका विभिन्न स्थानमा सामाजिक कार्य गरेको हो । कम्पनिले आफ्नो ७ वर्षपुरा भएर ८ औं वर्ष प्रवेशको अवसर पारेर म्याग्दी पर्वत र बागलुङमा सामाजिक उत्तरदायित्व अन्तरगतको कार्य गरेको हो । कम्पनिले पर्वतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सँग सहकार्य गरेर ट्रफिक चिन्हहरु रााख्ने काम गरेको छ । त्यस्तै बागलुङमा पनि ट्राफिक प्रहरी संग सहकार्य गरेर ट्रफिक चिन्ह राख्नुका साथै भगवती मन्दिरमा फोहोर व्यवस्थापनका लागि डस्टबिन प्रदान गरिएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका धौलागिरी एरिया म्यानेजर देवेन्द्र घिमिरेले जानकारी दिनुभयो ।…

Read More

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी आम निर्वाचनसम्म जाने ठोकुवा गर्नुभएको छ । पोखरामा आज बिहान पत्रकारसम्म कुराकानी गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले यस्तो बताउनु भएको हो । अहिले सत्ता समीकरणबारे प्रश्न उठाउनुपर्ने कुनै कारण नभएको बताउँदै उहाँले समीकरण भत्किने कारण पनि नरहेको प्रष्ट पार्नुभयो । ‘हाम्रो सरकार के कारणले ढल्छ ? निश्चित उदेश्य तय गरेर दुई ठूला दलबीच सत्ता सहकार्य भएको छ । सरकार चलाउनको लागि तेस्रो पार्टी चाहिएकै छैन । त्यसैले सरकार ढल्ने कुरै छैन,’ पोखरामा आज बिहान पत्रकारसम्म कुराकानी गर्दै सञ्चारमन्त्री गुरुङले भन्नुभयो । उहाँले सत्ता समीकरणका प्रमुख दल कांग्रेस सभापति शेरबहादुर…

Read More

अमृत बास्कुने भदौ १५ अर्थात् राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर म्याग्दी सामुदायिक पुस्तकालयले कबिता प्रतियोेगिता आयोजना गरेको छ । म्याग्दी जिल्ला भित्रबाट विभिन्न विद्यालयका ११ जना प्रतिस्पर्धीले सहभागिता जनाएको उक्त प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयका टेनिस छन्त्यालले पहिलो स्थान हासिल गर्नुभयो । त्यस्तै लिटिल गार्डेन एकेडेमीका दिक्षा पौडेल दोश्रो, बेनी सामुदायिक माध्यमिक विद्यालयका अभिशेक पौडेल तेश्रो र न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालयका रिचा पौडेलले सान्त्वना स्थान हासिल गर्नुभएको थियो । विजेताहरुले पहिलो हुनेले नगद दुई हजार पाँच सय, दोश्रो हुनेले दुई हजार, तेश्रो हुनेले एक हजार पाँच सय र सान्त्वना स्थान हासिल गर्नेले पाँच सय रुपियाँ नगद सहित प्रमाणपत्र प्राप्त…

Read More

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) सहभागी हुने आठ वटै फ्रेन्चाइज टोलीकोे नाम सार्वजनिक गरेको छ । क्यान कार्यसमितिको बैठकले आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुने लिगमा सहभागी टोलीको नाम तय गरेको हो । क्यानका अनुसार लिगमा विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले सहभागिता जनाउने छन् । क्यानले दुई वर्षअघि भारतीय कम्पनीलाई नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी दिएको थियो । तर उक्त लिग खेल मिलेमतो र आर्थिक अनियमितिता लगायत विषयमा विवादित बनेपछि क्यानले त्यसलाई रद्ध गरेर आफै एनपिएल आयोजना गर्ने निर्णय गरेको हो । क्यानले विगतबाट शिक्षा लिएर एनपिएललाई भारतमा हुने फ्रेन्चाइज लिग…

