काठमाडौं- गोरखाबाट काठमाडौका लागि उडेको फिस्टेल एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव काठमाडौं ल्याइएको छ। उनीहरुको शव पोप्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। हेलिकप्टर मार्फत उनीहरुको शव काठमाडौं ल्याइएको थियो। हेलिकप्टर नुवाकोटको बेलकोट गाविस-८ बेतिनीमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनमा परी हेलिकप्टरमा सवार सबै ७ जनाको थियो। सुत्केरी महिलालाई उपचारको लागि काठमाडौं ल्याउन गोर्खा गएको हेलिकप्टर काठमाडौं फर्किँदा दुर्घटनामा परेको हो। मृत्यु हुनेहरुमा हुनेहरुमा हेलिकप्टरका चालक क्याप्टेन रञ्जन लिम्बु, गोरखा सिर्दिबास–२ बस्ने ६० वर्षीय कितमान गुरुङ, उनकै श्रीमती ५६ वर्षीया आसामी गुरुङ, १९ वर्षीया प्रीति गुरुङ, उनकै ५ दिनको नवजात शिशु, गोरखा खोर्लाबेसीकी २८ वर्षीया लक्ष्मी गुरुङ र…
Author: Amrit Baskune
२२ साउन, काठमाडौं । विकास अभियन्ता महावीर पुनले आविष्कार केन्द्रका नाममा सरकारसँग १० मेघावाटको जलविद्युत आयोजना निर्माण गर्न एकमुष्ट ५० करोड मागेको र एकैचोटि त्यति ठूलो रकम दिन नसकेको पूर्वअर्थमन्त्री विष्णु पौडेलले खुलासा गरेपछि यसले थप बहसको रुप लिएको छ । अभियन्ता महावीर पुनले भने यसबारे आफूले सरकारलाई बुझाएको लिखित ‘प्रपोजल’ले नै स्पष्ट पार्ने अनलाइनखबरलाई प्रतिक्रिया दिएका छन् । महावीर पुनको अध्यक्षता गठित ‘राष्ट्रिय आविष्कार केन्द्र’ ले किन १० मेघावाटको विजुली निकाल्नुपर्यो ? यसबारे पुनको प्रस्ताव र तर्क यस्तो छः धेरै आलोचकहरुले उठाउने गरेको मुख्य प्रश्न के हो भने हामीले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न किन १० मेगावाटको जलविद्युत स्टेशनको निर्माण…
२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी समष पद तथा गोपनियताको सपथ लिएका छन् । लगतै दुई उपप्रधानमन्त्री र तीन मन्त्रीले पनि सपथ लिए । सपथपछि बधाइ दिने क्रममा पानी पर्यो । सपथ ग्रहण समारोहमा देखिएका ९ केही रोचक दृश्य
२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार ग्रहणसँगै चारबुँदे निर्देशनमा हस्ताक्षर गरेका छन् । यसअघिका प्रधानमन्त्रीहरुले पदभार ग्रहणपछि एउटा निर्णयमा हस्ताक्षर गर्ने गर्थे । तर, बिहीबार सपथपछि पदभार ग्रहण गरेका प्रचण्डले चारबुँदे निर्देशनमा हस्ताक्षर गरे । प्रचण्डको पहिलो निर्णय गरिबका लागि सरकार कार्यक्रममा छ । पहिचानका क्रममा रहेका गरिव घरपरिवारको परिचान कार्यलाई सम्पन्न गरी उनीहरुको जीवनस्तर उकास्न गरिबका लागि सरकार कार्यक्रम संचालन गर्ने निर्णउमा उल्लेख छ । यस अभियानमा आयआर्जन, शिक्षा, स्वाथ्य विमा, तालिम र प्रविधि हस्तान्तरण, रोजगार तथा स्वरोजगार, बैक तथा बजार एकीकरण र खाद्य सुरक्षा जस्ता कार्यक्रमहरु सञ्चालन गरिने प्रचण्डको निर्णयमा उल्लेख छ । दोस्रो…