काठमाडौं, २२ भदौ – युवा क्रिकेटर सन्दीप लामिछाने आफ्ना आदर्श खेलाडी शेन वार्नसँगको भेट हुने सम्भावना लिएर थप उत्साहित छन् । अस्ट्रेलियाका विश्वकप विजेता कप्तान माइकल क्लार्कले मंगलबार अस्ट्रेलियामा खेल्ने सम्पूर्ण व्यवस्था मिलाएको घोषणा गरेसँगै सन्दीपको उत्साह अझ बढेको हो ।मेको अन्त्यमा हङकङमा सम्पन्न हङकङ ब्लिज ट्वान्टी–२० प्रतियोगितामा सन्दीपले क्लार्कसँगै खेलेका थिए । त्यही सन्दीपको प्रदर्शनबाट विश्व क्रिकेटका एक सफल खेलाडी क्लार्क प्रभावित भए । त्यसपछि क्लार्कले सन्दीपलाई अस्ट्रेलियामा खेल्न बोलाउनु र त्यसका लागि तयार भएर बस्नु भनेका थिए । नेपालको अन्तर्राष्ट्रिय खेल तालिका नभएको समय मिलाई क्लार्कले सन्दीपलाई अस्ट्रेलियामा बोलाएका हुन् । क्लार्कले हब्लोटको प्रायोजनमा १६ वर्षे लेग स्पिनर…
Author: Amrit Baskune
काठमाडौं, २२ भदौ – एमाले नेता शंकर पोखरेलले मंगलबार बिहान मधेसी जनता अधिकांश काला हुन्छन्, त्यसैले मधेसी मोर्चाले कालो दिवस मनाउँदै छ भनेर ट्विट गरेका थिए ।आमसर्वसाधारणले मात्र होइन एमालेकै कार्यकर्ताले समेत चर्को आलोचना गरेपछि उनले आफ्नो ट्विट डिलिट त गरे, तर माफी मागेका छैनन् । उनले माफी माग्नुपर्छ भन्दै उनकै फेसबुक र ट्विटर एकाउन्टमा धेरैले माग गरेका छन् । आफूले गरेको ट्विटको गलत अर्थ लगाइएको भन्दै पोखरेलले दोस्रो ट्विट गरेका अाजको दैनिकमा समाचार छ । तर, मधेसीलाई कालो भनेर अपहेलना गरेकोमा धेरैले उनलाई सामाजिक सञ्जालमा सोधेका छन्, ‘नेताज्यू, अझै पनि गल्ती स्वीकार्नुहुन्न ?’ पहिलो ट्विट डिलिट गरेर अर्कोमा प्रस्टीकरण मंगलबार बिहान…
सन्तोष घिमिरे काठमाडौ, २२ भदौ – अर्को महिना हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल यात्रा स्थगित भएको छ । त्यो आशयको निर्णय हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिनपहिले नेपालका उच्च नेतृत्वलार्इ अवगत गराएको स्रोतले उल्लेख गरेको छ । चीनले नेपालका तर्फबाट भ्रमणसम्बन्धमा आवश्यक तयारी नगरिएको र चीनसँग नजिकिँदै गएको नेपालसम्बन्धप्रति नयाँ सरकारको प्रतिबद्धता नदेखिएको उसको बुझाइसमेत अवगत गराएको छ । अब चिनियाँ राष्ट्रपति सी सन् २०१६ (२०७३ पुसमध्य) भित्र नेपाल आउने सम्भावना टरेको छ । ‘चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको अनौपचारिक जानकारी आएको छ’, एक उच्च सरकारी अधिकारीले मंगलबार भने ।प्रधानमन्त्री पुष्पकमल दाहाल निकट स्रोतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित…
काठमाडौं, २१ भदौ – श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको अवस्थाका बारेमा छलफल गर्न सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकको सुरुमा समितिका सभापति प्रभू साहले सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की अर्थात राम कार्कीलाई ऐन कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराउन निर्देशन दिए। सञ्चारमन्त्री कार्कीले पत्रकारले पारिश्रमिक नपाउने समस्या अघिल्लो वर्षको तुलनामा बढ्दै जानु चिन्ताको विषय भएको बताए। ‘म सञ्चारमन्त्री भएपछि यस विषयमा छलफल गरिरहेको छु। सुरुमा खादा लगाउने मात्र भयो। दोस्रो चरणमा महासंघसँग यस विषयमा छलफल गरेको छु। मिडिया व्यवस्थापकसँग पनि छलफल गर्दा उहाँहरुले पत्रकार र मजदुर छुट्टाउनु पर्यो। उद्योग कलकारखानामा काम गर्नेको थोरै तर मिडियामा काम गर्ने मजदुरको धेरै किन…