Read More

बलपूर्वक व्यक्ति बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा द्वन्द्व पीडित तथा नागरिक अगुवाहरुले म्याग्दीको बेनीमा ०८१ भदौ १४ गते दिप प्रज्ज्वलन गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका पाँच संघसंस्थाहरुले बेनी नगरपालिकामा दिप प्रज्ज्वलन गरेका हुन् । २०६० चैत ७ गते म्याग्दी आक्रमण हुँदा दोहोरो भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको खम्बाको अगाडी गरिएको दिप प्रज्ज्वलनमा बेनी नगरपालिकाकी उपप्रमुख ज्योती लामिछाने लगायतको सहभागिता रहेको थियो । बेपत्तासम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी अनुमोदन गर, बलपूर्वक बेपत्ता नागरिकको स्थिति सार्वजनिक गर, आत्मसम्मान सहितको परिपूरण सुनिश्चित गर, स्वतन्त्र र शक्तिशाली आयोग गठन गर भन्ने नारा सहितको व्यानरमा कार्यक्रमको आयोजना गरिएको थियो ।…

Read More

यो जिन्दगी के जिन्दगी दुखमा डुब्ने जिन्दगी सुखमा कट्ने जिन्दगी न त यहाँ दुखको गहिराइनै भेटिन्छ न त यहाँ सुखको उचाइनै भेटिन्छ हाँसो र आँसुको दह हो जिन्दगी पिडा र व्यथाको वह हो जिन्दगी सुख र दुखको भेल हो जिन्दगी मिलन र विछोडको खेल हो जिन्दगी दुइ मुटुको सङ्गम हो जिन्दगी समाजमा बाँधिने बन्धन हो जिन्दगी जीवन र मृत्युको दोबाटो जिन्दगी मरेपछी केही छैन् माटो हो जिन्दगी

Read More

बिपद्को समयमा तत्काल उद्दार तथा राहतका लागि खट्नका लागि तयार पारेको क्युआरटी टिमले बेनी नगरपालिका ५ मा गत भदौ ८ गते बाढीले क्षती पुर्याएको घरमा सरसफाइ गरेको छ  । नेकपा एमाले जिल्ला कमिटि म्याग्दी मातहत रहने गरी तयार पारीएको क्युआरटीले बिहीबार बिहान बेनी नगरपालिका ५ बगुगाखोला स्थीत आदेवी घिमिरेको पक्की घर भित्र थुप्रेको बाढीको लेदो सरसफाइ गरेको एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । क्युआरटी हरेक स्थानीय तहका अध्यक्षको कमाण्डमा निर्माण गरिएको र विपद्का समयमा क्युआरटी तत्काल सम्बन्धित स्थानमा पुगेर राहत उद्धार तथा अन्य कार्यमा खट्ने गरेको उहाँको भनाइ छ । २०८१ भदौ ८ गते बेनी नगरपालिका ५ बगुवा…

Read More

सरकारले १० अर्ब रुपियाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । बोलकबोलमार्फत ब्याजदर निर्धारण हुने गरी बुधबार उक्त ऋणपत्र निष्कासन गर्न लागिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । ऋणपत्रको अवधि तीन वर्षको हुने छ । कार्यालयले ऋणपत्र खरिद गर्न इच्छुक बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई आग्रह गरेको छ । खरिद गर्न इच्छुकले बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमा सहभागिता जनाउन सक्ने छन् । सरकारले आन्तरिक ऋण उठाउनका लागि यस किसिमका ऋणपत्र निष्कासन गर्ने गर्छ । गोरखापत्रबाट

Read More

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को निर्वाचनको पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको छ । मङ्ललबार राती आएको मत परिणाम अनुसार महिला उपाध्यक्षमा जयन्ती राई विजयी हुनुभएको छ । उहाँले १८९ मत ल्याएर विजयी हुनुभयो । उहाँले राजकुमारी झाक्रीलाई पराजित गर्नुभएको हो । झाक्रीले ११२ मत ल्याउनुभयो । त्यस्तै, मधेश समुदायको उपाध्यक्षमा धर्मनाथप्रसाद साह विजयी हुनुभयो । उहाँले १६४ मत ल्याउनुभयो । रामचन्द्र झाले १४४ मत ल्याउनुभयो । उपाध्यक्षमा ११ जनाको प्रतिस्पर्धा भएकोमा डा.गगांलाल तुलाधर १८९, जगन्नाथ खतिवडा १५१, भानुभक्त जोशी १५६ र प्रकाश ज्वालाले १३९ मत ल्याएर विजयी हुनुभयो । उपमहासचिवममा मेटमणि चौधरीले १५८ मत ल्याएर विजयी हुनुभयो । त्यस्तै रामकुमार खड्का…

Read More