Author: Amrit Baskune

अमेरिकी ब्याट्सम्यान एन्ड्रिस गौस र दीनेश खरेलले विस्फोटक ब्याटिङ गरेपछि पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हरायो । जितका लागि एक सय ७१ रनको चुनौती पूर्ण लक्ष्य पोखराले १६.५ ओभरमा विनाविकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । पोखराका लागि एन्ड्रिसले ऐतिहासिक शतक पूरा गर्नुभयो । उहाँले ५५ बलमा १२ चौका र पाँच छक्काको सहयोगमा अविजित एक सय चार रन बनाउनुभयो । यो जारी एनपीएलमा कुनै पनि खेलाडीले एउटै इनिङ्समा बनाएको सर्वाधिक रन हो । एन्ड्रिस प्लेयर अफ दि म्याच हुनुभयो । यस्तै ओपन दीनेशले अविजित ६१…

Read More

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताउनुभएको छ। प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किनुभएको हो। फर्किनुभएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ भएको र त्यसबाट नेपाललाई लाभ हुने बताउनुभएको हो। “भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत विभिन्न परियोजनाहरुको सम्झौता भएको छ, जुन सम्झौताबाट नेपालले अधिकतम लाभ लिने सक्नेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हरेक परियोजनाअन्तर्गतपछि छुट्टै छलफल र सम्झौता गर्छौं।” नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ ९बिआरआई० सहकार्यको फ्रेमवर्कमा सम्झौता भएको छ। बेइजिङमा भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका…

Read More

नेकपा एमाले म्याग्दी जिल्ला कमिटीका लागि प्रशिक्षक प्रशिक्षण शुरु भएको छ । नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव प्रदिप ज्ञवालीले एमाले म्याग्दीका अगुवा कार्यकर्तालाई तीन दिन सम्म प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । दक्षिणपन्थी अवसरबाद र संगथनात्मक अराजकतालाईअन्त्य गरौं, जबजकोमार्गदर्शनमा समाजबादको आधार निर्माण गरौं भन्ने मुल नाराका साथ नेकपा एमाले पार्टी स्कुल विभाग म्याग्दीले जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण शिविरको आयोजना गरेको हो । एमाले म्याग्दीलाई चुस्त र बैचारीक शक्ति निर्माण गर्नका लागि आयोजित प्रशिक्षण शिविरमा जिल्ला कमिटी सदस्यहरुको सहभागिता रहेको एमाले म्याग्दीले जनाएको छ । प्रशिक्षणमा सामाजिक रुपान्तरण र माक्र्सवादी विश्वदृष्टिकोण, संगठन निर्माण, व्यवस्थापन र परिचाल,…

Read More

असोक अधिकारी स्थानीय तहका ४४ स्थानमा रिक्त पदका लागि मङ्सिर १६ गते सम्पन्न निर्वाचनको परिणामले राजनीतिक परिवर्तनका लागि बलिदानीपूर्ण सङ्घर्ष गरेकै दललाई जनअनुमोदन प्राप्त भएको देखिएको छ । तीन पदमा निर्विरोध भएपछि ४१ पदका लागि भएको निर्वाचनमा राणाशासनदेखि पञ्चायत, शाहवंशीय निरङ्कुशतासम्म लडेका राजनीतिक दललाई नै नागरिकले स्थानीय सरकारको नेतृत्व सुम्पिएका हुन् । राजनीतिक विश्लेषक एवं अग्रज लेखकहरूले पनि राजनीतिक रूपान्तरणका लागि त्याग, बलिदान र सङ्घर्ष गरेका राजनीतिक दललाई जनमत प्राप्त भएको बताएका छन् । राणाशासन, पञ्चायत हुँदै सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न जनआन्दोलन र सशस्त्र सङ्घर्ष गरेका दललाई खबरदारीसहित स्थानीय सरकारको सत्ता चलाउने जनादेश दिएको उनीहरूको भनाइ छ ।…

Read More

चिनियाँ राष्ट्रपति सी चिन फिङलेले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि चिनियाँ राष्ट्रपति सीले सहयोग रकम घोषणा गर्नुभएको हो। चिनियाँ पाँच सय मिलियन आरएमबी अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको हो। यो रकम नेपाली रुपियाँ नौ अर्ब हुन्छ। नेपालका प्रधानमन्त्री ओलीले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी र चिनियाँ राष्ट्रपतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो। मङ्गलबार बिहान ओली र चिनियाँ प्रधानमन्त्री ली चियाङबीच बेइजिङमा भेटवार्ता भएको हो। उहाँहरूको उपस्थितिमा दुई देशका अधिकारीहरूले पारस्परिक सहयोगका लागि विभिन्न नौ वटा सहमतिपत्रमा हस्ताक्षर भएको छ।  सहमतिपत्रमा आर्थिक सहकार्य, व्यापार प्रवर्धन र भौतिक संरचना निर्माणका…