खिमानन्द कँडेल यतिवेला नेपाल इन्जिनियर्स एशोसियसन्को निर्वाचनको माहौल व्यापक रुपमा तातिरहेको छ । एनेकपा माओवादी केन्द्र, नयाँ शक्ति र नेपाल मजदुर किसान पार्टी निकट इन्जिनियरहरु समेत प्रतिष्पर्धामा रहेको भएता पनि मुलतः प्रगतिशील तथा पेशागत इन्जिनियर्स समूह र लोकतान्त्रिक समूहमा नै अहिले प्रतिष्पर्धा रहेको देखिन्छ । निर्वाचनको दौडानमा हामी देशका विभिन्न भागहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अन्र्तकृया गर्ने अवसर प्राप्त गर्यौ र यसरी स्थलगत अध्ययन गर्दा आम इन्जिनियरहरुले नेर्ईएप्रति निम्नानुसारको धारणा रहेको पायौं । (१) नेइएको खस्कँदो छविप्रति आम इन्जिनियरहरुको चिन्ता ः देश तथा विदेशमा रहेका हजारौं इन्जिनियरहरुको आवाज बोल्नुपर्ने संस्थाको छवि खस्कदै गएको प्रति आम इन्जिनियरहरुको चिन्ता प्रकट भएको देखियो…
लन्डन, २१ भदौ – सशस्त्र द्वन्द्वकालमा सर्वसाधरणलाई यातना दिएको अभियोगमा बेलयातमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाले अन्नत सफाई पाएका छन्। एक मुद्दामा साउनमा उन्मुक्ती पाएका लामाले दोस्रो मुद्दामा मंगलवार सफाई पाएका हुन् । यसअघि एउटामात्र मुद्दामा सफाई पाउँदा अर्को मुद्दाको फैसला कुरेर लामा बसेका थिए। दुवै आरोपमा सफाई पाएपछि उनलाई नेपाल आउने बाटो पनि खुलेको छ। दुई आरोपित मध्ये एक व्यक्तिको मुद्दामा लामालाई दोषी ठहर गर्न नसकिने निर्णय जुरीले सुनाएपछि उनी नेपाल फर्कने सम्भावना कायम राख्दै दोस्रो मुद्दाको पर्खाइका बसेका थिए। मंगलवार ओल्ड बेली फौजदारी अदालतमा जस्टीस स्वीनी सहितको १२ सदस्यीय जुरीले लामालाई दुवै आरोपवाट सफाई दिने निर्णय सुनाएको…
२१ भदौ २०७३, धौलागिरी स्टार साप्ताहिक 21 Bhadra 2073, Dstar
२० भदौ २०७३, ढोरपाटन दैनिक 20 Bhadra 2073, Dhorpatan Daily
१९ भदौ २०७३, ढोरपाटन दैनिक 19 Bhadra 2073, Dhorpatan Daily
म्याग्दी, २१ भदौ – धौलागिरि अञ्चलमा नै सबैभन्दा पहिला इन्टरनेट पुगेको सामाजिक अभियन्ता महावीर पुनको गाउँ नागी कृषिदेखि सूचना प्रविधिसम्म आत्मनिर्भर बनेको छ । पच्चीस वर्षअगाडि अमेरिकाबाट उच्च शिक्षा हासिल गरेर नेपाल फर्किएका पुनले गृहजिल्ला म्याग्दीको राम्चे स्थित नागीमा तार रहित इन्टरनेट सहित शिक्षा, स्वास्थ्य कृषि, पशुपालन, पर्यटन लगायतका क्षेत्रमा काम गरेर गाउँलाई आवश्यक पर्ने आधारभूत सुविधा उपलब्ध गराई नागीलाई आत्मनिर्भर बनाउन सफल भएका हुन् । विश्वभर डिजिटल साक्षरता अभियन्ता भनेर चिनिने पुनले कृषि, पशुपालन, पर्यटनलाई समेत उत्तिकै महत्व दिएका छन् । नागी अहिले कृषि, पशुपालन, पर्यटन, सञ्चार, स्वास्थ्य सहितका क्षेत्रमा आत्मनिर्भर छ । ‘महावीर गाउँ प्रवेश गरेपछि धेरै परिवर्तन भएको छ, गाउँका धेरैजसो उत्पादनमुखी…