अर्जुन कार्की बागलुङ, ८ भदौं – प्रचण्ड सरकारका उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले नेपाल विद्युत प्राधिकरणलाई बक्यौता रकम नतिर्ने ग्राहकहरुको लाईन काट्न निर्देशन दिएपछि विद्युत वितरण केन्द्र बागलुङले बक्यौता नतिर्ने उपभोक्ताको विद्युत प्रशारण काट्न थालेको छ । केन्द्रले सोमबार र मंगलबार विद्युतको वक्यौता नबुझाउने ३८ घरको विद्युत लाईन काटिदिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बागलुङका ईन्जिनियर सदाम बालाले जानकारी दिए । उनले साउन महिना भरीमा २९ घरको विद्युत लाईन काटिएको बताए । इन्जिनियर बालाले सोमबार र मंगलबार नगरपालिकासंगै बेलावा, पैयुपाटा, नारायणस्थान, तित्याङ, रायडाँडा, भकुण्डे, गल्कोटको हटिया, नरेठाटी, विहुँ, रेश, सिगाना गाविसमा लाईन काटिएको जानकारी दिए । विद्युतको बक्यौता महशुल बुझाउन पटक–पटक…
Author: Amrit Baskune
पर्वत, ८ भदौं – जिल्लाको कुस्मा घर भएकी महिलाले बुटवल पुगेर साढे ४ चार करोड रुपैयाँभन्दा बढी ठगी गरेर फरार भएकी छन् । कुस्मा नगरपालिका–१० साझाचोक घर भएकी जमुना कुँवरले बुटवलमा पुगेर ४ करोड र ६० तोलाभन्दा बढी सुनका गरगहना ठगी फरार भएकी हुन् । कुँवरले बिभिन्न बहानामा बुटवल मिलनचोक वरपरका महिलाहरुबाट नगद र गहनासहित साउन २२ गतेदेखि फरार भएको पीडितले बताएका छन् । कुँवरले श्रीमान्लाई रोजगारीका लागि बिदेश पठाउन विमानस्थल जान्छु भनेर हिँडेपछि सम्पर्कविहिन भएको पीडित प्रेमा श्रेष्ठले बताइन् । ‘आमालाई ब्लड क्यान्सर भएको छ, उपचारका लागि दिल्ली लैजानुपर्छ भनेर मसँग पैसा मागेकी हुन्’ कुँवरको खोजी गरिरहेकी श्रेष्ठले भनिन्– ‘नगद ठगेर भाग्ने योजना रहेछ, हामीले…
गाउँमा पशुपालन गरेर राम्रो आम्दानी गर्न सकिने प्रचुर संभावना भएपनि बिदेश पलायन हुने होडले अहिले गाउँ घरका खरबारीहरु उजाड बनेका छन् । पशुपालन गरेर केही कृषकले लोभलाग्दो आम्दानी पनि गरिरहेका छन् । तर, ति सफल कृषकबाट पाठ नसिकी विदेश जाने प्रचलनलाई राक्ने प्रभावकारी प्रयास भने हुन सकेको छैन । युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्तिले गाउँ घरका घाँसे खरबारी अहिले उडाज बनेका छन् । पशुपालनको लागि घाँसको निकै नै आवश्यकता पर्छ । हाम्रै पाखा पखेरामा वस्तुभाउका लागि दुधालु घाँस प्रशस्त मात्रमा पाइन्छ । त्यसलाई अझ बढी व्यवस्थित गर्न सक्ने होभने व्यवसायिक वस्तुपालन गर्न सकिन्छ । पाखा पखेरामा हुने घाँसको सदुपयोग गरेमात्रै राम्रो आम्दानी गर्न सकिन्छ । त्यसैले अब…
काठमाडौं, ८ भदौं – एएफसी कप फुटबलको प्लेअफमा नेपालको राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टार क्लब कम्बोडियाको नागावर्ल्डसँग १–१को बराबरीमा रोकिएको छ । बराबरीमा रोकिए पनि पहिलो खेल जितेको थ्रीस्टार अर्को चरणमा जाने सम्भावना बलियो भएको छ । मंगलबार मंगोलियाको उलानबटारस्थित मंगोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा भएको खेलमा नागावर्ल्डले २८ औं मिनेटमा अग्रता लिएको थियो । निम सोभाननाराले नागर्ल्डलाई अग्रता दिलाएका थिए । ८७ औं मिनेटमा थ्री स्टारका नाइजेरियन खेलाडी अजायी मार्टिन्स कायोडेले बराबरी गोल गरे । उनले सुनिल बलको कर्नरमा गोल गरेका हुन् । कोयोडेले आइतबार मंगोलियन क्लब इर्चिमविरुद्ध पनि गोल गरेका थिए । नागावर्ल्डसँगको बराबरीपछि थ्री स्टार अर्को चरणमा जाने सम्भाना बलियो भएको छ । समूह ‘बि’बाट अब…
