Author: Amrit Baskune

बागलुङ, १५ भदौ – विद्यामन्दिर पुस्तकालय बागलुङले नवौँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा मावि स्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ । ‘जीवन पर्यत्न शिक्षाको लागि पुस्तकालय’ भन्ने नाराका साथ आयोजित प्रतियोगितामा चिल्ड्रेन लाईफ बोडिङका छात्रा गणेश कँडेल प्रथम, अमृत आदर्श उच्च माध्यामिक विद्यालयका विपिन न्यौपाने द्धितिय र विद्यामन्दिर उच्च माध्यामिक विद्यालयका छात्र लक्ष्मी पुन तृतीय भएका छन् । उनीहरुले ‘पुस्तकालय’ बिषयक कविताका माध्यमबाट पुस्तकालयलाई ज्ञान आर्जन गर्ने स्थानका रुपमा प्रस्तुत गरेका थिए । विभिन्न विद्धान तथा बैज्ञानिकहरुका लेख तथा रचना पुस्तकालयमा समावेश भएकाले पुस्तक पढ्ने बानीको बिकास गर्नुपर्ने उनीहरुले कविता मार्फत जानकारी गराएका थिए । कविता प्रतियोगितामा विजय भएका विद्यार्थीलाई बुधबार…

Read More

रमेश लम्साल काठमाडौं, १५ भदौ – नेपाल विद्युत् प्राधिकरणले निर्माण सुरु र सर्त पालना नगरेको भन्दै विभिन्न २१ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खारेज गरेको छ । विद्युत् खरिद सम्झौता गरेपछि आयोजनाले तत्काल निर्माण प्रक्रिया सुरु गर्नुपर्ने वा चित्तबुझ्दो कारण भए मात्रै म्याद थपका लागि निवेदन दिन सकिन्छ । तर चित्तबुझ्दो कारण पेस नगरेको तथा निर्माण सुरु नगरेको पाइएपछि २१ आयोजनाको सम्झौता खारेज गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख मुकेशराज काफ्लेले जानकारी दिए । सम्झौता खारेज गरेका आयोजनामा ४६५ किलोवाटदेखि १८.५० मेगावाट क्षमतासम्मका छन् । खारेजीमा परेका आयोजनाको कुल जडित क्षमता १२९ मेगावाट रहेको छ । समयमा लगानी जुटाउन नसकेको, विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स)…

Read More

ज्यो. सूर्य पौडेल २०७३ भाद्र १५ बुधबार, चर्तुदशी ३१ अगष्ट २०१६ तपाईको आज मेष– मनमा अशान्तिले आफ्नो डेरा जमाउने । वृष– अशुभ समाचारको प्राप्तिले शोकमग्न । मिथुन– आरोग्यतामा थप वृद्धि हुने । कर्कट– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने । सिंह– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने । कन्या– सामाजिक स्थानमा खलबल आउने । तुला– प्रियजनसँग वार्तालाप, भेटघाट रहने । वृश्चिक– सोचेजतिका कार्य अधुरै रहने । धनु– आशातीत ठाउँबाटै असहयोग । मकर– आफन्तसँगै वैचारिक द्वन्द्व पर्ने । कुम्भ– थालेका कार्यले सफलताको मार्ग पक्रिने । मीन– घरमा नवीन चहलपहल छाउने ।

Read More

छ करोड बक्यौता उठ्यो काठमाडौं, १५ भदौ –नेपाल विद्युत् प्राधिकरणले हालसम्म मुलुकभर तीन हजार ४११ ग्राहकको लाइन काटेको छ। लामो समयदेखि विद्युत् महसुल तिर्न अटेर गर्दै आएका ग्राहकको लाइन काट्ने अभियान सुरु भएपछि हालसम्म एक हजार ५९५ ग्राहकले महसुल बुझाएपछि लाइन जोडिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार विराटनगर ८०, काठमाडौँ ६०, नेपालगन्ज १६, पोखरा ३५, हेटौँडा ४२, अत्तरिया १०६, बुटवल ६२, जनकपुर क्षेत्रीय कार्यालय मातहतका ५६ ग्राहकको लाइन काटिएको छ। विराटनगरमा रु २१ लाख ४४ हजार ९६२, काठमाडौँ रु तीन लाख ३० हजार ४७३, नेपालगन्ज रु एक लाख ८६ हजार ४४२, पोखरा रु एक लाख ३२ हजार ३००, हेटौंडा रु ३४…

Read More

कथा मनु ब्राजाकी छ महिनाअगाडि एकदिन बजारबाट फर्किंदा सौभाग्यवश तिम्री स्वास्नीसित भेट भएको थियो। त्यसबेला मैले देखेँ— एउटी पच्चीस–छब्बीस वर्षकी युवती काँधमा ह्यान्डब्याग, देब्रे हातमा बट्टाबट्टीले भरिएको नाइलनको तारको झोला र दाहिने हातमा जूटको डेढ हात लामो रङ्गीन झोला झुण्ड्याएर मत्थर गतिले हिँड्दै थिई। यो जूटको रङ्गीन झोला निकै गरूङ्गो प्रतीत हुन्थ्यो किनभने उसको शरीरको अधिकांश भाग त्यतैतिर ढल्किएको थियो। युवती निकै आकर्षक थिई। निर्मला मबाट गएपछि म आजकाल यस्तै युवतीहरुतर्फ आकर्षित हुन थालेको छु। स्कूल–कलेजका चञ्चल किशोरीहरुभन्दा पच्चीस–छब्बीस वर्षीया यी विवाहित युवतीहरुमा भिन्नै किसिमको मनोहारी आकर्षण हुन्छ। पूर्णरुपेण फक्रेको क्यामेलिया अथवा थुँगु सयपत्रीको फूलजस्तै। मकरन्दपूर्ण उन्माद र पूर्णयौवनको गाम्भीर्यले सिंगारिएको।…

