Author: Amrit Baskune

अमृत बास्कुने  मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा रहेको कागबेनीधाममा दिवङ्गत पितृका नाममा श्राद्ध तथा पिण्डदान र तर्पण दिन देशका विभिन्न जिल्लाका साथै भारत तथा अन्य मुलुकबाट धार्मिक तीर्थालु आउने गरेका  छन् । यहाँ सोह्रश्राद्धदेखि नै पितृतर्पण गर्नेको घुइँचो लाग्ने मुस्ताङको कागबेनीमा पछिल्लो २२ वर्षभन्दा धेरै समयदेखि पुजारीका रूपमा रहनुभएका पुजारी बालकृष्ण सुवेदीले बताउनुभयो । यस पटक सोह्रश्राद्धको समयमा बर्सातका साथै बाढीपहिरोले सडक अवरुद्ध हुँदा पनि दर्शनार्थीको आगमनमा कमी नभएको उहाँले बताउनुभयो । उहाँले धार्मिक यात्रा तथा पितृतर्पणका लागि आउने भक्तालुका लागि आवश्यक सङ्ख्यामा पुजारी कागबेनीमा व्यवस्था गरिएकोे जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “कागबेनीमा पितृतर्पणका लागि आउने तीर्थालुलाई सहज होस् भनेर नौ जना पुजारी कागबेनी…

Read More

सर्वोच्च  अदालतले गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो । मनाङे मनाङ (ख) बाट दोस्रो पटक स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित हुनुभएको थियो । यसअघि, उच्च अदालत पाटनले उहाँलाई दोषी ठहर गरेकोमा उच्चको फैसलाविरुद्ध सर्वोच्चमा परेको निवेदनमा सर्वोच्चले दाबी नपुग्ने ठहर गर्दै उच्चकै फैसला सदर गरेको हो । उच्चले उहाँलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । फैसला अनुसार मनाङेले अब तीन वर्ष जेल बस्नुपर्छ । यसअघि नै ज्यान मार्ने उद्योगको अभियोगमा उहाँ दुई वर्ष जेल…

Read More

विश्व शक्तिराष्ट्र अमेरिकामा राष्ट्रपति चुन्नका लागि हुने निर्वाचन मङ्गलबार सम्पन्न हुँदै छ । निर्वाचनको प्रमुख दिन नोभेम्बर ५ अर्थात् मङ्गलबार राष्ट्रपति चयन गर्न अमेरिकी नागरिक तम्तयार देखिएका छन् । अमेरिकी इतिहासमा ४७ औँ राष्ट्रपति चयन गर्ने निर्वाचनमा १६ करोड ६४ लाख मतदाताले मतदानमा भाग लिँदै छन् । विभिन्न राज्यमा शृङ्खलाबद्ध रूपमा भइरहेको मतदानको पहिलो चरणसम्म आइपुग्दा झन्डै आठ करोड नागरिकले मतदान गरिसकेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प उम्मेदवार हुनुहुन्छ । ह्यारिस अश्वेत महिलाका रूपमा हालसम्मकै चर्चित राष्ट्रपतिको उम्मेदवार दरिनुभएको छ । अर्कोतर्फ व्यापारिक सोचसँगै साम,…

Read More

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित छात्रावासलाई अनिवार्य रूपमा आफू मातहत आउन निर्देशन दिएको छ । छात्रावास सञ्चालनलाई व्यवस्थित र मर्यादित, सुरक्षित र पारदर्शी बनाई छात्रावासको व्यवस्थापनमा एकरूपता ल्याउन तथा छात्रावासभित्र बस्ने छात्रछात्राको हितलाई सुनिश्चित गराउन महानगरपालिकाले यस्तो निर्देशन दिएको हो । विगतमा जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति लिएर महानगरपालिकाभित्रको वडामा मात्रै दर्ता हुने गरेका छात्रावासलाई महानगरपालिकाको शिक्षा विभागले आफू मातहत ल्याउन लागेको हो । गत वर्ष काठमाडौँ महानगरपालिकाले छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड, २०८० जारी गरेको थियो । उक्त मापदण्डमा छात्रावास सञ्चालनका लागि न्यूनतम सर्त पनि तोकिएको छ तर अहिलेसम्म महानगरपालिकाभित्र कति वटा छात्रावास सञ्चालनमा छन् भन्ने यकिन तथ्याङ्कसमेत छैन । महानगरपालिकाले बनाएको मापदण्डको दफा ३ मा छात्रावास…

Read More

 म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज साँझदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी राजकुमार केसीले आज दिउँसोदेखिको वर्षातका कारण सडकमा पहिरो खसेर सवारी साधन आवत–जावत रोकिएको जानकारी दिनुभयो । वर्षा नरोकिएको, रात परिसकेको र निरन्तर पहिरो खसिरहेकाले रातको समयमा बेनी–जोमसोम सडकमा यात्रा नगर्न उहाँले आग्रह गर्नुभयो । बेनी–जोमसोम–कोरला सडक आयोजनासँग समन्वय गरेर मङ्गलबार बिहानैदेखि पहिरो पन्छाएर सडक सञ्चालन गराउन पहल गरिने ट्राफिक प्रहरी कार्यालयका प्रमुख केसीले बताउनुभयो । सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण…