बागलुङ, ८ भदौं – बागलुङ नगरपालिका–१ मा रहेको रामरेखा निम्न माध्यामिक विद्यालय बागलुङमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण तथा अक्षय कोष स्थापना कार्यक्रम मंगलवार एक साथ सम्पन्न भएको छ । जिल्लाको गल्कोट नरेठाँटी घर भएका केशव सुनार र सिता सुनारले विद्यालयमा अध्ययनरत १ देखि ८ कक्षा सम्मका १ सय १८ जना विद्यार्थीलाई १० हजार बराबरको कापी, कलम, पेन्सिल लगायतका शैक्षिक सामग्री प्रदान गरेका हुन् । आफ्नी छोरी सृष्टि सुनारको जन्मदिन पारेर शैक्षिक सामाग्री वितरणका साथै आफ्ना स्वर्गिय पिता भुपलाल सुनारको सम्मानमा बिद्यालयमा गरिब तथा जेहेन्दार बिद्यार्थीलाई प्रत्येक बर्ष शैक्षिक सामग्री उपलब्धी गराउन १० हजार १० रुपैयाँको अक्षय कोष स्थापना गरेको बिद्यालयका प्रधानाध्यापक…
काठमाडौं, ७ भदौ – नेकपा एमालेले आफ्नो प्रादेशिक संरचना तयार गर्दै त्यसका संयोजक र सहसंयोजकहरू तोकेको छ । स्थायी समितिको मंगलबारको बैठकले संविधानअनुसार सात प्रदेशको काम गर्ने गरी एमालेले पार्टी संरचना निर्माण गरेको हो । संविधानमा अञ्चल नहुने व्यवस्था जस्तै एमालेमा पनि अब अञ्चल कमिटीहरू रहने छैनन् । अन्य दलहरूले पनि प्रादेशिक संरचना बनाउने घोषणा गरेका छन् । तर निर्माण गरिसकेका छैनन् । सात वटा प्रदेशका संयोजकमा ३ जना अध्यक्ष केपी ओली र ४ जना नेता माधवकुमार नेपाल समूहका छन् । त्यस्तै उपसंयोजकहरूमा ६ जना ओली र एकमात्र नेपाल पक्षका छन् । पार्टीभित्र एकताबद्ध भएर जाने संकल्प गरेको यही बैठकले प्रदेशका संयोजक र…
मुस्ताङमा पर्ने नेपाल चीन कोरला सिमानामा मेलाका लागि राखिएका टेन्ट । मेलामा दुबै देशका ब्यापारीले सामान खरिद बिक्री गर्दै आएका छन् ।
बिनोद त्रिपाठी मुस्ताङ, ७ भदौं – चीन र नेपालका सिमानाबासीलाई किनमेल गर्न मेलाका लागि खुलाईएको कोरला नाका १२ दिनमै बन्द भएको छ । १५ दिनका लागि नाका खुल्ला गर्ने भनिएपनि ब्यापार नभएका कारण ३ दिन अगावै चीनले सिमाना बन्द गरेको स्थानीय ब्यापारीले जनाएका छन् ।नेपाल तर्फको सडक खराब भएका कारण ब्यापारीहरु कोरला पुग्न नसकेकोले मेलामा ब्यापार हुन सकेन । मेलामा ब्यापारी सहभागी न्युन हुनु, नेपाल तर्फको सिमाना सुरक्षा चुस्त नहुनु कारण देखाएर चीनले सहमति बमोजिमको अबधि भन्दा अगावै सिमाना बन्द गर्दे आएको छ । दुबै देशका स्थानीय अधिकारी बिच असारमा भएको मौखिक सम्झौता अनुसार, १५ दिनका लागि बुधबार भदौ ८ गतेसम्म…
गत वर्ष छोरी म्याक्सिमा जुकरबर्ग जन्मिएको अवसरमा फेसबुकको ९९ प्रतिशत शेयर च्यारिटीलाई दान गर्ने घोषणा गरेका फेसबुक संस्थापक मार्क जुकरबर्गले आफ्ना बाचा पूरा गर्न सुरु गरिसकेका छन् । जस अन्तरगत पहिलो चरणमा उनले फेसबुकमा रहेको आफ्नो साढे नौ करोड डलर अर्थात् १० अर्ब २० करोड रुपैयाँ बराबरको शेयर बिक्रि गरी सो रकम च्यारिटी संस्थामा जम्मा गरेका छन् । दी चान जुकरबर्ग फाउन्डेसन र सिजेडआइ होल्डिंग्स एलएलसीले ९५ मिलियन डलर बराबरको फेसबुक शेयर बिक्रि गरेको फोब्र्सले जनाएको छ । यो कर नकटाउँदैको मूल्य हो । कर कट्टी लगायतपछि साढे ८ करोड डलर रकम हुन आउनेछ । जुकरबर्ग दम्पत्तिले सन् २०१८ सम्ममा…
बागलुङ, ७ भदौं – जिल्ला पशु विकास कार्यालयले बागलुङले जिल्लामा पहिलोपटक घाँस उत्पादन श्रोत केन्द्र स्थापना गर्ने भएको छ । आर्थिक बर्ष २०७३/७४ का लागि आएको कार्यक्रममार्फत घाँस उत्पादन गर्न सकिने पकेट क्षेत्र छनौट गरेर कार्यक्रम संचालन गर्ने पशु विकास अधिकृत डा.सुवास चौधरीले बताए । त्यसका लागि विशेष बैठक बसेर केही समयमा क्षेत्र छनौट गर्ने कार्यक्रम रहेको उनले बताए । त्यसका लागि छनौट भएको क्षेत्रका किसानको एक समिति गठन पूँजिगत अनुदान दिने व्यवस्था छ । चालु आर्थिक बर्षका लागि सरकारले ५ लाख २४ हजार रुपैयाँ अनुदान दिने गरी श्रोत केन्द्र स्थापनाको कार्यक्रम पठाएको हो । उक्त क्षेत्र कहाँ स्थापना गर्ने भन्ने जिल्ला स्तरीय बैठकले छनौट…