Read More

अमृत बास्कुने  ग्रामीण भेकमा पूजाअर्चना तथा धार्मिक कार्यमा प्रयोग हुने जुनेलो लोप हुँदै गएको छ । पूजाअर्चना तथा धार्मिक कार्यमा चढाउनका लागि जुनेलो भुटेर राखिने गरिन्थ्यो । तर अचेल भने जुनेलो औषधीकै रूपमा प्रयोग गर्नसम्म पनि पाउन मुस्किल हुन थालेको छ । धार्मिक कार्य तथा पूजाअर्चना मात्रै नभएर ग्रामीण भेकमा दिनको समयमा खाजाको रूपमा समेत जुनेलो प्रयोग हुने गर्दथ्यो । स्वास्थ्यका लागि पनि निकै राम्रो हुने जुनेलो अचेल देख्न पनि मुस्किलै हुन थालेको भन्नुहुन्छ बेनी नगरपालिका–४ बास्कुनाका शेरबहादुर केसी । बेनी नगरपालिका–४ चनौटेकी उमा गुरुङले जुनेलो एवम् दलहन अनाज बोडी, स्याल्टुङ पनि अहिले उत्पादन हुनै छाडेको बताउनुभयो । उहाँ भन्नुहुन्छ,…

Read More

हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा पछिल्लो दुई दशकदेखि लगातार जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता जारी छ । उक्त प्रतियोगिताको २२ औं संस्करण सोमबारदेखि म्याग्दीको बेनीमा सुरु भएको छ । सन २००० देखि निरन्तर रुपमा आयोजना हुँदैआएको जिल्ला स्तरीय अन्तरमावि (कक्षा १० सम्म) जेसीज कप फुटबल प्रतियोगिताको बेनी नगरपालिका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । म्याग्दीमा विद्यालय तहमा निकै लोकप्रिय मानिने जेसीज कप फुटबल प्रतियोगिताको २२ औं संस्करणमा जिल्लाका २० विद्यालयले सहभागिता जनाएको म्याग्दी जेसीसका अध्यक्ष दिनेश बानियाँले बताउनुभयो । सोमबार उद्घाटन भएको प्रतियोगिताका खेलहरु मंगलबार सुरु भएर आउँदो शनिवारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी विद्यालयलाई गत वर्षको…

Read More

अमृत बास्कुने हिमालपारिको जिल्ला मुस्ताङका आफैँमा एक प्रयोगशाला हो । मुस्ताङ फरक रहनसहन मात्रै नभएर फरकपनको अध्ययनका लागि पनि प्रख्यात छ । यस्तै फरक प्रथा हो मुस्ताङको मुखिया प्रथा । जिल्लाका हरेक गाउँमा मुखिया रहन्छन् । बाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिका –१ का वडा सदस्य एवम् मुक्तिनाथ रानीपौवाको पुराङ गाउँका पूर्व मुखिया पेम्बा छिरिङ गुरुङका अनुसार गाउँमा हुने गाउँलेका काम गर्नु मुखियाको मुख्य जिम्मेवारी हो, पुराङ गाउँका मुखियाको कार्यकाल एक वर्षको हुन्छ । मुखिया भएपछि मुखियाले गाउँमा बसेर जनताको काम गर्नु गराउनुमै व्यस्त हुनुपर्ने हुन्छ । मुखिया जनताका सेवामै तल्लीन हुनुपर्ने उहाँको भनाइ छ । गाउँको पुरानो दस्ताबेजअनुसार मुखियाको तीनवर्षे कार्यकाल हुन्थ्यो ।…

Read More

अमृत बास्कुने पछिल्लो समय देशमा राम्रा चलचित्रहरु निर्माण भै रहेको भए पनि म्याग्दीमा हल सञ्चालन नहुँदा समस्या भएका दर्शकहरुका लागि अब बेनीमै चलचित्र हल सञ्चालनमा आएको छ । बेनी नगरपालिका–८ बेनीका अनोद श्रेष्ठले शिब चलचित्र मन्दीर सञ्चालनमा ल्याउनु भएको हो । म्याग्दीमा हाल कुनै पनि चलचित्र हल नभएकोमा श्रेष्ठले आवश्यक प्रकृया पुरा गरेर हल सञ्चालनम ल्याउन लाग्नु भएको हो । सम्पूर्ण तबरले प्राविधिक कामहरु पुरा भएको छ अब मंलबारदेखि चलचित्र प्रदर्शन गरिन्छ– अनोद श्रेष्ठले जानकारी दिनुभयो । म्याग्दीमा लामो समय सम्म चलचित्र प्रदर्शन हुन सकेको थिएन । हल तथा अन्य प्राविधिक पाटोहरुले गर्दा केही ढिलाइ भएको भए पनि अहिले सबै…

Read More

नेपाली सेनाको राष्ट्रिय सेवा दलको जुनियर डिभिजनद्वारा म्याग्दीको मंगला गाउँपालिका–१,दिपशिखा माविमा सञ्चालित ७९ दिनसम्म तालिम सकिएको छ । नेपाली सेनाको शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीको संयोजनमा विद्यालयको प्राङ्गनमा आधारभूत तहको तालिम समापनसँगै नवलपरासीको हात्तीखोरमा थप २१ दिनको तालिम सहित अतिरिक्त क्रियाकलापका लागि विद्यार्थी र प्रशिक्षकलाई विदाई गरिएको छ । तालिममा अध्ययनरत छात्र १८ र छात्रा १८ जना गरी कुल ३६ जना विद्यार्थीहरु सहभागी थिए । विद्यालयमा विद्यार्थीले शारीरिकका साथै एरोबिक्स, तेक्वान्दो पिटी, मास पिटी, सैनिक ज्ञान, ड्रिल, खुकुरी ड्रिल, एफसी–बिसी, नक्सा अध्ययन, विपद् व्यवस्थापन र जुनियर डिभिजन तालिमका विभिन्न विषयमा जानकारी लिएका थिए । त्यस्तै अब थप २१ दिन चल्ने…

Read More