५९ करोडभन्दा बढी जरिवाना असुल
काठमाडौं, १५ भदौ – ट्राफिक प्रहरीले उपत्यकाका तीन जिल्लाबाट मात्र चार वर्षको अवधिमा साढे २१ लाख गाडी चालकलाई कारबाहीको दायरामा ल्याएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०६९/७० देखि आव ०७२/७३ को अवधिमा काठमाडौं भक्तपुर र ललितपुरबाट २१ लाख ३९ हजार ५ सय ९५ जना चालक कारबाहीमा परेका छन् ।
मादक पदार्थ सेवन, लेन अनुशासन उल्लंघन, तीब्र गति, जथाभावी पार्किङ, दुर्घटना, गाडी तोडफोड, बढी भाडा असुलीलगायत कसुरमा चालकरु कारबाहीमा परेको महाशाखाले जनाएको छ ।
कारबाहीमा परेका चालकबाट ५९ करोडभन्दा बढी जरिवाना असुल गरिएको छ । बागमती अञ्चलमित्र साना ठूला गरी करिब १० लाख गाडी दर्तामध्ये उपत्यकामा मात्रै ७० देखि ८० प्रतिशत गुड्छन् । कारोवार दैनिक
Previous Articleमन्त्रीले हेलिकोप्टर चार्टर गरेर स्कुल उद्घाटन
Next Article कुकुरसँग अभ्यास गर्दै अर्जेन्टिनी खेलाडी