Read More

मेसी खेल्नेमा शंका काठमाडौं, १५ भदौ –अर्जेन्टिनाको आगामी विश्वकप छनोट खेल खतरामा पर्ने देखिन्छ। जब उसको स्टार कप्तान लिओनल मेसी चोटका कारण खेल्न सक्ने सम्भावन न्युन बन्दै गइरहेको छ। चोटका कारण यसअघि नै म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुईरो र पेरिस सेन्ट जर्मनका मिडफिल्डर जाभियर पास्टोरे छनोट खेलबाट बाहिरी सकेका छन्। अर्जेन्टिनाले सन् २०१८ को विश्वकप छनोटअन्तर्गत आउँदो बिहिबार मेन्डोजामा उरुग्वेसँग खेल्दैछ। यो छनोट नवनियुक्त प्रशिक्षक इडगार्डो बउजाको लागि पहिलो हो। अर्जेन्टिना विश्वकप छनोटअन्तर्गत १० देश सहभागी दक्षिण अमेरिकी समुहमा ११ अंकका साथ तेस्रो स्थानमा छ। अर्जेन्टिना ६ खेलमा २ अंकले शीर्षस्थानमा रहेका उरुग्वे र इक्वेडरभन्दा पछाडि छ। अर्जेन्टिनाले आउँदो मंगलबार मेरिडामा…

Read More

५९ करोडभन्दा बढी जरिवाना असुल काठमाडौं, १५ भदौ – ट्राफिक प्रहरीले उपत्यकाका तीन जिल्लाबाट मात्र चार वर्षको अवधिमा साढे २१ लाख गाडी चालकलाई कारबाहीको दायरामा ल्याएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०६९/७० देखि आव ०७२/७३ को अवधिमा काठमाडौं भक्तपुर र ललितपुरबाट २१ लाख ३९ हजार ५ सय ९५ जना चालक कारबाहीमा परेका छन् । मादक पदार्थ सेवन, लेन अनुशासन उल्लंघन, तीब्र  गति, जथाभावी पार्किङ, दुर्घटना, गाडी तोडफोड, बढी भाडा असुलीलगायत कसुरमा चालकरु कारबाहीमा परेको महाशाखाले जनाएको छ । कारबाहीमा परेका चालकबाट ५९ करोडभन्दा बढी जरिवाना असुल गरिएको छ । बागमती अञ्चलमित्र साना ठूला गरी करिब १० लाख गाडी…

Read More

गोरखा, १४ भदौ – वाणिज्य मन्त्री रोमी गौचन हेलिकोप्टर चार्टर गरेर गोरखाको एक विद्यालय भवन उद्घाटन गर्न पुगेका छन् । काठमाडौँबाट करिब एक सय ५० किलोमिटरको दूरीमा रहेको महालक्ष्मी उच्च मावि ताप्लेको भवन उद्घाटन गर्न मन्त्री गौचन एकलाख रुपैयाँ बढी तिरेर हेलिकोप्टर चार्टर गरेर पुगेका हुन्। मङ्गलबार दिउँसो एक बजे कार्यक्रम उद्घाटन स्थलमा पुगेका मन्त्री एक घण्टा बसेर हेलिकोप्टरमै गोरखा सदरमुकाम फर्किए । सदरमुकाममा कार्यक्रम प्रमुखसँग अन्तरक्रिया गरी उनी अपरान्ह काठमाडौँ फर्किएका छन् । हेलिकोप्टर खर्च मन्त्री आफैले गरेको विद्यालयका अध्यक्ष देवीप्रसाद श्रेष्ठले जानकारी दिए । मन्त्रीले उद्घाटन गरेको विद्यालयको १२ कोठे भवन कोरियाका चार संस्थाले निर्माण गरेका हुन् । हाम्सालिङ साउथ कोरिया,…

Read More

काठमाडौं, १४ भदौ – नयाँ सरकार गठनपछि राष्ट्रिय मुद्दाहरुमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलोपटक बोलाएको प्रमुख तीन दलको बैठकमा सत्ता र प्रतिपक्षबीच जुहारी चलेको छ । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधन, स्थानीय तहको प्रस्तावित संख्या बृद्धि र संसदबाट यसअघि अस्वीकृत बजेट सम्बन्धि विधेयक पारित गर्ने बिषय प्रवेश गराएपछि प्रमुख प्रतिपक्षी एमालेले त्यसको औचित्यतामाथि प्रश्न उठाएको  छ  । सत्तारुढ र प्रतिपक्षी दलका नेताबीच सवाल जवाफमा केन्द्रित हुँदा प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान बसेको बैठक अनिर्णीत बन्यो ।  तीन दलको बैठकको सुरुमा नै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन र मधेसको माग सम्वोधन गर्नका लागि संविधान संशोधन गर्नुपर्ने भएकाले त्यसमा साझा धारणा…

Read More