Read More

लामो समयदेखि मनाइँदै आइएको पुरानो मध्येको एक पर्व मंगला गाउँपालिका –३ र ४ नम्बर वडाका ५४ कुरिया मगरहरुले विविध विधिसहित आगादेऊ पर्व सम्पन्न गरेका छन् । १३ औँ सताब्दीदेखि निरन्तर हुँदै आएको संस्कार आगादेउ पुजा मंगला गाउँपालिका –३ बरंजामा तिहारको दिनमा मुडुलो लखेटेपछि सकिएको हो । मंगला गाउँपालिका –३ र ४ मा मुख्य बसोबास रहेको ५४ कुरीया मगरहरुले यो पर्व हरेक एक वर्ष विराएर मनाउँदै आएका छन् । यम पञ्चक शुरु भएसँगै सुरु भएर तिहारको टीका लगाएपछि मुडुला लखेटेपछि आगादेउ पर्व सकिन्छ । आगादेउ पुजामा स्थानीय ५४ कुरिया मगरहरुको मात्र सहभागितामा हुने गर्दछ । १३ औं शताब्दीमा बरंजा क्षेत्रमा आएका…

Read More

यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ । मौसमविद् सञ्जिव अधिकारीले आज पनि मौसम बदली भई भाइटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिनुभयो ।  “आइतबार (भाइटीकाको दिन) कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थान तथा तराईका केही भू–भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ, काठमाडौँ उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुन सक्छ,” उहाँले भन्नुभयो, “तर पानी परे पनि क्षणिक रुपमा पर्ने…

Read More

काठमाडौँ, कात्तिक १७ गते । हङकङ सिक्सेसमा नेपालले लगातार दोस्रो जित निकालेको छ । पूल ‘बी’को अन्तिम खेलमा नेपालले शनिबार बिहान अस्ट्रेलियामाथि ११ रनको जित निकालेको हो । इंग्ल्याण्डलाई पहिलो खेलमा ६ विकेटले हराएको नेपाल यो जितसँगै पूल ‘बी’को विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको थियो । ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया सय रनमा समेटिएको हो । अस्ट्रेलियाका लागि ज्याक उडले अर्धशतक पूरा गर्नुभयो । ६ छक्का र चार चौका प्रहार गर्दै उहाँले ५५ रन जोड्नुभएको हो । नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिनुभयो । दुई ओभर बलिङ…

Read More

बेनी नगरपालिका–८ को नेप्टेचौर जाने चोकमा बिहानैदेखि ह्वीलचियरमा बसेर ग्राहकको प्रतिक्षा गर्नुहुन्छ ४८ वर्षीय अमरबहादुर दमैले । बेनी नगरपालिका–३ भकिम्लि स्थायी बसोबास रहेका उहाँलाई हरेक दिन ५१ वर्षीया पत्नी जुना दमैले त्यहाँसम्म ल्याएर राख्ने गर्नुहुन्छ । फलफूलहरू खोजेर ल्याइदिए पछि नगरपालिकामा सरसफाईका लागि जुना जानुहुन्छ भने अमरले दिनभर स्याउ तथा अन्य मौसम अनुसारका फलफूल बेच्दै बस्नु हुन्छ । हरेक दिन पत्नीले त्यस स्थानसम्म सामानहरू र आफूलाई ल्याएर छाड्ने र आफूले दिनभर व्यापार गर्ने अमरको भनाइ छ । सन् २००७ मा वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स पुग्नु भएका अमरले सात वर्ष वैदेशिक रोजगारी पछि छुट्टीमा नेपाल आएको समयमा एक्कासी रक्तचापको…

Read More

सन्दिप जोराले १२ बलमा ५० रन बनाएपछि हङकङ सिक्सरमा नेपालले इङल्याण्डलाइ छ विकेटले पराजित गरेको छ ।  २०औं द हङकङ सिक्सेस प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रवार नेपालले इङ्ग्ल्याण्डलाइ ६ विकेटले पराजित गरेको हो । खेल मिसन रोड ग्राउण्डमा नेपाली समय अनुसार शुक्रवार बिहान ७ः१० बजे सुरु भएकाे थियो । ३ पटकको च्याम्पियन इङ्ग्ल्याण्डलाइ पराजित गर्दा नेपालकालागि कप्तान सन्दिप जोराले सर्वाधिक ५० रन प्राहर गरेर रिटायर्ड हट हुनभएको थियो । त्यस्तै लोकेस बमले २० र रसिद खानले २१ रन बनाउनु भएको थियो । टस जितेर फिल्डीङ रोजेको नेपालका सामु इङ्ल्याण्डले ९८ रनको बिजय लक्ष प्रस्तुत गरेको थियो । पहिलो पटक हङकङ सिक्सरमा…

Read More